Advertisement

घर फर्कने अवस्थामा चेपाङ विद्यार्थी

रत्ननगर, २९ फागुन : दाताको सहयोग नआएपछि रत्ननगर–१५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थी घर फर्कने अवस्थामा पुगेका छन् ।

विसं २०४५ मा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुबा जेलमा परेका र टुहुरा चेपाङ बालबालिकालाई आवसीय सुविधासहित विद्यालयमा अध्यापन गराउँदै आए पनि अहिले आर्थिक अभावले उनीहरुको अध्यापनमा समस्या देखिएको हो । 

विद्यालयले दाताकै सहयोगमा २०६९ सालदेखि कालिका नगरपालिका–११ र १२ नम्बर वडाका १६ जना छात्रा र १४ जना छात्र चेपाङ विद्यार्थी अध्ययन गराउँदै आएको छ । गत वैशाखसम्म सपना भिजेज सोसल इम्प्याक्ट सौराहामार्फत विद्यालयका चेपाङ विद्यार्थीलाई खाजाको व्यवस्था भए पनि अहिले ती विद्यार्थीले खाजा खान पाएका छैनन् । 

सो छात्रावास सञ्चालन गर्न समस्या देखा परेसँगै उनीहरु बिदाको बेलामा घर गएर फर्केर आउन नमान्ने गरेको विद्यालयका प्रधानध्यापक भीमप्रसाद खनालले बताउनुभयो । सिप्रर्दी ट्रेडिङ प्रालिले चेपाङ विद्यार्थीका लागि मासिक रु ८० हजार आर्थिक सहयोग गरे पनि त्यो रकमले ३० जनालाई पर्याप्त नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य गोकुल पन्तले बताउनुभयो । विद्यालयका अङ्ग्रेजी विषयका शिक्षिका गङ्गा खनालले चेपाङ विद्यार्थीको पढाइ राम्रो रहेको जानकारी दिनुभयो । 
कक्षा ७ मा अध्ययरत कोपिला चेपाङले सिरक, खेलकूद सामग्री र टेलिभिजनलगायतका सामग्रीको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै अर्का कक्षा ८ मा पढ्ने चेपाङ छात्र अविन चेपाङले व्यवस्थित भान्छा र दिवा खाजाको पनि व्यवस्था नभएपछि घर फर्किने मनस्थितिमा पुगेको बताउनुभयो । 

सम्बन्धित शीर्षकहरु

आदिवासी जनजाति महिलाहरूलाई ढाका बुन्ने तालिम

दुर्गापुर, झापा । झापाको कन्काई नगरस्थीत ७ र ८ का आदिवासी जनजाति महिलाहरूलाई ढाका...

स्काईले गर्‍यो अभिभावकलाई अभिमुखिकरण कार्यक्रम

प्रकाश दिप्साली राई नडाहा, आफ्नो अभिभावकहरूलाई आफ्ना छोराछोरीप्रति थप उत्तरदायी बनाउने उद्देश्यसहित स्काई इङ्लिस...

फेदेन नगरपालिका १० याङ्नाममा चुम्लुङ गठन

पान्थर, १२ चैत । फेदेन नगरपालिका वडा नंं १० स्थीत मंगलबार याङ्नाममा किरात याक्थुङ...

मेची पुल सञ्चालनमा ल्याउन प्रधानमन्त्री गुहारे झापालीले

काठमाडौ, चैत ११ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुललाई पूर्ण सञ्चालनमा ल्याउन...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट