Advertisement

एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ, २९ फागुन : राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार छड्ेक अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको हो । केन्द्रले ४४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ । 

केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा दुई हजार ३७७ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको थियो । 

सम्बन्धित शीर्षकहरु

आदिवासी जनजाति महिलाहरूलाई ढाका बुन्ने तालिम

दुर्गापुर, झापा । झापाको कन्काई नगरस्थीत ७ र ८ का आदिवासी जनजाति महिलाहरूलाई ढाका...

स्काईले गर्‍यो अभिभावकलाई अभिमुखिकरण कार्यक्रम

प्रकाश दिप्साली राई नडाहा, आफ्नो अभिभावकहरूलाई आफ्ना छोराछोरीप्रति थप उत्तरदायी बनाउने उद्देश्यसहित स्काई इङ्लिस...

फेदेन नगरपालिका १० याङ्नाममा चुम्लुङ गठन

पान्थर, १२ चैत । फेदेन नगरपालिका वडा नंं १० स्थीत मंगलबार याङ्नाममा किरात याक्थुङ...

मेची पुल सञ्चालनमा ल्याउन प्रधानमन्त्री गुहारे झापालीले

काठमाडौ, चैत ११ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुललाई पूर्ण सञ्चालनमा ल्याउन...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट