Advertisement

मातृभाषालाई प्राथमिकता दिएर लालीगुराश नगरपालिकामा ज्ञापनपत्र

smartcapture

राजकुमार तेयुङ

तेह्रथुम २९, फागुन । किरात याक्थुङ चुम्लुङ तेह्रथुमले सबै सामुदायिक विद्यालयमा अनिवणर्य भाषा शिक्षकको दरवन्दी राख्नुपर्ने माग गर्दै तेह्रथुमको लागीगुराँस नगरपालिकाको कार्यालयमा फागुन २० गते ज्ञापन पत्र बुझाएको छ ।

भाषा शिक्षकहरूले कम पारिश्रमिकमा काम गर्नु परेको बाध्यता रहेको भन्दै उचित पारिश्रमिकको व्यावस्थान नगरपालिकाले गर्नुपर्ने माग गर्दै चुम्लुङले नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । नगरपालिका भित्र रहेको ३२ वटै विद्यालयमा आनिपान भाषा पढाई भईरहे पनि शिक्षकहरूको पारिश्रमिक भने मासिक ५ हजार समेत नभएकाले कम्तीमा मासिक १० हजार सम्म उपलब्ध गराउन चुम्लुङले माग गरेको चुम्लुङका जिल्ला अध्यक्ष गणेश कुमार सेनेहाङले जानकारी दिनुभयो । अबको आवश्यकता नै मातृभाषालाई प्राथमिकता रहेको भन्दै चुम्लुङले लिम्बुहरूको मौलिक श्रीजगां लिपी प्रबद्र्धनका लागी स्थानिय तहले दिर्घयोजनामा समाबेश गर्न सुझाएको छ । माग पत्र बुझ्दै लागीगुराँस नगरपालिकाका उपप्रमुख तिला पोखरेलले स्थानिय तहले हरेक जातजातीको भाषालिपी उत्थानका लागी पहल सुरु गरेको बताउनुभयो ।

तत्कालै सबै सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भाषिक शिक्षकको दरबन्दी राख्न सम्भव नभएपनि नगरपालिकाले आफ्नो योजनामा समेटेर लाने विश्वास व्यक्त गर्नुभयो । ज्ञापन पत्र बुझाउनका लागि चुम्लुङका पदाधिकारी तथा लागीगुराँस नगरपालिका भरिका आनिपान भाषा शिक्षकहरू सहभागी रहेका थिए ।

चुम्लुङ जिल्लाका अन्य स्थानिय तहहरूलाई पनि दरबन्दी मागसहितको ज्ञापनपत्र बुझाउने जनाएको छ । चुम्लुङले यसअघि लिम्बुभाषा आनिपान आधारभुत शिक्षक शिक्षण १५ दिने तालिम नगरपालिका क्षेत्र भित्रका १२ जना आनिपान शिक्षक सहभागी तालिममा लिम्बु लिपीका स्रोतव्यक्ति सविन लिम्बु र खिन्द्र ईम्सङले सहजिकरण कुधक्सक्, सक्नाम्भन्, एत्तु र पेच्चको प्रयोग, चुक्सक्, कुसोक् सक्, एक्तुम् सक्, खानिन्, ईङलेङले कुगो, लोसोक, पेन्छिङ लक्, चुक् कुहुक् लगायतका भाषिक बिषयवस्तुमा प्रशिक्षण लालीगुराँस नगरपालिकाको सुङनाम लसुनेमा सम्पन्नभएको लालीगुराँस नगरपालिका प्रेस सल्लाहकार राजकुमार लिम्बुले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

आदिवासी जनजाति महिलाहरूलाई ढाका बुन्ने तालिम

दुर्गापुर, झापा । झापाको कन्काई नगरस्थीत ७ र ८ का आदिवासी जनजाति महिलाहरूलाई ढाका...

स्काईले गर्‍यो अभिभावकलाई अभिमुखिकरण कार्यक्रम

प्रकाश दिप्साली राई नडाहा, आफ्नो अभिभावकहरूलाई आफ्ना छोराछोरीप्रति थप उत्तरदायी बनाउने उद्देश्यसहित स्काई इङ्लिस...

फेदेन नगरपालिका १० याङ्नाममा चुम्लुङ गठन

पान्थर, १२ चैत । फेदेन नगरपालिका वडा नंं १० स्थीत मंगलबार याङ्नाममा किरात याक्थुङ...

मेची पुल सञ्चालनमा ल्याउन प्रधानमन्त्री गुहारे झापालीले

काठमाडौ, चैत ११ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुललाई पूर्ण सञ्चालनमा ल्याउन...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट