Advertisement

लिम्बुवान स्प्रिङ आन्दोलनकर्मीहरू प्रहरी नियन्त्रणमा

धनकुटा, ३० फागुन । किरात याक्थुङ चुम्लुङको २२ औं परिषद वैठकमा सहभागी हुन आएका प्रदेश एकका अर्थ तथा योजना मन्त्री इन्द्र आङ्वोको विरोध गरेको आरोपमा लिम्बुवान स्प्रिङ आन्दोलनका एघार नेतालाई २ घण्टा नियन्त्रणमा लिई छाडिएको छ । लिम्बुवानविरूद्ध पटकपटक विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनीहरूले कालो झण्डा देखाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सङ्गम सुहाङ, इक्साहाङ चेम्जोङ, विशाला साँबा, साजन याक्खा, आदाङ्बा सम्बाहाम्फे, मनिस भूजेल, मेहाङ लिम्बु, मिराक लिङ्देन, रामकुमार तामाङ, आभाष लिम्बु, आशिष अन्छङ्वो र बुद्ध वनेम रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादवले बताए । उनीहरूलाई बुधबार साँझ नौ बजे दुई घण्टा नियन्त्रणमा लिएपछि छाडिएको प्रनि यादवले जनाए । विरोध हुने सङ्केत पाएलगत्तै बैठक स्थल आसपास ठूलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरीहरू परिचालन गरिएको थियो । कडा सुरक्षा घेराबीच कार्यक्रम भए पनि आफूहहरूको आन्दोलन सफल भएको आन्दोलनकर्मी सङ्गम सुहाङले प्रतिक्रिया दिए ।

यसअघि आफ्ना नेताहरू पक्राउ परेकोप्रति विरोध गर्दै स्प्रिङ आन्दोलनका तर्फबाट विज्ञप्ति जारी भएको थियो । आफ्नो विरोध तथा असहमति प्रकट गर्ने सिलसिलामा भएको धरपकडप्रति गहिरो खेद प्रकट गरेको आन्दोलनकर्मी टङ्क सेलिङले जनाए । यसैगरी, याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले विरोध प्रर्दशनको कार्यक्रमलाई नकारात्मक रूपमा नअथ्र्याएको बताए । उनले लोकतान्त्रिक अभ्यास प्रयोग गरेर प्रर्दशन हुनु सकारात्मक भएको जनाए । बिहीबारसम्म चल्ने बैठकमा केन्द्रीय समिति, प्रादेशिक समिति, १४ जिल्ला समिति, विषयगत समितिहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

सामाजिक सञ्जालमार्फत सङगठित भएको लिम्बुवान स्प्रिङ आन्दोलनमा पछिल्लो समय सयौँको सहभागिता बढिरहेको छ । आन्दोलनलाई चर्चित कवि, लेखक, सँस्कृतिकर्मी र बुद्धिजीविहरूले समेत सामाजिक सञ्जालमार्फत सर्मथन गरिरहेका छन् । स्प्रिङ आन्दोलनबारे केही दिनभित्रै आफूहरूको धारणा सार्वजनिक गर्ने एक अभियन्ता अमित थेवेले जनाए । उनले आफूहरूको आन्दोलन स्वतःस्र्फूत रूपमा खडा भएको स्पष्ट पार्दै सिर्जनात्मक आन्दोलनको तयारी गरिरहेको जानकारी दिए ।


नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

ससफो ३ नम्बरको शिल्पी विशेष प्रदेश उपसमिति गठन

११ बुँदे सम्झौता अमूर्त छ, त्यसले मधेसलाई क्रिमियाको बाटोमा लान सक्छ – सहअध्यक्ष श्रेष्ठ...

आठराइमा संघीय लिम्बुवान मन्चको तेह्रथुमको अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम

तेह्रथुम चैत्र ०१ । संघीय लिम्बुवान मन्च तेह्रथुमको अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम...

फेदापमा सङ्घीय लिम्बुवान मन्चको कार्यकर्ता भेटघाट कार्यक्रम

तेह्रथुम १, चैत ।  फागुन ३० गते सङ्घीय लिम्बुवान मन्च तेह्रथुमको अगुवा नेता तथा...

लिम्बुवान स्प्रिङ आन्दोलनकर्मीहरू प्रहरी नियन्त्रणमा

धनकुटा, ३० फागुन । किरात याक्थुङ चुम्लुङको २२ औं परिषद वैठकमा सहभागी हुन आएका...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट