Advertisement

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

पाल्मविच, संयुक्त राज्य अमेरिका, १६ चैत (रासस÷एपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ ।
मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो । 
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताउनु भएको छ । 
विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गर्नुभएको छ । 
यसपहिले शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भन्नुभयो, “अर्को हप्ता मैले सीमा बन्द गराउँछु जस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुनेछैन ।” 
अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ । त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गर्नुभयो जसमा उहाँले लागुऔषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताउनुभएको छ । 

सम्बन्धित शीर्षकहरु

थाकथाकु मावोहाङ चेम्जोङ युकेको वार्षिक भेला सम्पन्न

प्रीन्स याक्खा बेलायत, २२ अप्रिल । युकेको ब्राक्नेल स्थित संस्थाको विधान पारित गर्दै थाकथाकु...

मलेसियामा बुद्ध जयन्ती कार्यक्रमबारे तिब्र तयारी

काठमाडौँ । नेपाल राजदुताबास संगको समन्वयमा यहाँ रहेका क्रियाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध...

शुभकामना आदानप्रदान तथा राजदूत स्वागत कार्यक्रम सम्पन्न

मलेसिया , बैशाख ८ गते । मलेसियाको जोहरमा विभिन्न संघसंस्था हरुको सन्युक्त आयोजनामा नयाँ बर्ष...

लाफा ग्रुपद्वारा लाफा होलिडेज प्रालिको शुभारम्भ

काठमाडौं, ४ वैशाख : देश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीमा स्थापित कम्पनी लाफा...