Advertisement

सर्माइली सोना (फोटो फिचरसहित)

लजालु स्वभाव तथा धेरै नबोल्ने स्वभाव सानैदेखिको हो सोना पालुङ्वाको । ताप्लेजुङको फुङ्लिङ ३ मा जन्मिएकी सोना अन्र्तमुखी स्वभाव भए पनि कलाकार बन्ने सपना चाही लिएकी थिएछिन् । गाउँकै श्री नवज्योती मावि फुङ्लिङबा प्रारम्भिक शिक्षा शुरुवात गरेकी उनले स्कुलमा सामान्य खेलकुदमा भाग लिने, सरसफाईमा पुरस्कार पाउने गरेको बताउँछिन् ।

अग्लो ज्यान, स्मार्टपन देखिने सोनालाई देख्दै फिल्मी दुनियाँकी जस्तै देखिन्छिन् । ललितपुरको कुमारीपाटीस्थीत मुनलाइट स्कुलमा प्लस टु पढ्दै गर्दा सोनालाई म्युजिक भिडियोमा काम गर्ने अफर आयो । सानैदेखिको रहर विपनामा सार्थक हुने भए पछि उनले काम गर्न राजी भइन् । तसर्थ उनी डिजिटल दुनियामा प्रवेश गर्न पुगिन् ।

उनले पदार्पण गरेको म्युजिक भिडियो ‘आकाशमा चरी….’ हो । जुन विकेश रोजले गाएका हुन् । राज थापा मगरले सोनासँगै काम गरेका छन् ।

पूर्णिमा लामाको ‘मेटिएन कहिले…’, समिर लिम्बूको ‘मायामा…’, निङ्वानु पङ्वामै…’, कञ्चन थलङको ‘चिसो चिसो….’, प्रकृति थलङको ‘मेरो मुटु….’, रमेश मास्के र आलम बेंगालीको ‘लाग्छ कि नजर…’, विक्रम राईको ‘जीवन साथी तिमीलाई छ मेरो कसम…’, तेन्पाह तामाङको ‘थाहा छैन…’, सुरेन गौतमको ‘रेशमी पर्दा…’ गरी करिब दर्जनजति गीतमा काम गरिसकेकी छिन् ।

यसमध्ये बढि चलेको समिर लिम्बूको ‘मायामा…’ हो । आफैलाई मन परेको चाही विक्रम राईको जीवन साथी हो रे ।

त्यसो त सोनाले मिस लिम्बू २०१६ मा भाग लिएकी छिन् । त्यहाँ उनी टप ६ मा परेकी थिइन् साथै मिस ब्यूटिफुल र चार्मिङ अवार्ड पनि लिएकी छिन् । मिस लिम्बूकै अर्कै सिजनमा तेह्रथुमे ढाका कलेक्सनको पहिरनलाई लिएर र्‍याम्पमा उत्रिएकी थिइन् । केही देशबाट निम्तो पनि आएको उनको अहिलेसम्म पासपोर्ट नबनाएकोले विदेश जानबाट वञ्चित छिन् ।

केही चलचित्रको लागि अफर पनि आइरहेको बताउँछिन् सोना । चलचित्रमा काम गर्नका लागि कतिको तयारी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन् –‘बेरी जोनमा १ महिना अभिनयको तालिम लिएको छु । नृत्य तथा अभिनयको केही लामो प्रशिक्षण पनि लिइरहेको छु ।’

प्रेममा आधारित चलचित्रहरू हेर्न मनपराउने सोनाले परिवारसँग कहिलेकाँही हलमा गएर हेर्ने पनि गरेकी छन् । त्योभन्दा बढि चाहीँ युट्युवमै चलचित्र हेर्ने गरेको बताइन् । सामाजिक सञ्जालमा फेसबुक र इन्स्टा बढि चलाउने सोनाले अहिलेसम्म टिकटक चाही नबनाएको खुलासा गरिन् ।

यस क्षेत्रमा लाग्दा परिवारको एकदमै राम्रो सपोर्ट पाएकी सोनाको बुबाआमा विन्द्र पालुङ्वा र इन्दिरा पालुङ्वा हुन् । दुई दाजुभाई, २ दिदीहरूसहितको उनको परिवार रहेको छ ।

फोटो फिचर

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...