Advertisement

गाउँघरको मायाले छोपेपछि…

ताप्लेजुङको चाँगे गाउँ । जहाँ एक युवा थिए– साथीहरूको एकदमै प्रिय । मेलाबजार गइहाल्ने, खेलहरू खेलिहाल्ने । परेको खण्डमा आपसमा सहयोग पनि गरिहाल्ने । उनी पछिल्लो समयमा हङकङमा छन्, त्यहाँ पुगेर लिम्बू/नेपाली गीतसंगीत तथा कलाकारितामा खुब जमेर लागिरहेका छन् । साथै हङकङमा नेपाली कलाकारहरूको अभिभावक नै बनेका छन् भन्दा फरक नपर्ला ।

उनी हुन् हेमराज अन्छङ्बो लिम्बू । ब्रिटिस आर्मी बुबा बमबहादुर अन्छङ्बो लिम्बू, आमा जसमाया लङ्वा लिम्बूको जेठा छोराको रूपमा चाँगे ३ मा जन्मिएका हेमराजले स्कुलस्तरमा राम्रो फुटबल तथा भलिबलका पनि खेलाडी बने । भलिबल तथा फुटबलमा क्षेत्रीय स्तरको खेल खेलेका थिए । त्यतिबेला खेलाइने वीरेन्द्र शिल्डको लागि हेमराज खेल सेलिब्रेटी नै बनेका थिए ।

ताप्लेजुङदेखि तेह्रथुम र पाँचथरसम्मका मेलापातहरूमा खेलाइने खेलहरूमा हेमराजको अनिवार्य सहभागिता हुनै पथ्र्यो । युवाकालमा लिम्बूहरू रसिक नै हुनेगर्दछन् । हेमराजमा पनि त्यो रसिकपन देखिन्थ्यो । र, नै लिम्बूहरूको लोकप्रिय धाननाच खुबै नाचे । खेल तथा अतिरिक्त क्रियाकलापका साथै शारीरिक बनावटमा अब्बल रहेका हेमराज ‘मेन्छ्या’हरूको प्रिय पनि थिए ।

माध्यमिक शिक्षा पार गर्ने वित्तिकै हेमराजले हङकङको यात्रा तय गरे । किनभने उमेर पुगेका लिम्बू युवाहरू कि भर्ति भिड्ने कि त हङकङलगायतका विकसित देशतर्फ जान बल गर्ने प्रचलन नै थियो । हेमराजले केही वर्ष भर्तिको लागि कोशिष पनि गरेका थिए । त्यतातिर ध्यान दिँदा उच्च शिक्षातर्फ सोच्नै सकेनन् । भर्तिमा असफल भएपछि नै हङकङ उनको गन्तव्य बन्यो ।

यसरी हेमराज सन् १९९४ मा हङकङ पुगे । हङकङ पुगेलगत्तै जिल्लामा खेलेको खेल, रसिकपन, साथीभाईका यादहरू एकैपटक बिसाउन पुगे ।

निकै लामो समय हङकङमा रहेपछि पुराना कुराहरूको यादले छपक्कै छोप्न थाल्यो, मेलाहरूमा नाचेको धाननाच, खेलेका खेलहरू । जतिखेरै पनि आफ्ना मन ताप्लेजुङ, पाँचथर, तेह्रथुमकै डाँडाकाँडामा पुग्न थालेपछि साथीहरूसँग जिज्ञासा राखे । साथीहरूबाट सल्लाह आयो –गाउँठाउँको संस्कार संस्कृतिलाई हामीले जिवित राख्नुपर्छ । भिडियो निर्माण तथा समाजसेवामार्फत यस्ता समस्यालाई हल गर्नुपर्छ ।

त्यसपछि हेमराज हौसिए । नेपालमा समस्या परेकाहरूलाई व्यक्तिगत तथा संस्थागत सहयोग गर्न थाले । त्यसै शिलशिलामा प्रथम नेपाली तारा दीपक लिम्बू स्वरवद्ध ‘म जलेर खरानी भएँ…’ गीतमा अभिनय गरे ।

त्यसपछि हेमराजलाई कलाक्षेत्रमा पछाडि फर्केर हेर्न परेन । हरेकपटक नेपाल आउँदा कुनै न कुनै प्रोजेक्टको काम लिएर आउन थाले । प्रोजेक्ट अर्थात गीत या समाज सेवा ।

हेमराजले ‘म जलेर खरानी भएँ…’ पछि दीपक लिम्बूकै ‘मनभरी तनभरी…’, ‘हाम्रो चिनजान…’, ‘मिम्जि…’, गीता पालुङ्वाको ‘हाङ्नेइल्ले…’, राजु आङ्देम्बेको ‘चालिसले छोयो कि…’, रुकमान लिम्बूको ‘हाक्पारे पालाम…’, प्रकृति थलङ र रमन अन्छङ्बोको ‘अति मन पराउँछु म…’, कुशल थलङको ‘एनि हौ लुङा…’, सीता सिंगकको ‘याप्मीरेन लाजेओ…’, कमला आङबुहाङ र भवानी सम्बाहाम्फेको ‘सोसोरिक वासिरो…’ लगायात दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

युगल पोमुद्वारा निर्देशित चलचित्र ‘नेचर गाई’को निर्माणमा सहभागी भएका अन्छङ्बोले हालै मौसम इम्बुङद्वारा निर्देशित चलचित्र घरजममा समेत अभिनय गरेका छन् । साथै ताप्लेजुङ समाज हङकङको सल्लाहकार, पाथीभरा क्लव हङकङको सदस्य, याक्थुङ आर्टिष्ट सोसाइटीको सदस्य रहेर समाजसेवामा सक्रिय रहेका छन् ।

नेपालमा खेलिरहेको खेललाई नबिर्सन हङकङमा समेत जोडेर गइरहेका छन् । उनी पछिल्ला दिनमा राम्रा नेपाली चलचित्रको निर्माण गर्ने योजनामा पनि छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...