Advertisement

भरौल गोल्ड कपको उद्घाटन खेलमा चर्च ब्वाइजको बिजयी

प्रकाश दिप्साली राई

नडाहा, चैत २० । सुनसरीको बराहक्षेत्र– ५, कालाबन्जरमा हिजोबाट सुरु भएको चौथो अन्तराष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको उद्घाटन खेलमा चर्च ब्वाइज क्लब काठमाडौले बिजयी सुरुवात गरेकोे छ । हिजो भएको उदघाटन खेलमा बराहक्षेत्र ट्रेनिङ सेन्टर सुनसरीलाई ० का बिरुद्ध २ गोलले पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल प्रतिस्पर्धात्मक भए पनि खेलमा बराहक्षेत्र ट्रेनिङ सेन्टरले गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय भोग्न बाध्य हुनु पर्यो । बराहक्षेत्र ट्रेनिङ सेन्टरले बारम्बार गोल गर्ने प्रयास गरे पनि चर्च ब्वाइज क्लबका गोलरक्षक किशोर गिरी बाधक बने ।

खेलको २९ औं मिनेटमा बराहक्षेत्र ट्रेनिङ सेन्टरका गोलरक्षक संजिब खतिवडाले डिबक्स बाहिर बल समाते बापत पाएको फ्र्रिकिकलाई चर्च ब्वाइजका जर्सि नम्बर ५ का खेलाडी निरज बस्नेतले सिधै गोलको दिशा दिए पछि चर्च ब्वाइजले खेलमा अग्रता लिएको थियो । चर्च ब्वाइज यतिमा मात्रै रोकिएन दोश्रो हापको ३८ औं मिनेटमा पुनः चर्च ब्वाइजका जर्सी नम्बर १० का सुमन खड्काले अर्को गोल थप्दै आºनो टिमलाई २–० को अवस्थामा पुर्याए । त्यस पछि दुवै टिमबाट थप गोल हुन सकेन र चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो ।

खेलको म्यान अफ द म्याच बराहक्षेत्र ट्रेनिङ सेन्टरका जर्सी नम्बर १९ का रबिन राई घोषित भए । उनले नगदसहित रु. ५ हजार प्राप्त गरे । म्यान अफ द म्याच बराहक्षेत्र नगरपालिकाका उपमेयर कमला मगरले प्रदान गरेका थिए ।

उद्घाटन कार्यक्रम न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, विशेष अतिथि बराहक्षेत्र नगर पालिकाका उपमेयर कमला मगर, बराहक्षेत्र नगरपालिकाका प्रशासन प्रमुख अच्युत दाहाल, एन्फाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष किशोर राई रहेका थिए ।

भोलिको खेल कञ्चनजंघा फुटबल क्लब दार्जिलीङ र रेडहर्ष क्लब इलाम बिच हुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुदै

बैशाख ५, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन हुँदै छ ।  उद्घाटन हुने...

आठौँ राष्ट्रिय खेलकुद : सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल...

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध...

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको...