Advertisement

नेपालको पहिलो भूउपग्रह प्रक्षेपण ४ वैशाखमा हुँदै

नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो ।

जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले बताए । सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । यो स्याटेलाइट लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहनेछ ।

१० सेन्टिमिटर आकारको स्याटेलाइटको तौल १३ सय ग्राम छ । नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी छ । अबको केही दिनमै ग्राउन्ड स्टेसन तयार हुने नास्टले जनाएको छ । स्याटेलाइट प्रक्षेपण भएमा नेपालको समेत आफ्नै स्याटेलाइट हुनेछ । यसबाट नेपाली इन्जिनियरसमेत त्यसका लागि सक्षम रहेको सन्देश विश्वमा फैलने ढकालको भनाइ छ । 

जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसंघको सहकार्यमा ६ वर्षदेखि बर्डस् कार्यक्रमअन्तर्गत आफ्नै भूउपग्रह नहुने मुलुकको क्षमता विकास गर्न सघाइरहेको छ । सोही कार्यक्रमअन्तर्गत नेपाली वैज्ञानिक आवास मास्के र हरिराम श्रेष्ठले जापानमा बसेर नानो स्याटेलाइट बनाएका हुन् । स्याटेलाइट निर्माणमा श्रेष्ठ र मास्केसँगै अन्य आठजना इन्जिनियर तथा वैज्ञानिकले समेत सघाएका थिए । नास्टले नानो स्याटेलाइट प्रक्षेपणका लागि नेपाल सरकारबाट एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएको छ ।

स्याटेलाइट प्रक्षेपणका लागि ६ फागुनमा नै जाक्सालाई हस्तान्तरण गरिसकेको छ । बर्डस् कार्यक्रममा विगत ६ वर्षदेखि नेपालसहित १२ देश आबद्ध छन् । कार्यक्रमको सदस्यराष्ट्रको रूपमा नेपालले अन्य सदस्य राष्ट्रसँग सहकार्यसमेत गर्नेछ भने बर्डस्का अन्य सदस्य मुलुकले उडाएको स्याटेलाइटमा समेत नेपालले पहुँच पाउनेछ । यो स्याटेलाइट व्यावसायिक प्रयोजनका लागि नभएर ज्ञान र क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण मानिएको छ । ‘व्यावसायिक स्याटेलाइटलाई विस्थापित गर्ने मोडालिटीमा भने नानो स्याटेलाइट प्रक्षेपण गर्न लागिएको होइन,’ संकाय प्रमुख ढकालले भने, ‘यसबाट व्यावसायिक स्याटेलाइटमा काम गर्न आवश्यक जनशक्ति विकास र ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।’

यस्तो छ नानो स्याटेलाइटको उपयोगिता
प्रक्षेपणको तयारीमा रहेको नानो स्याटेलाइट १० सेन्टिमिटर घनाकारको छ । नानोको आयु बढीमा तीन वर्ष छ । यसले सामान्य फोटो खिच्ने र ग्राउन्ड स्टेसनसँग सञ्चार गर्ने काम गर्न सक्छ । ग्राउन्ड स्टेसनबाट स्याटेलाइटमा अपलिंक र डाउनलिंक गरिन्छ । यसले खिचेका फोटोहरू विस्तृत अनुसन्धानमा काम नलागे पनि सामान्य जनतालाई सजग गर्ने कार्यमा प्रयोग हुने नास्टको प्राविधिक संकायका प्रमुख ढकालले जनाए । इन्स्टिच्युटले बर्डस् कार्यक्रमअन्तर्गत निर्माण गरेका स्याटेलाइटलाई छुट्टै परियोजनाको रूपमा अगाडि बढाएको छ । 

सम्बन्धित शीर्षकहरु

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

लेखन यात्रामा म दुखेको त्यो दिन

म सानैदेखि टुटेफुटे के के लेखि टोपल्ने मान्छे । तर के लेख्थें, के हुन्थ्यो...

पथरीमा एकाबिहानै शव फेला

पथरी, ७ वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ...

म माथि लगाइएका आरोपहरू खण्डित हुनेछन् : विष्णु पौडेल

काठमाडौं, वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलेले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो...