Advertisement

सम्झना लामिछाने र आफ्नै आमाको आवाजमा गीत ‘आमा छोरी

काठमाडौँ । लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र उनको आफ्नै आमा शान्ता लामिछाने मगरको मर्मस्पर्शी आवाजमा ‘आमा छोरी’ गीत सार्वजनिक भएको छ । मार्मिक स्टुडियोमा रेकर्ड गरिएर तयार पारिएको उक्त गीतमा गणेश छन्त्यालको शब्द सृजना साथै संगीत रहेको छ भने बिलन थापाको संगीत संयोजन रहेको छ ।

सोही गीतको भिडियो निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् । बिष्णु शर्माद्वारा सम्पादन गरिएको सोही गीतको भिडियोमा गायिका द्वय सम्झना लामिछाने मगर र आमा शान्ता लामिछाने मगर, त्यसै गरि सम्झानाकै छोरा बालकलाकार केन्जो दर्लामी मगर र निर आले मगरको अभिनय रहेको छ ।

गायिका लामिछाने मगरको आफ्नै युट्युब च्यानलमार्फत चैत १९ गते मंगलबार सार्वजनिक गरिएको छ । लोकदोहोरी क्षेत्रमा चर्चित रहेकी गायिका सम्झना लामिछानेको आमा शान्ता लामिछानेको आवाजमा यो गीत पहिलो रहेको सम्झनाले बताएकी छन् ।

गीत संगीतमा लोकप्रियता पाएकी गायिका लामिछानेले आफ्नो जन्मदिने आमालाई पनि कलाकारितामा समावेश गराएको जानकारी दिइन् । आमा छोरीकै दुख शुख तथा हरेक कथा विषयवस्तुलाई गीतको शब्दमा चयन गरेको उनले जनाएकी छन् । त्यस्तै सांगीतिक मौलिक लोक संस्कृतिलाई पनि सोही गीतले छोएको उनले जिकिर गरिन् । भिडियो तल 

https://www.youtube.com/watch?time_continue=3&v=TIM99JfFaWE

सम्बन्धित शीर्षकहरु

लेखनमा पहिचान मुल विषय हुनुपर्छ –इक्साहाङ चेम्जोङ

देवेन्द्र सुर्केली प्रवासी एकता समाज पाहाङले मलेसियामा कार्यरत नेपालीहरूको कलाकारहरूलाई लिएर एक सांस्कृतिक कार्यक्रमको...

सम्झना लामिछाने र आफ्नै आमाको आवाजमा गीत ‘आमा छोरी

काठमाडौँ । लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र उनको आफ्नै आमा शान्ता लामिछाने मगरको...

मृगौलारोगी रेष्मा सेर्मालाई १ लाख ६१ हजार ५ सय सहयोग

सीता तुम्खेवा, धरान धरान, १८ फागुन । मलेसियामा रहेका ३ जना नेपालीहरुको नेतुत्वमा मृगौला...

वेसाहारा भई सडकमा पुगेका दम्पतीको उद्दार

हैटौडास्थीत मानव आश्रमले लियो जिम्मा सीता तुम्खेवा धरान, ६ फागुन । केहिदिन अगाडी अनलाइन...