Advertisement

लेखनमा पहिचान मुल विषय हुनुपर्छ –इक्साहाङ चेम्जोङ

देवेन्द्र सुर्केली

प्रवासी एकता समाज पाहाङले मलेसियामा कार्यरत नेपालीहरूको कलाकारहरूलाई लिएर एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा पत्रकारको रुपमा गएका इक्साहाङ चेम्जोङले परिचय दिए– म नेपाल सन्देश साप्ताहिकको पत्रकार ।

तत्कालिन खोटाङ सेरोफेरो उद्दार समितिका अध्यक्ष तेजकुमार राईले आश्चार्य मान्दै भनेका थिए– यति सानो भाई पनि पत्रकार ?

हो, उनी त्यतिबेला मुस्किलले २१ वर्ष पुगेका थिए । फेरि चाइल्डफेसका इक्साहाङलाई भर्खर १६/१७ को जस्तो देखिनु स्वभाविकै हो । मलेसियाको इपो पेराकको एक कम्पनीमा काम गर्न पुगेका इक्साहाङ चेम्जोङ करारअवधिको काम चलुञ्जेल सामाजिक संस्थामा काम गर्नुका साथै साहित्य सिर्जनामा पनि लागिपरेका थिए । करिब ३० महिना जति मलेसियाको नेपाली पत्रकारिता गरेका इक्साहाङले समाजसेवा र साहित्य सिर्जनामा तल्लिन रहनु उनको नेपालदेखिकै सक्रियताको निरन्तरता थियो । किनभने उनले नेपाल छँदै ‘अनर्थ प्रेम’ नामक उपन्यास प्रकाशन गरेका थिए ।

श्री जनकल्याण स्कुल पान्थर फाक्तेपबाट प्रारम्भिक शिक्षा लिई त्यहि स्कुलबाटै एलएलसी गरेका हुन् उनले । क्याम्पसको लागि कन्काई क्याम्पस सम्म टेकेपछि उनले प्रेम विवाह गर्न पुगे । प्रेम एउटासँग, विवाह अर्कोसँग पनि भयो उनको । त्यो पनि भागी नै । शायद त्यसैले अनर्थ प्रेम उपन्यास लेखियो कि ? उनी यसबारे मौन नै बस्छन् ।

नेपालको परिस्थिति नै त्यस्तो भयो कि ? प्रत्येक युवाहरू विदेश पलायन हुनैपर्ने स्थिति । त्यसैले उनी भर्खरै जन्मिएका छोराहरू, अनि क्याम्पसको पढाईलाई चटक्क छोडेर मलेसिया पुगे । मलेसियामा हाल चलिरहेको उनको जिन्दगीकै धेरै राम्रो प्रगति गरेको कुरा बताउँछन् । उनले मलेसियामा रहँदा किरात याक्थुङ चुम्लुङ, प्रवासी नेपाली साहित्य समाज, सिर्जना संगीत समूहमा आवद्ध रही काम गरेका थिए । मलेसियाका पत्रपत्रिकाहरूमा गजल, कविता, हाइकुमा विशेष उनको कलम चलेको थियो ।

तीन वर्षको करारअवधि पछि उनी नेपाल फर्किए । नेपाल फर्किएपछि धेरैजसोको सम्बन्ध टुट्छ मलेसियासँग । तर उनले टुटाएनन् । नेपाल फर्किएपछि उनी म्यूजिक भिडियोमा मोडल बनेर झुल्किए । उनको साथी दिलिप आङ्देम्बेको गीतको म्यूजिक भिडियोको तयारी हुँदैरहेछ । संयोगवस उनीसँग भेट्दा मोडल बन्ने प्रस्ताव राखे । चाइल्डफेसका हसिला युवा इक्साहाङले नाइ भन्ने कुरै आएन । अनि नायिकासमेत बनिसकेकी मिरा जवेगुको अपोजिट भएर चियाबारीमा नाचे –ट्याक्सीमा चढेर भन्दै । चियाबारीमा नाच्नु के थियो –वेशी गाउँतिर को झर्‍यो…, फिदिम बसैमा… लगायत आधा दर्जनजति लोकगीतमा उनले मोडलिङ गर्न भ्याइहाले । लगभग ३० वटा जति चलचित्र निर्देशन गरिसकेका किशोर सुब्बाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा मोडल बनेका कारण उनी आफूलाई भाग्यमानी ठान्छन् । उनले मोडल पुष्पा आङदेम्बे र तिजु सम्बाहाम्फेसँग अभिनय गर्न पुगे भने गायक/गायिका चन्द्र श्रेष्ठ, कला राई, मनु नेम्बाङ, दिलिप आङ्देम्बे, सिन्धु मल्ल र बुद्धि आङ्देम्बेसँग काम गर्न पुगे । आफूसँग भित्री रहर पनि भएको र अवसर पनि पाउनु संयोग मान्छन् ।

‘आँखै सामू झल्को आइरहन्छ
छाडी गयौ निष्ठुरी मायालु, मरौ कि बाँचौ भइरहन्छ…’

जस्ता गीतका रचनाकारसमेत भइसकेका इक्साहाङले ट्याक्सीमा चढेर एल्बमको साइड बीका सबै गीत रचना गरेका थिए । त्यसो त वि.सं. २०६० को दशैंताका उनले ‘थकित पाइलाहरू’ नामक पूर्णाङ्की नाटक निर्देशन गरेको झापाको दुर्गापुरमा प्रर्दशन गरेका थिए अभिनय सहित ।

रहर पुरा गरिसके पछि फेरि श्रीमती मनु चेम्जोङ (नेम्बाङ), अनि छोराहरू हाङसाङ, सेमीहाङ चेम्जोङलाई पालनपोषण, शिक्षादिक्षाको लागि कर त थियो नै । नेपालमै केही गर्ने अवसरहरू नपाएपछि पुनः वैदेशिक रोजगारको लागि भौतारिए । भौतारिएको कम समयमै उनी साउदीको रियादमा पुगे ।

मलेसिया र साउदी दुवै राजतन्त्रात्मक तथा मुस्लिम देश भएपनि आकाशपतालको फरक रहेको कुरा बताउँछन् । मलेसियामा स्वतन्त्रता छ भने साउदीमा कानुनीरुपमा भयंकर बन्धन रहेको मुलुक हो । मलेसिया र साउदीको सोसाइटी बिलकुल मिल्दैन ।

इक्साहाङ भ्रमणप्रेमी पनि भएको हुनाले मलेसियाबाट फर्किएपछि मलेसिया नै फर्कन चाहेनन् । अर्को देश कस्तो छ भन्ने कौतुहलता जागेर नै साउदी रोजेका हुन् । साउदी र मलेसियासँग नेपालको तुलना गर्नुपर्दा नेपाल सम्पूर्ण चिजले भरिपूर्ण भएपनि विकासको पूर्वाधारहरू नभएकोले गर्दा अरु देशभन्दा पछि परेको कुरा विश्लेषण गर्छन् ।

जहाँ गए पनि नेपालीहरू संगठीत हुने, साहित्य संगीतको लागि मरिमेट्ने बानी छ । तसर्थ नेपालमै रहेर वा नेपालबाहिर रहेर साहित्यसेवा गरेमा केही फरक नपरेको कुरा देख्छन् । प्रवासमा रहने पनि नेपाली नै हो, नेपाल होस् या प्रवास होस् नेपालीपन भेटिने भएकोले गर्दा फरकपन नभेटेको यथार्थ पनि हो ।

सीता तुम्खेवासँगको भिडियो कुराकानी यहाँ हेर्नुहोस् ।

विदेशमा संगठीत संस्थाहरूको काम सबै राम्रै छ भन्न नमिल्ने बताउँछन् किनभने कतिपय संस्थाको नाम लिएर नेपालीले नेपालीलाई नै ठगी गर्नेहरू पनि छन् । तर जसले राम्रो काम गर्‍यो उसलाई सलाम गर्नुपर्ने उनको तर्क छ ।

वि.सं. २०४१ फागुन २४ गते आमा टीकामाया सम्बाहाम्फे र बुबा बमबहादुरबाट पान्थरको फाक्तेपमा जन्म लिएका इक्साहाङ चेम्जोङले प्रारम्भिक शिक्षा जनकल्याण मावि फाक्तेपबाट शुरु गरेता पनि मुलुकको विकराल परिस्थितिले गर्दा अध्ययनलाई अगाडि बढाउन सकेनन् । त्यसलाई जीवनको ठूलो हण्डरको रूपमा लिएका उनले स्वअध्ययन गरे । स्वअध्ययनमा कक्षाबाहिरका पुस्तकहरू नै बढि पर्‍यो, जसले साहित्यतर्फ प्रभाव बढाउन मद्दत पुग्यो ।

अध्ययनमा पूर्णविराम लागे पनि सामाजिक क्रियाकलापमा भाग लिने, नाटक लेखन तथा निर्देशन गरेर सृजनात्मक गतिविधिमा लागिरहेका थिए । जब विवाह भयो, छोराहरू जन्मिए त्यसपछि भने वैदेशिक रोजगारीको बाटो समात्नै पर्ने भयो । सोही क्रममा उनी मलेसिया पुगे ।

मलेसिया पुगेर कम्पनीको काम मात्र गर्नु उनको दिनचर्या रहेन, साहित्यमा कलम चलाउनु, संघसंस्थामा रमाउनु र पत्रकारितामा रमाउन थाले ।

मलेसियाबाट फर्किएपछि पनि म्युजिक भिडियोमा अभिनय, गीतलेखन र संगीत भर्ने काम गरे । फेरि पनि वैदेशिक रोजगारीमै रहेका उनले ‘कालो आकाश’ उपन्यास ल्याएका छन् । जसले द्वन्द्वकालिन नेपालको चित्रण गर्दै त्यसले सानो गाउँका निर्दोश परिवारलाई बनाएको विल्लिवाठबारे प्रष्ट पार्न खोजेका छन् ।

यसभन्दा अगाडि ‘अनर्थ प्रेम’ उपन्यासमार्फत साहित्यमा आइसकेका उनले कैयौ गीत, गजल, केस्रा तथा साहित्यका अन्य विधामा पनि कलम चलाइसकेका छन् । उनको लेखनमा कोरा कल्पनाका कुरा मात्र नभएर यथार्थतालाई स्पष्ट ढङ्गमा राख्न चाहन्छन्, कालो आकाश यसैको प्रष्ट्याई हो ।
सानै उमेरमा प्रेम, विवाह, पुस्तक लेखन, दुई छोराको धनी अनि दुई देशको भूमिमा पसिना चुहाइसकेको इक्साहाङले ठूलै फड्को मारेको मान्नुपर्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

लेखन यात्रामा म दुखेको त्यो दिन

म सानैदेखि टुटेफुटे के के लेखि टोपल्ने मान्छे । तर के लेख्थें, के हुन्थ्यो...

पथरीमा एकाबिहानै शव फेला

पथरी, ७ वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ...

म माथि लगाइएका आरोपहरू खण्डित हुनेछन् : विष्णु पौडेल

काठमाडौं, वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलेले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो...