Advertisement

डिफेन्डिङ च्याम्पियन रेडहर्ष इलाम अन्तिम चारमा

प्रकाश दिप्साली राई
नडाहा, २१ चैत । डिफेन्डिङ च्यम्पियन रेड हर्ष क्लब इलाम सुनसरीको बराहक्षेत्र –५, कालाबन्जरमा जारी चौथो अन्तर्रािष्ट्रय आमन्त्रित भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ ।

बिहिवार सम्पन्न भएको दोस्रो खेलमा गत सालको बिजेता रेड हर्ष क्लब इलामले कंन्चनजगा एफसी क्लब भारत लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । न्यू स्टार फुटबल क्लबको खेल मैदानमा भएको सो खेलमा रेड हर्ष क्लब इलामका जर्सी नम्बर ७ का कप्तान मनिष थापाले खेलको पहिलो हाफको चौथो मिनेटमा नै डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत गर्दै आफ्नो क्लबलाई सुरुवाति अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा कंञ्चनजंघा क्लब दार्जिलिङले डिबक्स छेउमा फ्रिकिक पायो । सो फ्रिकिकलाई दार्जिलिङ्का जर्सी नम्बर १२ का रिवास रानाले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको खेल बराबरीमा टुङ्गिएपछि दोश्रो हाफको ४० औं मिनेटमा इलामका जर्सि नम्बर १० का बिदेशी खेलाडी प्याट्रीकले निर्णायक गोल गर्दै रेडहर्ष क्लबलाई सेमिफाइनलमा पुर्याएका थिए ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रर्दशन गरेका जर्सि नम्बर १० का बिदेशी खेलाडी प्याट्रीक म्यन अफ द म्याच घोषित भए । उनलाई बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –५ का वडाध्यक्ष राजु अधिकारीले नगद रु .५,०००/– सहित ट्रफि प्रदान गरे । भोलिको खेलमा फ्रेण्डस क्लब काठमाडौ र नेपालको प्राय प्रतियोगिताहरूमा सनसनी मच्चाइरहेको क्यामरुनी क्लब दाउफिन्स क्लब बिच हुनेछ ।

२७ गते सम्म सञ्चलन हुने सो प्रतियोगिताका बिजेताले रु. ३ लाख र उपविजेताले रु. १ लाख ५० हजार प्राप्त गर्नेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुदै

बैशाख ५, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन हुँदै छ ।  उद्घाटन हुने...

आठौँ राष्ट्रिय खेलकुद : सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल...

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध...

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको...