Advertisement

पाहुना टोली दाउफिन्स क्लब सेमिफाइनलमा प्रवेश

प्रकाश दिप्साली राई

नडाहा, २२ चैत । दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको बराहक्षेत्र –५, कालाबन्जरमा जारी चौथो अन्तर्रािष्ट्रय आमन्त्रित भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ ।

हिजो सम्पन्न भएको दोस्रो खेलमा नेपालमा सनसनी मचाइरहेको दाउफिन्स फुटबल क्लब क्यामरुनले ए डिभिजन क्लब फ्रेण्डस क्लब काठमाडैलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै अन्तिम चारमा आºनो स्थान सुरक्षित गरेको हो ।

ज.डे.ज. खेल मैदानमा भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा दाउफिन्स फुटबल क्लब क्यामरुनका जर्सी नम्बरका खेलाडी नियाले हानेको बल फ्रेण्डसका खेलाडीको खुट्टामा ठोक्किएर आत्मघाती गोल मार्फत दाउफिन्स क्लबले अग्रता लिएका थिए । तर खेलको औ मिनेटमा फ्रेण्डसका विदेशी खेलाडी जर्सी नम्बर १६ का सेराफेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफको खेल बराबरीमा टुङ्गिए पछि दोश्रो खेलमा दाउफिन्स पनि केही सुस्ताए पछि खेलमा केही समय फ्रेण्डसले खेलमा दबदबा जमायो । खेलको ७५ औं मिनेटमा दाउफिनसका जर्सि नम्बर १४ का खेलाडी पेत्ङाले गोल गर्दै आºनो टिमलाई सेमिफाइनलको यात्रा तय गराएका थिए ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दर्षकको अत्याधिक साथ पाएको दाउफिन्सका खेल अवधीभर उत्कृष्ट प्रर्दशन गरेका जर्सि नम्बर ८ का खेलाडी निया म्यान अफ द म्याच घोषित भए । उनलाई बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –५ का वडाध्यक्ष राजु अधिकारीले नगद रु .५,०००/– सहित ट्रफि प्रदान गरे । भेलिको भिडन्तमा आयोजक न्यू स्टार फुटबल क्लब र ए डिभिजन क्लब सरस्वती फुटबल क्लब काठमाडौ आमने सामने हुनेछन् ।

२७ गते सम्म सञ्चलान हुने सो प्रतियोगिताका बिजेताले रु. ३ लाख र उपविजेताले रु. १ लाख ५० हजार प्राप्त गर्नेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुदै

बैशाख ५, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन हुँदै छ ।  उद्घाटन हुने...

आठौँ राष्ट्रिय खेलकुद : सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल...

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध...

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको...