Advertisement

स्कुल, विद्यार्थी र अभिभावक शिक्षाका ओदान – शरण कुमार लिम्बु

केही पढेपछि कोही विदेश जाने सोचमा थिए, कोही लाहुरे हुने अनि कोही चाहीँ पढेर पनि केहीे त नहुने रैछ भन्नेहरूको जमात एकै ठाउँ भेला भएर छलफल गरे । निष्कर्ष निस्क्यो यो देशमै केही गर्नुपर्छ । त्यसको वर्ष दिन नपुग्दै उनीहरूले स्काई इङ्लिस स्कुलको स्थापना गरे । सो स्कुल यतीखेर सबैको प्रीय बन्दैछ । अतिरिक्त क्रियाकलाप, देशकै प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितमा शिक्षा सम्बन्धि अन्तरक्रिया गर्ने , समाजिक कार्यमा उत्साहपूर्ण सहभागिता जनाउनाले छुट्टै पहिचान बनएको छ । आºना अभिभावकहरूलाई सचेत बनाउने उद्येश्यका साथ बराहक्षेत्र नगरपालिकामै पहिलो पल्ट अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आफ्नो छविलाई उचाई दिए । सोही कार्यक्रमको अवसरमा सो स्कुलका प्रिन्सिपल शरण कुमार लिम्बुसँग नयाँ अनलाइनले गरेको कुराकानी अंश ।

ग्रामिण जनजीवनमा निजि विद्यालय संचालन गर्न कत्तिको कठिनाई छ ?
कठिनाइ पक्कै छ । सँगसँगै सहज पनि त्यतिकै छ । कठिनाई प्रविधिक रूपमा, आर्थिक सवालमा केही छ, यो समस्या जहाँ पनि छ । सहजता चैं यो अर्थमा छ कि अभिभावक ज्यूहरूले विद्यालयलाई आफ्नै सम्झिदिनु हुन्छ । हाम्रो कमि कमजोरीलाई औंल्याइदिनु हुन्छ । जहाँ अपनत्व हुन्छ त्यहाँ धेरै कुराको हल भएर जान्छ । त्यही भएर कठिनाई सँगसँगै सहजता पनि छ ।

विभिन्न अभिमुखिकरण कार्यक्रमहरू गरिरहने क्रममा यो पल्ट अभिभावक अभिमुखिकरण कार्यक्रम राख्नु भो यो किन र केका लागि ?
हामी प्राय शहरमुखी भैरहेको बेला पनि शहरमा गर्ने खर्चले ग्रामिण क्षेत्रमा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उद्येश्यका साथ हामीले निजि स्कुल सञ्चालनमा ल्याएका हौं । हामीले गुणस्तरीय शिक्षाको निम्ति विभिन्न हाम्रो निकायहरू छन् । त्यहाँ पनि मैले छलफल गर्दा अन्तत शिक्षालााई ओदानको रूपमा विश्लेषण गरियो । जस्तो कि जसरी ओदान अडिनका निम्ति तीनवटा खुट्टा चाहिन्छ त्यसरी नै शिक्षालाई प्रभावकारी बनाउन विद्यार्थी, विद्यालय र अभिभावक तीन खुट्टा मजवुत भयो भने मात्रै हामीले चाहेको शिक्षा प्राप्त गर्न सक्ने रैछौं । आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्दो रहेछ । हामीले यी तीन तत्वमध्ये सबै भन्दा महत्वपूर्ण अभिभावक भएकोले वहाँहरूलाई सचेत गराउन सकियो भने हाम्रो सिकाई प्रभावकारी हुन्छ भनेर यो कार्यक्रमको आयोजना गरेका हौं ।

पछिल्लोपल्ट लोकप्रीय भैरहेको यो अभिमुखकरणले गुणस्तरीय शिक्षा टेवा पुर्‍याउँछ त ?
पक्कै पनि पु¥याउँछ । हिजोको दिनमा हामी विद्यार्थीको घरघरमा गएर खेल्नुहुँदैन भनेर ठिकमा ल्यायौं । प्राय हप्तामा शिक्षक साथीहरूसँग बसेर छलफल, अन्तरक्रिया पनि गर्यौं । सबै पक्ष सबल बन्दै गइरहेको देखियो । अब यसमा अभिभावकहरूको रचनात्मक साथ सहयोग भए पछि गुणस्तरीय शिक्षामा अवश्य टेवा पुग्नेछ भनेर यो कार्यक्रमको आयोजना गरेका हौं । र यसमा टेवा पुग्नेमा हामी बिश्वस्त पनि छौं ।

पछिल्लो पल्ट राज्यले सामुदायिक विद्यालय र निजि विद्यालयलाई मर्ज गर्ने कुरो पनि सुनिदैछ । फेरि यहाँहरूको रफ्तार यो गतिमा छ , यसलाई कसरी बुझ्ने ?
यो बारेमा त म एक्लै बोलेर हुँदैन । अब यो विषय केन्द्रिय स्तरमै कुरा चलिरहेको छ । हामी पनि यो चाहदैनौ नेपाली जनताको छोराछोरी महँगो पैसा तिरेर पढोस् भनेर । हामी पनि सबले निशुल्क नै पढ्न पाउनु पर्छ भन्छौं । सामुदायिक विद्यालयमा सक्षम शिक्षक छन्, भौाितक पूर्वाधारहरू पनि सवल छन् । विद्यार्थीहरूले निशुल्क पढेका छन् । तर रिजल्ट पनि निशुल्क जस्तै आए पछि स्वयम अभिभावकहरू विद्यार्थीको भविष्य बिगार्नु भन्दा बरु दुःख गरेरै भए पनि केही खर्च गरेर राम्रो पढाई हुने विद्यालयमै पढाउँछौं भन्छन् । भने यो समस्या कसले ल्याएको त भन्दा राज्यले नै ल्याएको हो । प्रावधान बनाई बनाई निजि विद्यालय चलाउ भन्ने अनि फेरि सामुदायिक विद्यालयमा गाभ्छु भन्ने ? ए बाबा हामीले भन्दा राम्रो गुणस्तरीय शिक्षा दिउन् न हाम्रो अस्तित्व आफै समाप्त हुन्छ । घरी गाभ्छु, घरि चलाउ भनिरहनै पर्दैन नि ।

नयाँ शैक्षिक सत्र लाग्यो, के छ योजनाहरू ?
अरु विद्यालयमा के कसो छ त्यो मलाई थाहा छैन । तर हाम्रो विद्यालयमा वर्षै भरिको योजनै योजना छ । नयाँ शैक्षिक सत्र आउने वित्तिकै हतार हतार योजना बनाउने अनि अरु एघार महिना थन्को लाग्ने चलन छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

हाँस्ने नारीहरू वेश्या लेख्ने भानुभक्त कसरी आदिकवि ?

अहिले के गर्दै हुनुहुन्छ ? अहिले हामी संविधानलाई संसोधन गरेर हाम्रो आदिवासी जनजातिको पहिचान...

स्कुल, विद्यार्थी र अभिभावक शिक्षाका ओदान – शरण कुमार लिम्बु

केही पढेपछि कोही विदेश जाने सोचमा थिए, कोही लाहुरे हुने अनि कोही चाहीँ पढेर...

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप...

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...