Advertisement

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई

नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको बराहक्षेत्र –५, कालाबन्जरमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको फाइनलमा प्रवेश गरको छ ।

नेपालका प्रमुख गोल्डकपहरूमा सनसनी मच्चाउँदै आइरहेको दाउफिन्सले आज सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा काठमाडौको चर्च ब्वाइज क्लबलाई ० का बिरुद्ध १ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । अस्ति मात्र आर्मी क्लबलाई जितेर नेपालका सम्पुर्ण ए डिभिजन क्लबहरूलाई जितेको रेकर्ड बनाउँदै दुहबी गोल्डकपको उपाधि चुमेको दाउफिन्सले भरौलमा पनि उत्कृष्ट प्रर्दशन गर्दै खेलको दोश्रो हापको पाचौं मिनेटमा नै आफ्नो अद्भुत क्षमता प्रर्दशन गर्दै दाउफिन्सका जर्सी नम्बर १८ का ओङुएनेले उत्कृष्ट हेडिङ् गोल गर्दै आफ्नो क्लबलाई अग्रता दिलाएका थिए । चर्च ब्वाइज काठमाडौले पनि बारम्बार गोल गर्ने प्रयास गरे पनि गोल गर्न चुके पछि अन्ततः खेलको परिणाम दाउफिन्सलाई सुम्पेको थियो । त्यसो त दाउफिन्सका खेलाडी बि बेमेले खेलाडी परिवर्तन हुने क्रममा ढिलो मैदान छाडेको भन्दै रेफ्रिले सिधै रेडकार्ड दिएका थिए । दाउफिन्स १० खेलाडीमा सिमीत हुँद पनि चर्च ब्वाइजले खेलमा फर्कन सकेन । त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन र दाउफिन्स उपाधी भिडन्तका लागि फाइनलमा प्रवेश गर्यो ।

खेलको म्यान अफ द म्याच खेल अवधीभर उत्कृष्ट प्रर्दशन गरेका जसी नम्बर १८ का गोलकर्ता ओङुएने आर जे म्यान अफ द म्याच गोरक्षक घोषित भए । उनलाई मुनविम एकेडेमीका प्रिन्सिपल देवेन्द्र विष्टले नगद रु .५,०००।– सहित ट्रफि प्रदान गरे ।

भोलिको दोेश्रो सेमिफाइनलमा आयोजक न्यू स्टार फुटबल क्लब र रेडहर्ष क्लब इलाम बिच हुने छ । २७ गते सम्म सञ्चलान हुने सो प्रतियोगिताका बिजेताले रु. ३ लाख र उपविजेताले रु. १ लाख ५० हजार प्राप्त गर्नेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुदै

बैशाख ५, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन हुँदै छ ।  उद्घाटन हुने...

आठौँ राष्ट्रिय खेलकुद : सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल...

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध...

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको...