Advertisement

हामी सबै प्रेमका निम्ति जन्मेका

सुजाता निङ्लेकु

काठमाण्डौ, २४ । एउटा प्रसिद्ध व्यक्तिको भनाई छ, हामी सबै प्रेमका निम्ति जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो । हुन त प्रेमलाई शब्दहरूमा परिभाषित गर्न त सक्दैनौ । जसरी हावाको शित्तलता महशुस गर्दछौ त्यस्तै प्रेम पनि मात्र भावना हो ।

तर पनि म भन्ने भ्रमलाई हटाएर अरु कसै प्रति समर्पित हुनुलाई प्रेम भनिन्छ । प्रेममा कुनै ज्यामितिय हिसाबले प्रेमको आकार नाप्न सकिदैन । कसैलाई यति गहिराइमा प्रेम गर्छु या त कसैप्रति प्रेम देखाउछु भन्ने कुनै महासागर र कुनै सिनेमाको पर्दा होइन यो त विना मापन कसैमा समर्पित हुने एउटा मिठो आभास हो प्रेम ।

आन्तरिक उर्जाशक्ति र त्यसमा हराउने एउटा कला हो प्रेम । यस्का लागि कुनै समयको आवश्यक नपर्दो हो न त कुनै तारिकको । यसका लागि श्रीमान श्रीमती, प्रेमिप्रेमिका साथै छोराछोरी जो भए पनि भाव प्रस्फुटन गर्ने माध्यमको एउटा आयाम हो प्रेम ।

एउटा रातो गुलाबको फुलमा हुँदैन प्रेम, कुनै महगाें उपहारमा भेटिदैन प्रेम जब आकर्षणमा प्रेम हुन्छ यस्को आयु छोटो हुन्छ । आकर्षण कम या समाप्त भए प्रेमको महत्व पनि कम्जोर हुन्छ । जति प्रेमको नजिक जानुहुन्छ त्यति नै आकर्षण हुन्छ । एउटा सजिव प्रेमको आभासलाई निर्जिव गुलाबको फुल र उपहारले मात्र कहाँ सिमित हुन्छ । यो त प्रत्येक स्वास स्वासमा समहित छन् । तेरो मेरो भनेर बाँड्न नै सकिन्छ यो त अविभाज्य छ ।

प्रेमले नै सम्बन्ध बन्छ प्रेमले नै एउटा स्थान अनि मार्ग निर्देश गर्दछ । अरुको भावनामा पनि आफै जस्तो देख्न सक्नु एउटा गुण हो प्रेम । तर आज सम्म कथा धर्मग्रन्थमा लेखिएको प्रेमिल कथामा बाहेक यस्ता अनुभुतिहरू कसैले पनि गर्न सकेको छैन । आज आएर प्रेम ज्यामितिय आधारमा सिमित छ ।

आफुले प्रेम गर्ने व्यक्तिको शैक्षिक हैसियत, उनको रहनसहन, उनको पैत्रिक सम्पति, उनले सवार गर्ने गरेकाका सवारी साधन अनि उनको मान र प्रतिष्ठा साथै उनको मिलेका शरिर, रुप हेरेर प्रेम हुने गर्दछ । एउटा कारण र स्वार्थमा उर्मिएका प्रेमलाई कसरी साच्चो पे्रमको परिभाषा दिन सकिन्छ र ? पक्कै पनि अन्याय हुन्छ । जब प्रेम आकर्षण र कारणले गरीन्छ त्यो क्षणिक हुन्छ ।

प्रेमको सत्य आभास त्यो हो सम्बन्धको दुरीमा टाढा हुन्छ तर पनि आत्मियता र निकटताका अनुभुतीहरू जिवित रहन्छ । त्यहाँ कुनै आकर्षण नै छ नत कुनै कारण । त्यसैले पनि होला मदर टेरेसाको प्रेमको बारेमा एउटा भनाई नै छ रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ । प्रेम आकाश जस्तै अनन्त छ ।

मात्र मनबाट उत्पन्न हुने निर्दाेष अनुभुति हो प्रेम एकअर्कामा समर्पित आनन्दकोे आभास हो प्रेम । कुनै कारण, कुनै मतलबी मन छैन, एक अर्कामा शंका उपशंका छैन, घृणा, ईष्र्या छैन एक अर्कामा सम्मान अनि समर्पण कुनै त्रास छैन, कुनै हिसाब अनि मोलमोलाई छैन कुनै विभेद छैन । परिवर्तनको एउटा मार्ग हो प्रेम । जुन व्यक्तिले साँचो प्रेमको अनुभुति गर्दछ पक्कै उ परिवर्तन हुन्छ । एउटा भनाई पनि छ नि प्रेमले कुनै बन्धन चिन्दैन । यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आपनो गन्तव्यसम्म पुग्दछ ।

स्वतन्त्रता मिश्रित आत्मविश्वासको एउटा आधार हो प्रेम । हुन त प्रेमलाई कुन कोणबाट स्विकार्ने हो त्यो आफुमा निर्भर रहन्छ र व्यहवारमा भर पर्छ तर पनि प्रेम उत्कृष्ट स्थानमा नै रहन्छ ।

जब एउटा बच्चाको जन्म हुन्छ उनको प्रेमको अर्थ उनलाई गर्वधारण गर्ने आमा हुन्छ । त्यस्तै एक प्रेमीको लागि उनको प्रेमिका हुन्छ जस्तै उदाहारण पनि त छ लैला मजनु, रोमियो जुलियट, मुनामदन विश्व प्रख्यात प्रेमिल जोडिहरू हुन् ।

प्रेम शब्दमा जति सहज छ सुन्दा मात्र दुई शब्दको तर निभाउन त्यति नै दुखदायी पनि हुन्छ । कहिलेकाँही प्रेम प्राप्तीका लागि केही नपाई गुमाउन पनि सक्नु पर्दछ यौ निष्कपट त्यागको विना सम्भवत तपाई हामी प्रेमको परिभाष पनि बुझन सक्दैनौ होला ।

मैले एउटा लेख पढेकी थिए प्रेमले वैज्ञानिक फाइदा डिप्रेसन जित्ने शक्ति प्रेम गर्ने व्यक्तिको साथ र हात पायो भने डिप्रेसनलाई सजिलै जित्न सकिन्छ । वैज्ञानिकहरूका अनुसार प्रेमले इन्डोफिन्सलगायतका खुशी बनाउने हर्मोन निष्कासन गर्न सहयोग गर्दछ । शरीरमा यस हर्मोनको बृद्धिले डिप्रेसनलाई जित्न सहयोग गर्दछ ।

विलियम सेक्सपियरका अनुुसार प्रेम साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन । समग्रमा प्रेम दुई व्यक्तिहरूको शरीरसँग मात्र सम्बन्ध राख्दैन । यस्को परिभाषा फराकिलो त । प्रेमले एक व्यक्तिको मात्र नभई सिगाें समाजको स्वरूप परिवर्तन गर्दछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

लेखन यात्रामा म दुखेको त्यो दिन

म सानैदेखि टुटेफुटे के के लेखि टोपल्ने मान्छे । तर के लेख्थें, के हुन्थ्यो...

पथरीमा एकाबिहानै शव फेला

पथरी, ७ वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ...

म माथि लगाइएका आरोपहरू खण्डित हुनेछन् : विष्णु पौडेल

काठमाडौं, वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलेले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो...