Advertisement

एक नजरः नउघ्रेको जूनमाथि

मार्च १६, २०१९ मा कथाकार जानु काम्बाङ्ग लिम्बूको “नउघ्रेको जून” कृपाका साथ हुलाकमार्फत प्राप्त भयो । मलाई बिमोचन भएपश्चात नै पढ्ने ठुलो धोको भएपनि विभिन्न कारणबस हात लागेर पनि निकै समय जुटाउनुपर्यो पढ्ने समयअनुकुल मिलाउन । अन्ततोगत्व ५ अप्रिलमा पढीसकें । कथा पढ्दा आफुलाई कुनै ज्ञाताको रूपबाट भन्दा पनि सिकारु एक पाठकको रूपमा सम्झदैं कथाबाट आफुले पनि सिक्ने मौका पाएको महसुस गरेको छु । यसलाई समिक्षा गर्ने दुस्साहस गर्नु भन्दा पनि आफुले सिकेको कुरालाई टिपोट गरेको भन्न रुचाउँछु ।

नउघ्रेको जून कथा सँग्रहमा स्वदेशको बेरोजगारीको पीडाले सताएर रोजगारीको खोजीमा परदेश जानुपर्ने बाध्यता र त्यसको चोट, गोर्खालीको लामो ईतिहाँसका कथाहरू, गाउँघरका दैनिक जनजीवनको ससक्त चित्रण पाइन्छ । पढ्दा कथा साह्रै मनछुने समाजमा घटेका कहानी, हाम्रै वरिपरी पाइने चरित्रहरूको नाम, गाउँ, शहर, बनपाखा, खोलानाला, बेशी, देश, परदेश सबै चीरपरिचित परिवेशका पुराना तथा आधुनिक जीवन भोगाईका कथाहरूलाई टपक्कै टिपेर पाठक सामु प्रस्तुत गरेको पाईन्छ । २० वटा कथा रहेको यस कथासँग्रहमा बिशुद्ध गाउँले वातावरण र पुर्विय गाउँले भाका, बोली, संस्कारको बाहुल्यता रहनु कथाकार आफैं पुर्विय समाजको एकपात्र हुनुले हो भन्नमा अत्युक्ति नहोला । हरेक कथाहरूमा नारी पीडाको क्रन्दन पाइन्छ जुन कि त समाज वा परिस्थितिले सृजना गरेको हुन्छ । चरित्रहरू पनि प्रायः आफ्नै स्थानीय समाजकै सुहाउँदिलो तर आफ्नै परिवारकै एक सदस्यजस्तै लाग्छन् ।

कथा
कथा सँग्रहको शिर्ष कथा “नउघ्रेको जून” मा टुसाएको एक अघोसित एकोहोरो प्रेम पूर्णता प्राप्त नगरी नै मुख्यपात्रको दुःखपूर्ण अन्त हुनुमा अलिकति कथाकारले उक्त पात्रप्रति सहानुभूति जगाउन त्यसो गरिएको कि जस्तो भान हुन्छ । मन पराएको मान्छे ईच्छा (फुच्चु)लाई अनेक मौका पाउँदा पनि उसलाई नजिकबाट चिन्न नसक्नु जीवनको कमजोरी हो । ईच्छा नानाको होटेलमा बसेर काम गर्दै स्कूल जाने, नानाको दाहिने हात भएर काम गर्ने र जीवनले सोहि होटेलमा खाना खानेजस्ता क्रियाकलापको बाबजुद पनि एक्कासी उनलाई नदेख्दा मात्र उनको बारेमा सोध्नु जीवनको कमजोरी देखिन्छ । कथाकारले एक अबोध बालिकाको बलात्कार पछि मृत्युको बाटो नरोजाएर त्यसको बिरुद्धमा लडेर आफ्नो अधिकार खोज्न लगाउनुमा नारी जागरणको शिक्षा हुन सक्थ्यो कि? मावोवादीको प्रभाबले पर्न गएको पारिवारिक असरले गर्दा धेरैको जनजीवन तहस नहस भएको कुरा कथामा प्रष्ट अनुभुत गर्न सकिन्छ जसको सिकार इच्छा र उसको परिवारले पनि हुनु परेको छ । त्यसैगरी गरिबीको विकल्प परदेश हानिनु पर्ने हर्केको नियती र त्यसको परिणाम उसको मृत्यु परदेशमा नै हुँदा मुन्दुलीजस्ता अनेकौं नारीहरूको जीवनको आशाको दीप झ्याप्पै निभेको यथार्थता कथामा पाईन्छ यस कथामा । कतिपय विशुद्ध गाउँले रुढिबादी विश्वासहरूको झल्को कथामा जीवित छ जस्तै चराले ज्यानमा छेर्ने, कुकुर अनौठो गरी भुक्ने । कथाकार आफैं एक आमा भएको नाताले होला रत्नपार्कजस्तो राजधानीको गल्लीहरूमा अनगिन्ती बेवारिसे नानीहरूको दशालाई चिन्तनमनन गरी ती नारीहरू जो पुरुषहरूबाट शोषित भएको क्रोध कथाको माध्यमबाट व्यक्त गर्नु भएको छ । समयको गतिसँगै मान्छेको सोच परिवर्तन हुन्छ अनि जिन्दगीले नसोचेको मोड लिन्छ । एक बिबाहित नारीसँग आफ्नो पिताको सम्बन्ध रहेको र त्यसरी एक सुन्दर परिवार लथालिङ्ग हुँदा आफ्ना छोरा छोरी र पत्नीलाई कति असह्य हुन्छ भन्ने कुराको संदेश बोकेको कथा हो “ऊ मेरो बाबा होइन ।” बिकशित देश हङकङका नेपालीहरूमा स्वतन्त्र जीवनयापन र व्यस्तताले आफ्नै परिवारसँगको सम्बन्ध खस्केको समेत पत्तो नहुने, परस्त्री र परपुरुषसँगको सम्बन्धले कतिका घरपरिवारमा पारेको असरलाई उजागर गर्न सफल छ “नर्मा” । कथाकारले आधुनिक जमानामा प्रविधिको सहयोगले भ्रुणहत्या प्रसस्त हुने गरेको तर यसको बिरुद्धमा एकआमाको रूपमा जागरण पूर्ण सन्देश दिन सफल हुनु भएको छ ।

कथाकारले आफैं जहाँजहाँ पुगेर जीवनको अनुभूति गर्नुभएको छ त्यहींत्यहींका यथार्थ जीवन कहानीहरूको प्रस्तुति गर्न पछि पर्नु भएको छैन । यसरी नै बेलायतको सामाजिक वातावरण, यहाँको समाज र नेपाली मानसिकताको झल्को “मालतीको आत्महत्या” कथाबाट ओकल्नु हुन्छ । स्वार्थको लागि एक नेपालीले अर्को नेपालीमाथि गरिने तुच्छ व्यवहारको वास्तविक चित्रण सन्ध्या र मालतीको माध्यमबाट गर्नुभएको छ । एकनारीले अर्कोनारीको पीडा र बेदनालाई बुझ्न नसक्नु नेपालीहरू बिचको बिकृतिको रूपमा झाँङ्गिएको कुरा फ्याक्ट्रीमा भएको घटनाले प्रष्ट पारेको छ । नेपाली समाजको पुरानो पुस्ताले पालेको अन्तरजातीय बिवाह र प्रेमबिवाह बिरोधी सोच अनि त्यसको पीडामा आफ्नो जीवन आहुति दिन बाध्य भएका प्रेमजोडीहरूको कथा “हाङ्मा” मा छ । एक सहनशील नारीले सबै कुरा त्यागेर सच्चा प्रेमको लागि आफुलाई बलिदान दिएपनि अन्तमा आफ्नै प्रेमी (श्लोक) जो परिवारको भविष्य निर्माणका लागि फ्रान्स गएर सम्पती कमाउने विश्वास दिलाउने व्यक्तिबाट नै दीईएको अकल्पनीय बेदना बोकेको कथा हो यो । एक लिम्बूकी छोरी अधिकारी पण्डितको घरमा अति सहनशील भएर आफ्नो बुहारीको स्थानमा रहंदा पनि अपहेलित हुनु तर यसका लागि आवाज नउठाउनुले हाङ्मा सबैबाट हेलित हुनुपरेको थियो । आफ्नो अधिकारको खोजी गरी आफुमाथी गरिएको व्यवहारको प्रतिकार गराउन सके अझ कथाले सार्थकता पाउने थियो कि? युरोपको नियम कानुन अनुरूप बिना प्रमाण आफ्नो श्रीमानको समेत अधिकार नहुँदा उनको जीवनका सबै उपायहरू बन्द भएपछि विकल्प बिहिन भई भोग्नु परेको गहिरो पीडाको कथा हो यो । तर स्थानिय नेपालीसमाज र नेपाली दुतावासको सहयोग निकै महत्वपुर्ण हुनाले बाँकी जीवन कर्मघरबाट टाढा युरोपमा आउन पाउनाले अलिकति राहत मिलेको कुरा कथामा देखाईएका यो कथा कारुणिक र सन्देशमुलक छ । आमाबाबाको आज्ञाकारी छोरी पात्रहरूमध्ये उषा पनि एक हुन् “नियतिको लीला” मा जो किरणको सामु आफ्नो कोपिला लाग्दै गरेको पिरतीको फुलको बोटमा तुसारापात लागेर छताछुल्ल भयो । समाजको अगाडी उनीहरूको सच्चा मायाप्रीतिले झाँगिएर फुल्न फल्न पाएन । त्यसैले आफ्नो टुसाएको मायालाई पÞmुलाउने फलाउने सपनालाई सदैका लागि मार्नुपरेको थियो ।

अर्को असफल प्रेमकहानी र असफल जिन्दगी बोकेकी एकनारी चरित्रको कथा “बेहुली सपना ।” लाहुरेसँग बिवाह हुन नपाएको नुमाको अपुरो कुण्ठित मनभित्रको काल्पनिक यथार्थ कथा । कथाकारले गाउँघरमा घटेका वास्तविक कहानीलाई “यसरी अस्तायो एउटा तारा” मा सफल रूपमा प्रस्तुत गर्नुभएको छ काकीको छोटो जीवनकथा । मान्छेको जीवनमा सुनौलो घरपरिवार बिगार्न दैबले कस्तोकस्तो पीडा लिएर आउँछ । कुनै अशुभ खबरको लक्षणस्वरूप चराले शरीरमा हगी दिनुजस्ता कुराहरूमा रहेको विश्वासलाई यसकथामा कथाकारले जस्ताकोतस्तै प्रस्तुत गर्नुभएको छ । यसकथामा पनि एकनारीले अमुल्य जीवन अकालमा नै गुमाएर भाग्यले दिएको छोटो जिन्दगीमात्र बिताएको दुःखपुर्ण ब्यथा प्रस्तुत गरिएको छ । “हरियो कुर्ता” छोटो तर अलि फरक किसिमको विषयवस्तु भए पनि कथाको अन्त एक नारीको दुःखमा नै भएको छ । एउटा शिक्षकको छापले बिद्यार्थीको जीवनमा कति ठुलो भूमिका खेलेको हुन्छ भन्ने कुराको पुष्टी यसकथाले गरेको छ । तारा मिसले मन्त्रिसँग बिवाह गर्नुको औचित्य प्रस्ट नभएको जस्तो लागेको छ तर उनको जीवनले यो कथापनि सुखान्त प्राप्त गर्न भने सकेको छैन ।

कथाकार सैनिक जीवनसँगी निक्कै परिचित भएको कुरा उहाँको लेखाईबाट प्रस्ट हुन्छ । त्यसैले पनि “सैनिक जीवन” कथाको जन्म भएको हुनसक्छ, जहाँ नियमित रुटिन, एक ठाउँदेखि अर्को ठाउँ सर्दाको पीडा, शान्ति सेनाको कुरा र सैनिक छाउनीका जीवनयापनका कुराहरू यसमा दुरुस्तै छन् ।

“ममता बिहिन” मान्छे धनको पछाडी लागेर आफ्नो परिवार र सन्तानको समेत बेवास्ता गरी आ–आफ्नै रमाईलो जीवनको पछि लागेको एक सुन्दर परिवारले अन्तमा तितरबितर भएर बिपरित दिशातर्फ लाग्नुपरेको कहालीलाग्दो कहानी छ यसकथामा । एकनिर्दोष बच्चामा लाले बाबाआमाको यस्तो निर्णयबाट भोग्नु परेको दुर्दशा हङकङको जीवन स्वतन्त्रताको परिणाम भएको देखाईएको छ । आफ्ना छोराछोरीलाई नेपालमा छोडेर हङकङ बसेपछि सन्तानलाई नै बिर्सेर आफ्नो मनोमानी जीवन बिताउन सक्ने आमाबाबाको निर्दयी व्यवहारले बनाएको हृदय विदारक बिछोडको पीडा बोकेको एक अन्यौल युवा मनको दर्दलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । एउटा खाली मन लिएर अनिश्चित जीवनको यात्रा गर्न विवस मालालाई थाहा छैन त्यो यात्रा कहाँ सम्मको हो भनेर, फेरि अर्को नारीको पराजय । कथाकार सैनिक जीवनसँगी निक्कै परिचित भएको कुरा उहाँको लेखाईबाट प्रस्ट हुन्छ । त्यसैले पनि “सैनिक जीवन” कथाको जन्म भएको हुनसक्छ, जहाँ नियमित रुटिन, एक ठाउँदेखि अर्को ठाउँ सर्दाको पीडा, शान्ति सेनाको कुरा र सैनिक छाउनीका जीवनयापनका कुराहरू यसमा दुरुस्तै छन् । सैनिक परिवारले भोग्नु पर्ने अनेकौं किसिमका पीडासँगै यो कथा पनि वियोगान्तरूपमा नै अन्त हुन्छ । आफ्नो बाबाको भरमा टिकेको कल्पनाको सुन्दर भविष्य उनको पिताको मृत्युसँगै दुःखपूर्ण रूपमा अन्त हुन्छ । “पश्चातापले जलेको मन” पनि एक युवा प्रेमजोडी भावना र ईश्वरले पुरानो पुस्ताको अगाडी गर्नुपरेको मायाको आहुति दिएर जीवनभर छट्पटी बोकेको दुईमनको बियोगान्त कथा हो यो ।

“मङ्सिरे” माओबादी द्वन्दकालमा पीडित समाजको एक प्रतिनिधि पात्र जो अनाहकमा आफ्नो परिवार बालबच्चा सबै गुमाएर मानसिक र शारीरिक पीडासँग बाँच्न विवस एक निरिह व्यक्ति । युना र हंशुको प्रेमकहानीमा पनि आर्थिक विपन्नताका कारण आफनो सुन्दर परिवार बिग्रेको र परदेशको बसाईमा देखिएको बिकृतीले गर्दा हंशुले आफ्नो औकात बिर्सेको कुरा कथामा प्रस्तुत छ । “ढलेको घर जलेको सपना” मा आफ्नो मनोबल दरिलो बनाएर युनाले हरेक पीडालाई भुल्न खोज्दै आफ्ना नानीहरूसँग छुट्टै बस्ने निर्णय गर्नुमा उनको एकनारी विद्रोहको सकारात्मक पक्ष मान्न सकिन्छ जुनप्रायः अन्य कथाहरूमा पाउन सकिदैन । आफ्नो सन्तान गुमाउँदाको मर्म एक आमालाई मात्र थाहा हुन्छ जसले अनेकौं पीडा भोगेर बच्चालाई जन्मदिने गर्दछन् । थोरै मनोविज्ञान मिसिएको कथा “जब मेटिन्छ छोरीको नाम” मा हुनसक्ने दुर्दशाको संकेत सपनाले दिने विश्वास नेपाली परम्परामा रहेको कुराको झल्को पाईन्छ कथाको शुरुवातमा । साथै एकनारीले पुनः आमा बन्ननसक्ने हुनु र छोरी गुमाउनुजस्तो पीडादायक समाचारले अतृप्त मातृत्व कुण्ठाको प्रभावबाट जुनीभर पिडित हुनेकथाको आशय रहेको छ ।

एक संवेदनशील तथा बेलायतमा रहेका गोर्खालीहरूको समग्र कहानी बोकेको कथा भन्न रुचाउँछु “भाडाको समाधिमा क्याप्टेन साल्लु”लाई । आफ्नो जिन्दगीको अन्तिम घडीसम्म आफ्ना छोराछोरीका लागि चिन्तित क्याप्टेन अन्तमा मरेर जाँदा आफ्नै चिहानसमेत भाडामा लिएर अन्तिम दाहसंस्कार गर्नुपरेको मार्मिक कथा हो यो । एक विश्व प्रसिद्ध योद्धाको दयनीय कहानीलाई हेरेर गरेका उपलब्धीको कुनै महत्व नरहेको केवल फूलका गुच्छाहरूको सहानुभूतिबाहेक आफ्नो अन्तिम समाधिमा केहि नपाएको अति संबेदनसिल कथाको प्रस्तुति यहाँ पाउन सकिन्छ । “हजुरबा र युद्धकथा“ अति नै मार्मिक लाहुरेको दुःखदर्द बोकेको यथार्थ कथा, एक आर्मीको समर्पण, परिवारसमेत त्यागेर युद्धमा गएको युद्धसाहित्य । बाजेले आफ्नो बढीसकेको छोरालाई युद्धमा नचाहेर पनि होम्नुपरेको दर्दनाक कथा, जहान छोरीहरू हिडेर घर फर्कंदाबाटैमा भोक, तिर्खाले सताएको र बिषालु फलफुल खानेक्रममा घरसम्म पुग्न नसकीबिचैमा ज्यान गुमाएको कथाकति हृदयबिदारक छ । युद्धबाट फर्केपछि घरमा कोहि नहुँदाको बिरक्तिएको जिन्दगीका ती कथाहरू सुनाउने कोहि नहुँदा यसरी आफ्ना नाता नातिनाहरूलाई सुनाए र मनको सन्तोष पुरा गर्ने ती बाजेहरूको पीडालाई यस कथामा अनुभूत गर्न पाईन्छ । साथै हराउन लागेको बाजेको युद्धकथालाई यसरी जोगाएर राख्नु कथाकारको एक सफलता पनि मान्न सकिन्छ ।” खोलाले छोरो फिर्ता दिएन” अन्तिम कथामा दुर्गम क्षेत्रमा यातायातको असुविधा र बर्खाको याममा खोला तर्ने पक्की पुल वा साँघु नभएर खोला वारीपारी गर्न फड्के साँघुको भरपर्नु पर्ने हुन्छ । जसको फलस्वरूप गाउँका धेरै हाप्पुरे, मन्जिल, मनाङ्ग र मक्करेहरू खोलामा परेर मर्ने गरेको कथा र काम गरेर बाबुआमा पाल्ने बेलाका लाठे छोराहरू गुमाउँदा भोग्नु परेको सयौं हाप्पुरेकी आमाको बिलौनाहरू तमोरखोलाको बहिरो कानमा परेको दुःखपूर्ण कथा हो यो ।

भाषा
कथाकारको भाषा एकदम सरल तथा ठेटगाउँले शब्दहरूको प्रयोगले भरिएको पाईन्छ । यतिमात्र नभएर कथाकारमा एक पुर्बिय लिम्बु समाजको प्रभाव परेको हुनाले कतिपय पात्रहरूको नाम, गाउँठाउँको नाम पनि स्थानीय जनजिब्रोमा बोलिने किसिमको शैली थपक्कै कथामा टिपेर राख्नु उहाँको आफ्नै विशेषता हो । कथाकार आफैं एक सैनिक परिवारमा हुर्केको हुनाले थोर बहुत सैनिक परिवार वा सैनिक जीवनको छाप कथामा भेटिन्छ । गाउँघरमा बोलिने भाषालाई टपक्कै टिपेर पाठकसामु प्रस्तुत गर्नु कथाकारको खुबी हो । जसले गर्दा हराउँदै गएको स्थानीय बोलीचाली र भाषाको संरक्षण पनि भएको अनुभूत गराउनु कथाकारको बलियो पक्ष हो । परिस्थिति अनुरूप कुनै कुनै ठाउँमा नेपान्ग्रेजी भाषाको पनि प्रयोग गरेको भेटिन्छजस्तै क्याण्टीन (चमेनागृह), इन्स्योरेन्स (बीमा) । हुन त कतिपय अंग्रेजी शब्दहरू नेपाली भाषामा आगन्तुक शब्दको रूपमा पनि प्रयोग हुन थालीसकेको हुनाले यस्ता शब्दहरूको प्रयोग स्वाभाविक नै मानिन्छ ।

चरित्र
कथामा पात्रहरू प्रायः सबै राम्रो बानी भएका, कुनै बिद्रोह नगर्ने किसिमको भेटिन्छ । पात्रहरूको दुर्दशा कुनै खलनायकले सिर्जना गरेको हुदैन । सबै प्राकृतिक र भाग्यले दिएको कर्ममा नै चरित्रहरू कथामा हिडाईएको हुन्छ । प्रायः कथाका चरित्रहरू आफ्नै मिहिनेतमा विस्वास राख्ने अरुको चियो चर्चोभन्दा आफनै कर्ममा लाग्नुपर्ने देखाईएको छ । प्रेमकहानी असफल हुनुका विभिन्न कारणहरू भएपनि कसैलाई यसको बिरोधमा उभ्याइन्दैन । आफ्नो अधिकार खोज्नसमेत उनीहरू अगाढी सर्दैनन् । सायद कथाकारको यो आफ्नै बिशेषता हुनसक्छ तर उनीहरूलाई आफ्नो जीवनको स्वतन्त्रतामा लड्न पनि लगाउनु पथ्र्यो की ? कथामा पात्रहरू नराम्रा, बदमास, गुण्डागर्दी गर्नेलाई प्रश्रय दिएको कतै देखिन्दैन तर प्रायः सबै पात्रहरूको अन्त वियोगान्त हुन्छ । कथा धेरै प्रथमपुरुषमा “म“ भएर लेखिएको हुन्छ सायद कथाकार आफैं कथामा डुबेर लेख्न सजिलो हुने भएर होकि, त्यसैले पाठकलाई कथा पढ्दा कथाकारको आफनै अनुभब हो कि जस्तो लाग्छ । सायद कथा मानि यात्रा लेखनको अलि प्रभाब परेको होकि ? कथाको मुख्यपात्र कि दुःख पाएको हुन्छ कि त मृत्यु हुन्छ त्यसैले नै वियोगान्त कथाकार पो हुन् कि झैं भान हुन्छ ।

शिक्षा
उहाँका कथाहरूमा मायाप्रितीमा बिद्रोह नगरी भाग्यमा जे हुन्छ सहर्ष स्वीकार्नु पर्छ भन्ने कुराको प्रबाह कथाको मध्यमबाट गरिएको हुन्छ । आफ्नो मौलिक संस्कृति, चालचलन, भाषाको जगेर्ना गर्नुपर्छ भन्ने कुराको आभाष कथाहरूमा पाउन सकिन्छ । आफ्नो पिता पुर्खा, घरघरानाको इज्जतको लागि माया पिरती समेत आहुति दिनपछि पर्नुहुन्न भन्ने सन्देश उहाँका कथाहरूमा पाईन्छ । त्यसैले पनि कथाहरूमा नकारात्मक चरित्रको सृजना गरिएको छैन । सहनशीला स्वभावका पात्रहरूले अरुलाई नबिझाउने तर आफु मरेर भएपनि अरुलाई बाँच्न दिने एक कारुणिक तथा संबेदनशील स्वभाब भएमा अरुको बिबादको पात्र हुन नपर्ने कुरा कथामा पाउन सकिन्छ सायद यो कथाकारको आफ्नै स्वभाब झल्किएको हो कि झैं लाग्छ ।

सधैं आफुले हार्नु वा पात्रलाई हराउनु, आफ्नो हकअधिकार, व्यक्तिगत स्वतन्त्रताको खोजी नगर्नु कतै कथाकारको कमजोरी होकी? कथामा प्रायः दुःखी र बिपन्न बर्गको मात्र हाबी हुन्छ जसले गर्दा समाजको सबैबर्गका मानिसलाई नसमेटिएको पो होकि जस्तो लाग्छ ।

कमजोरी
उहाँका कथाहरूमा प्रायः नारी पीडालाई प्रश्र यदिएको पाउन सकिन्छ । एक नारीलाई दमन गरेर लेखिएको पुरुष प्रधान कथासँग्रह झैं लाग्छ कताकता । कारण कथाका प्रमुख चरित्रहरूमा या प्रेमका वरिपरी घुम्दै एकदुखद घटनापश्चात कि त प्रमुख नारीपात्रको निधन हुन्छ कि उनको हरेक जीवन उजाडिएको हुन्छ । उक्त चरित्रले कतै पनि आफ्नो प्रेमी, बाबाआमा वा समाजसँग प्रतिबाद गरेको भेटिदैन । यसरी सधैं आफुले हार्नु वा पात्रलाई हराउनु, आफ्नो हकअधिकार, व्यक्तिगत स्वतन्त्रताको खोजी नगर्नु कतै कथाकारको कमजोरी होकी? कथामा प्रायः दुःखी र बिपन्न बर्गको मात्र हाबी हुन्छ जसले गर्दा समाजको सबैबर्गका मानिसलाई नसमेटिएको पो होकि जस्तो लाग्छ ।

उपसंहार
समग्रमा कथाको विषयबस्तुहरू ज्यादै सामाजिक र यथार्थपरक छन् साथै कथा पढ्दा जुन परिबेशमा लेखिएको छ कथाकारले पाठकलाई त्यतै पुर्याउन सकेको महसुस हुन्छ । आफुलाई नै कथाको प्रमुख पात्र भएको भान गराउन सक्नु कथाकारको बिशेषता हो । पढेर मजा लिन सकिन्छ, बिशेषगरी गाउँघरको परिवेशमा हुर्केका पाठकहरूलाई आफ्नै गाउँपुगेको भानहुन्छ भने अरुका लागि गाउँघरको सामाजिकमा न मर्यादालाई नजिकबाट जान्ने र सिक्ने मौका मिल्नेछ । यसरी पाठकको मन जित्न सक्नु नै एक सफल कथाकारको सफलता हो । उहाँको कथा लेखनमा अझ तिब्रता बढ्दै जावोस् र अझ धेरै पाठकहरूको मन जित्ने मिठामिठा कथाहरू जन्मिदै जाउन् !
हार्दिक शुभकामना

संखुवासभा
हालः मेड्स्टोन, युके

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

लेखन यात्रामा म दुखेको त्यो दिन

म सानैदेखि टुटेफुटे के के लेखि टोपल्ने मान्छे । तर के लेख्थें, के हुन्थ्यो...

पथरीमा एकाबिहानै शव फेला

पथरी, ७ वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ...

म माथि लगाइएका आरोपहरू खण्डित हुनेछन् : विष्णु पौडेल

काठमाडौं, वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलेले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो...