Advertisement

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई
नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध पार्दै भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्स फुटबल क्लबले जितेको छ ।

हिजो सम्पन्न भएको फाइनल खेलमा साविक विजेता रेड हर्ष क्लब इलामलाई ० का बिरुद्ध ४ गोलले पराजित गर्दै पाहुना टोली दाउफिन्सले उपाधि चुमेको हो । खेलको सुरुवाती समय देखि नै खेल आफ्नो नियन्त्रणमा राखेको दाउफिन्सले खेलको तेश्रो मिनेटमा नै जर्सी नम्बर ७ का टिना टिनाले गोल गर्दै दाउफिन्सलाई अग्रता दिलाए । यस्तै खेलको छैटौं मिनेटमा जर्सी नम्बर १८ का अनगुइने जेआर ले अर्को गोल थप्दै खेल ०–२ को अवस्थामा पुर्याए । दाउफिन्सको गोलको वर्षा यतिमा मात्रै रोकिएन खेलको २६ औं मिनेटमा जर्सी नम्बर १४ का पेट्ङाले अर्को गोल थपे । पहिलो हाप ०–३ को अवस्थमा रहे पनि दोश्रो हापको चौथो मिनेटमा पुन पेट्ङाले नै दाउफिन्सका लागि चौथो गोल गर्दै खेललाई ०–४ को अवस्थामा पु¥याए । इलाम खेलमा बारम्बार फर्कने कोशिस गरे पनि सफल हुन सकेन र भरौल गोलड कपको उपाधि दाउफिन्सलाई सुम्पन्न बाध्य भयो । प्रतियोगिताका विजेता दाउफिन्सले ट्रफि सहित नगद रु तीन लाख प्राप्त गरे । भने उप विजेता रेड हर्ष इलामले एक लाख पचास हजारमा चित्त बुझायो ।

यस्तै खेलको म्यान अफ द म्याच दाउफिन्सका जर्सी नम्बर – ९ का अहन्दा घोषित भए । उनले रु.५ हजार सहित ट्रफि प्राप्त गरे । यस्तै बिधागत पुरस्कार तर्फ पनि दाउफिन्सले नै बर्चस्व जमायो । सर्वोत्कृष्ट गोलकर्ता दाउफिन्सका पेट्ङाले प्राप्त गरे उनले प्रतियोगिता भर तीन गोल गरेका थिए । उनले रु. १० हजार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी जर्सी नम्बर १८ का अनगुइने जेआर घोषित भए उनले रु २५ हजार प्राप्त गरे । यस्तै राइजिङ प्लेयर बराहक्षेत्र ट्रेनिङसेन्टरका मुकेश बोगटी भए । यस्तै अनुशासित खेलाडी बराहक्षेत्र टे«निङ सेन्टरकै उमेश चौधरी बने । उनीहरुले जनही रु ५ हजार नै प्राप्त गरे ।

यस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कर्याक्रमका प्रमुख अतिथि सभासद भिम आचार्यले खेलकुद अब मनोरञ्ज मात्र नभएर यो बिस्तारै प्रतिष्ठासँग पनि जोडिएकोले नेपाल सरकारले खेलकुदमा बिस्तारै लगनि बढाउँदै लगेको र आगामी दिनमा थप लगानि गर्ने बताए । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि भिम आचार्यले पुरस्कार प्रदान गरेका थिए । अमित गौतमले सञ्चालन गरेको सो कार्यक्रम न्यू स्टारका अध्यक्ष भेषराज कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतियोगिता गत चैत्र २० गतेदेखि चैत्र २७ गतेसम्म न्यू स्टार क्लब बराहक्षेत्रको आयोजनामा ज.डे.ज खेल मैदानमा भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज औपचारिक उद्घाटन हुदै

बैशाख ५, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन हुँदै छ ।  उद्घाटन हुने...

आठौँ राष्ट्रिय खेलकुद : सातौँ दिनपछि यस्तो छ पदक तालिका

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ सुजना लोहनीले स्वर्ण जितेकी छन्। एक खेल...

भरौल गोल्ड कपको उपाधि क्यामरुनी क्लब दाउफिन्सलाई

प्रकाश दिप्साली राई नडाहा, २७ । अन्तत गत वर्षको विजेता रेड हर्ष इलामलाई लस्तब्ध...

दाउफिन्सको दबदबा भरौल गोल्डकपमा पनि कायमै

प्रकाश दिप्साली राई नडाहा, २४ चैत । पाहुना टोली दाउफिन्स फुटबल क्लब क्यामरुन सुनसरीको...