Advertisement

हाँस्ने नारीहरू वेश्या लेख्ने भानुभक्त कसरी आदिकवि ?

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले हामी संविधानलाई संसोधन गरेर हाम्रो आदिवासी जनजातिको पहिचान र छुटेका अधिकारहरूलाई फेरि कसरी संविधानमा समेट्न सकिन्छ भन्ने एउटा रणनीतिक तयारीमा अहिले जुटिरहेका छौं ।

तपाइँलाई सामाजिक सद्भाव खलल् पार्ने नेताको रूपमा पनि चिनिन्छ नि ?
सामाजिक सद्भाव खलल् यस मानेमा हुन्छ जब उत्पीडित जाति र समुदायहरू हिजो राज्यसत्ताको उत्पिडनमा मौन रूपले चुपचाप सहेर बस्नुपर्ने अवस्था हुन्छ । बोल्यो कि त ज्यान जाने अवस्था थियो । प्रजातन्त्रको बहालीपछि महिलाहरूले आफ्नो अधिकारको पुरुषसरह अधिकारको लागि बोल्न थाले, शिल्पी दलितहरू, मधेषीहरू, मुस्लिमहरू बोल्न थाले । हामी दादिवासी जनजातिले पनि जतिसुकै नेपालमा राजनीतिक परिवर्तन होस् त्यो परिवर्तनले हाम्रो जातीय विविधतालाई सम्वोधन गर्न सकेन भनेर हामीले आवाज उठाउनु सुरु गर्‍यौं । त्यो आवाज एउटै भाषा,एउटै धर्म संस्कृति बोकेर सिंहदरबारमा बसेका शासकहरूका लागि चाहिँ सामाजिक सद्भाव विथोलेको रूपमा बुझेको छ । त्यो कस्ले भन्यो भन्ने कुरा हो । जहाँसम्म लाग्छ सद्भाव खलल् पार्‍यो भन्नेहरू चाहिँ शासक वर्गहरू नै हुन् । आदिवासी जनजातिहरूका लागि भने मेरो आवाज कर्णप्रिय हुन्छ । यो कसको दृष्टिकोण हो भन्नेमा भरपर्छ ।

आदिवासी जनजातिको कामलाई नै आफ्नो क्षेत्र कसरी बनाउनुभयो ?
म एमालेमा रहँदा डा. हर्क गुरुङले मलाई बारम्बार सोध्नुहुन्थ्यो– तिमी कुन पाटीमा छौ आङकाजी ? म भन्थें डा. साव म त एमालेमा छु । एमालेको नीति सिद्धान्त के हो ? अर्को प्रश्न गर्नुहुन्थ्यो म भन्थें, एमालेको सिद्धान्त माक्सवाद, लेनिनवाद, नेपालको परिप्रेक्षमा जनताको बहुदलिय जनवाद र अन्तिम गन्तव्य साम्यवाद । वहाँले फेरि सोध्नुभयो तिम्रो एमालेको माक्सवाद, लेलिनवादले शेर्पाहरूको भाषा प्रयोग गर्छ ? गर्दैन भनेँ । ल्होसार मनाउने कुरा गर्छ कि गर्दैन ? गर्दैन भने । सिंहदरवारमा एमालेभित्र शेर्पाहरूको प्रतिनिधित्व गराउँनुपर्छ भनेर वकालत गर्छ कि गर्दैन ? गर्दैन भनेँ । अनि वहाँले भन्नुभयो, जसले तिम्रो भाषा, संस्कृति र प्रतिनिधित्वको कुरा गर्दैन त्यो पार्टीभित्रको कोरा सिद्धान्तमा तिमी कसरी जिउन सक्छौ ? वहाँको कुरा सुनेपछि मैले एमालेको नीति र सिद्धान्तलाई आदिवासीको दृष्टिकोणबाट हेर्न थालेँ । र, पछि साँच्चै नेपालका कानुनहरू, पाटीका संरचनाहरू हाम्रो समाज समावेसी भएतापनि राज्य समावेशी कहिल्यै भएन । राज्य समावेशी नभइसकेपछि त नीति नियम पनि हाम्रो पक्षमा नरहने भयो । सिंहदरवारको सयजना सचिवमा अस्सीजना त ब्राम्ह्णहरू मात्रै भइसकेपछि मधेषी, जनजाति, दलित मुस्लिमको कुरा कस्ले वकालत गर्ने ? जब त्यो कुरालाई मनन् गरेँ त्यसपछि मैले उत्पिडन जातिको समुदायको मुद्दालाई मैले उठाउन सुरु गरेँ ।

अहिले संघीय समाजवादी फोरममा सक्रिय हुनुहुन्छ । अवस्था कस्तो छ ?
संघीय समाजवादी पार्टी अहिले नेपालको तेस्रो शक्तिशाली पार्टी हो । यद्यपि संधिानसभामा उपस्थिति भनेको १६ जना सांसदमात्रै हो । तैपनि नेपाल कम्युनिष्ट पार्टी र कांग्रेस पक्षको तेस्रो शक्तिशाली पार्टी हो । २ नम्वर प्रदेशमा हाम्रो आफ्नै सरकार छ । हाम्रो मुख्यमन्त्री छ र नेपालका राजनीतिभित्र पनि हामीले एक किसिमको सन्तुलन कायम गर्न ठूलो भूमिका निर्वाह गरेका छौँ । त्यहि भूमिकाको आधारमा अहिले हामी सरकारमा पनि छौँ । र, हामी सरकारमा जानुको मूल आशय यो प्रतिगमनकारी संविधान संसोधन गर्न दुई तिहाइ मत चाहिन्छ । दुई तिहाइ मत भएको शक्ति भनेको अहिले नेकपा नै हो । नेकपाले हामीसँग ३ बुँदे सहमति गरेको छ । पहिलो बुँदामा नै संविधानमा भएका कमिकमजोरीहरूलाई सच्याउन संविधान संसोधन गछौं भनेर पहिलो सहमतिमा राख्नुभएको छ । त्यो सर्तको आधारमा हामी सरकारमा छौं । अब हामी धेरै लामो समय त कुर्न सक्तैनौं । अब संविधान संसोधनको कुराहरूलाई हामीले उठाएका छौं । तुरुन्तै कार्यदल गठन गरेर संविधानमा केके कुराहरू संसोधन गर्नु आवश्यक छ भन्ने कुरामा यदि नेकपा गम्भिर ढङ्गले हामीसँग छलफल गर्न सक्तैन भने हामीले सरकारमा रहिरहने अवस्था हुन्न । हामीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अवस्थापनि हुन सक्छ । अहिले पनि हामी संविधान संसोधनको सन्दर्भमा दुई तिहाइ बहुमत भएको पहिलो त सत्तारुढ पार्टी नेकपा तयार हुनु पर्‍यो र नेकपाले ल्याएका सकरात्मक संसोधनका प्रस्तावमा प्रतिपक्षमा बस्ने कांग्रेसपनि सहमत हुनु पर्‍यो । सत्तापक्ष र प्रतिपक्षको विचमा संविधान संसोधनको कुरामा सहमति भएन भने हामीजस्तो सानो पार्टीले मात्रै संविधान संसोधनको आकांक्षा पुरा हुन सक्तैन । त्यसैले हाम्रो पुर्वसर्त भनेको सक्तरुढ पार्टी र प्रतिपक्ष पार्टीले संविधानमा के–के कुरा संसोधन गर्न आवश्यक छ भन्ने साझा अवधारणा निर्माणका लागि कार्यदल गठन गरि अगाडी बढ्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक मान्यता हो ।


आदिकवि भनेको के ? नेपालको प्रथम कवि हो । जसले नेपालमा पहिलो कविको रूपमा प्रवेश गर्छ त्यो आदिकवि हुन्छ । भानुभक्तले के गरे त्यो सबैलाई थाहा छ । भानुभक्तले हिन्दी भाषामा लेखेको रामायणलाई नेपालीमा अनुवाद गरे । अर्काले लेखेको कृतिलाई नेपालीमा उल्था गर्ने नेपालको आदिकवि हुन्छ ? उसको शाकुन्तलामा नारीहरू हाँसे भने वेश्या हु्न्, वेश्या नारीहरू बढि हाँस्छन् भनेको छ, यस्ता मान्छेलाई नेपालको आदिकवि भनेर हामीलाई पढ्न लगाएको छ, यो पनि गलत हो ।

पृथ्विनारायण शाहलाई थुक्ने कार्यक्रम र महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन चोरेका हन् भन्ने तपाइँका दुईवटा अभिव्यक्ति जसले सामाजिक सञ्जाल र मिडियालाई गरमागराम पारिरहन्छ नि ?
एउटा भनाइ छ जितेका मान्छेले लेखेका इतिहासमा हारेका मान्छेहरूको कथा र व्यथा लेखिएको हुन्न । नेपालमा जतिपनि इतिहासहरू लेखिए ती शासक जातिहरूले आफ्नो अनुकुल व्याख्या गरेको इतिहासहरू हुन् । र, हामीलाई पनि ५ कक्षामा पढ्दादेखि रटाइएको थियो पृथ्विनारायण शाह राष्ट्रिय एकताको प्रतिक हुन् । हामीलाई स्कुलमा नारा लगाउन लगाउँथे ‘एउटै भाषा एउटै भेष, प्राणभन्दा प्यारो छ ।’ अहिले आएर बुझ्दा त मैले त मेरो भाषा र भेषलाई त त्यसले त डरलाग्दो अपमान गरेको रैछु । उसले एउटै भाषा भनेको पर्वते भाषा एउटै भेष भनेको दौरा सुरुवाल । ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ । शिक्षकले हामीलाई कति दुरूपयोग गरेको रैछ त ? हामी आदिवासीका बालबच्चाहरूलाई गलत ढङ्गले उनिहरूले अध्यापन गराए । जब हामीले अभियन्ताको हिसाबले अध्ययन अनुसन्धान ग¥यौँ पृथ्विनारायण शाहले कुनै हालतमा राष्ट्रिय एकिकरण गरेको हैन । पृथ्विनारायण शाह नेपालका त्यत्तिबेलाका ससाना भुरे टाकुरे राज्यहरूमध्ये गोर्खाका राजा थिए । गोर्खा राज्य भनेको आकारमा पनि सबैभन्दा सानो र सबै राज्यहरूभन्दा दरिद्र, गरिव कुनै भौतिक विकास नै नभएको राज्य थियो । अहिले पनि गोर्खालाई हेर्नुहोस् न त्यो रातो माटोमा अडेको गोर्खामा विकासको नाममा के छ त ? र, ऊ नुवाकोटको मावली गाउँमा जाँदाखेरी चन्द्रगिरीबाट काठमाण्डौं उपत्यका देखे जसलाई नेपाल भन्थ्यो । त्यो काठमाण्डौँ उपत्यकामा झिलिमिली बत्ति बलेको देखेपछि उसलाई उत्सुकता भयो के हो त्यो भनेर त्यसपछि उसको सहयोगीसँग काठमाण्डौ पसे र यहाँको विकास देखेपछि उसलाई लोभ भयो । त्यसपछि काठमाण्डौ उपत्यकाका राजाहरूलाई सिध्याउने षडयन्त्र गर्न थाल्यो । कीर्तिपूरमा उसले पटक पटक आक्रमण ग¥यो । उसको सेनापति कालु पाँडेसहित पचास हजार सेनालाई कीर्तिपूरवासीले पराजित गरे, हराए, मारे । पटकपटकको हारपछि कसरी कीर्तिपूर विजय गरे भन्ने कुरा जनताले बुझेका छैनन् । त्यत्तिबेला काठमाण्डौँ उपत्यका तिब्बतबाट आउने व्यापारको एउटा ठूलो केन्द्र थियो । जहाँ चाहिँ इटालियन व्यापारीले पनि त्यो व्यापारी केन्द्रमा प्रवेश गर्न चाहान्थे । तर यहाँको आदिवासी नेवारहरूको कारण त्यो सम्भव थिएन । पछि त्यो इटालियन व्यापारीहरूलाई यदि यो काठमाण्डौ उपत्यका हामीले जित्यौँ भने तिमीहरूलाई व्यापारिक अधिकार दिन्छौँ । त्यसकारण हतियार ल्याइदेउ भनेपछि भारतका अंग्रेजी फौँजबाट यहाँ हतियारा भित्र्याएर चारैतिर नाकाबन्दी गरेर षडयन्त्रमूलक ढङ्गले किर्तिपुरलाई आफ्नो कब्जामा लियो । ठीक छ युद्ध हो उसले रणनीतिक ढङ्गले उसले कब्जामा लिएपछि त सकियो नि त ! तर उसले विगतमा भएको पराजयको आक्रोस व्यक्त गर्न पटकपटक त्यहाँका नेवार समुदायहरू भोज खाइरहेको अवस्थामा, घरमा नानीहरूसँग खेलिरहेको अवस्थामा, गर्भवती महिलाहरूलाई ल्याएर हत्या गर्ने, भ्रुण हत्या गर्ने, उसको नाक कान काट्ने काम उसले गर्‍यो । त्यो इतिहास गलत भन्ने कुरा हामीले लेखेको हैन । उनिहरूकै समुदायका बाबुराम आचर्यले पनि लेखेको छ । अब विवाद कहाँ छ भने नाक कान काटेकोमा भएन । त्यसको वजन कति थियो भन्नेमा विवाद हो । कम्तिमा नौ धार्नी, बाह्र धार्नी, सत्र धार्नी छ । हाम्रो नाक र कान जम्मा एक छटाक पनि हुँदैन । नौ धार्नी पुर्‍याउनका लागि कतिजना मान्छेको नाक र कान काट्यो होला ? हाम्रो जिउमा एउटा सियोेले घोप्दा त कति पीडा हुन्छ भने जिउँदो मान्छेको नाककान काट्दाको पीडा तपाइँ कल्पना गर्नुहोस् त ! त्यसकारण पृथ्विनारायण शाहले गोरखा राज्यलाई विस्तार गरे तर नेपाल एकिकरण गरेको हैन । यो इतिहासमा फेरि पुर्नलेखन हुनुपर्छ । उसले माटोको एकिकरण गर्‍यो होला तर जनताविचका भावनालाई एकिकरण गर्न सकेन र उसले त्यो एकिकरण गर्दाखेरी आदिवासी जनजातिहरूको व्यापक हत्या गर्‍यो । बझाङ बाजुराका भोटेहरूलाई मारे, बाँके बर्दियामा मधेषी मुस्लिमलाई मारे, थारु लाई मारे, सिन्धुलीगढि र नुवाकोट साँखुमा तामाङहरूलाई मारे, पूर्वमा लिम्बूवान र किराँत युवाहरूलाई धोक्रोमा हालेर अरुण खोलामा बगाए नि त ! तपाइँ हामीले पढेको इतिहासमा साँचो इतिहास लुकाइएको छ । हाम्रो काम गलत ढङ्गले लेखिएको इतिहासलाई पुर्नलेखन गर्ने, लुकाइएको कुराहरूलाइ खोजेर जनताको सामु राख्ने हो । पृथ्विनारायण शाह हत्यारा हो । यदि पृथ्विनारायण शाह जिउँदो भएको भए अहिले जेल जानु पथ्र्यो । त्यस्तो युद्ध अपराधीलाई नेपालको राष्ट्रिय एकताको प्रतिक मान्न सकिँदैन । कमसेकम विभिन्न देशमा आदिवासी जनजातिमाथि विगतमा शासकहरूले गरेको विभेद र दमनलाई वर्तमान सरकारले आत्मासात गरी विगतमा राज्यले तपाइँहरूमथि विभेद गर्‍यो त्यसको आत्मालोचना गर्दै अब उप्रान्त हामी तपाइँहरूमथि त्यस्तो खालको दमन गर्दैनौँ भन्ने प्रतिवद्धता नगर्ने, त्यसैले पृथ्विनारायण शाहलाई थुक्नुपर्छ भनेको हो । अर्को मुनामदनको कुरा गर्नुअघि म भानुभक्तको कुरा जोड्न चाहान्छु, भानुभक्तलाई आदिकवि भनेको छ, आदिकवि भनेको के ? नेपालको प्रथम कवि हो । जसले नेपालमा पहिलो कविको रूपमा प्रवेश गर्छ त्यो आदिकवि हुन्छ । भानुभक्तले के गरे त्यो सबैलाई थाहा छ । भानुभक्तले हिन्दी भाषामा लेखेको रामायणलाई नेपालीमा अनुवाद गरे । अर्काले लेखेको कृतिलाई नेपालीमा उल्था गर्ने नेपालको आदिकवि हुन्छ ? उसको शाकुन्तलामा नारीहरू हाँसे भने वेश्या हु्न्, वेश्या नारीहरू बढि हाँस्छन् भनेको छ, यस्ता मान्छेलाई नेपालको आदिकवि भनेर हामीलाई पढ्न लगाएको छ, यो पनि गलत हो । लक्ष्मीप्रसाद देवकोटालाई तिहारको लक्ष्मीपूजाको दिन जहिलेपनि हामी पूजा गर्छौँ । उसलाई हामी मुनामदन गीतिकाव्य लेखेको हुँनाले सम्झिन्छौँ । मुनामदनमा मुना र मदनको प्रेम विलाप छ । अहिले पछि अध्ययन अनुसन्धान गर्दा मुनामदन लक्ष्मीप्रसादको मौलिक कृति नभएर नेवार युवा व्यापारी विवाह गरेको तीन महिनामा तिब्बतमा व्यापार गर्नु जाँदा श्रीमतीलाई वियोग भयो र आफ्नो सासुलाई ‘म आएको तीन महिना पनि भएको छैन आमा यसपटक मेरो श्रीमानलाई तिब्बत नपठाउनुहोस्’ भनेर विलौना गरेको कथा हो । यो नेवार भाषाको कृति हो । सात आठ पानाको रचना छ ।

लक्ष्मीप्रसाद देवकोटालाई तिहारको लक्ष्मीपूजाको दिन जहिलेपनि हामी पूजा गर्छौँ । उसलाई हामी मुनामदन गीतिकाव्य लेखेको हुँनाले सम्झिन्छौँ । मुनामदनमा मुना र मदनको प्रेम विलाप छ । अहिले पछि अध्ययन अनुसन्धान गर्दा मुनामदन लक्ष्मीप्रसादको मौलिक कृति नभएर नेवार युवा व्यापारी विवाह गरेको तीन महिनामा तिब्बतमा व्यापार गर्नु जाँदा श्रीमतीलाई वियोग भयो र आफ्नो सासुलाई ‘म आएको तीन महिना पनि भएको छैन आमा यसपटक मेरो श्रीमानलाई तिब्बत नपठाउनुहोस्’ भनेर विलौना गरेको कथा हो ।

त्यतिबेला बाहुनहरू व्यापार गर्न तिब्बत नगएर काठमाण्डौका नेवारहरूनै जान्थे । नेवार भाषामा लेखिएको त्यो गीतिकाब्य फलैचाँमा बसी बेलुकाको भजनमा सुनाउन थाले । त्यो देवकोटाले सुने, नेवारी समुदायमा जन्मेका ऊनले नेवारी भाषा नबुझ्ने कुरै भएन । उनलाई मार्मिक लाग्यो र पछि नेपाली भाषामा उल्था गरे । उनले स्रोत खुलाउनुपथ्र्यो खुलाएनन् । अहिले हामी अनुसन्धानमा छौँ यदि पचास/साठी प्रतिसतभन्दा बढि मिलेमा हामीले वहाँविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । ऊनलाई चोरकवि भन्नु नै उपयुक्त छ ।

यहाँ सामाजिक संजालको प्रयोग निकै गर्नुहुन्छ । विश्वास पनि छ जस्तो लाग्छ । कहिलेकाहिँ सामाजिक संजालमा कुकुरको जिउमा आङ काजीको टाउको जोडर बनाएको फोटोहरू पोष्ट हुन्छन् । त्यो देख्नुहुन्छ कि हुन्न ?
देख्छु, त्यसलाई म स्वभाविक मानिसहरूको अभिव्यक्तिको एउटा रूपमा लिन्छु । त्यस्ताको पछाडी लागेर साध्य पनि हुँदैन ।

कारवाही हुनुपर्छ जस्तो लाग्दैन ?
साइवर क्राइम अन्तर्गत एकचोटी मलाई ज्यानमार्ने धम्की दिदै टेलिफोन कल आएको थियो । अहिले पनि विभिन्न विदेशबाट राती फोन आउँछ । कतिलाई त पत्ता लगाएर क्षमायाचना पनि गर्न लगायौँ । एकजना ज्यानमार्ने धम्की दिनेलाई मैले साइवर क्राइम अन्तर्गत कालिमाटी प्रहरीमा उजुरी दिएँ । त्यत्तिबेला सर्बेन्द्र खनाल नै थिए । जसले मलाई गिरफ्तार गरेको थिए । र, मलाई पनि यसरी ज्यान मार्ने धम्की आएको छ भनेर उजुुरी दर्ता गरेँ । खनालले त्यो मान्छे पत्ता लगाए तर वहाँहरूकै जाति समुदायको भनेर दाई यो सानो मसिनो बच्चा रैछ बेकारमा छोड्दिनोस् भने ।

प्रस्तुतिः सीता तुम्खेवा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

हाँस्ने नारीहरू वेश्या लेख्ने भानुभक्त कसरी आदिकवि ?

अहिले के गर्दै हुनुहुन्छ ? अहिले हामी संविधानलाई संसोधन गरेर हाम्रो आदिवासी जनजातिको पहिचान...

स्कुल, विद्यार्थी र अभिभावक शिक्षाका ओदान – शरण कुमार लिम्बु

केही पढेपछि कोही विदेश जाने सोचमा थिए, कोही लाहुरे हुने अनि कोही चाहीँ पढेर...

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप...

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...