Advertisement

भुपिनको ‘मैदारो’ विमोचित

सीता तुम्खेवा

काठमाडौं, ३० चैत । साहित्यकार भुपिन खड्काको उपन्यास ‘मैदारो’ शनिवार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानको डबलीमा विमोचन भएको छ ।

विमोचन कार्यक्रममा उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त मोहना अन्सारी र विश्लेषक आहुति वक्ताका रूपमा रहेका थिए ।

नयनराज पाण्डे

पुस्तकमाथि टिप्पणी गर्दै उपन्यासकार नयनराज पाण्डेले नेपालमा समिक्षाको विकास नभईसकेको चर्चा व्यक्त गरेका थिए । विदेशमा पुस्तक समिक्षा गर्दा कुनै पुस्तकको पाना आफ्नो छोरीको टोइलेट पुछ्नलायक नरहेको सम्म चर्चा गर्ने गरेको पाइएको बताउँदै नेपालमा नराम्रै भए पनि राम्रो छ भनेर भन्ने चर्चा गर्ने गरेको बताए । नेपालमा केही पुस्तक नराम्रो आएको, तर नराम्रो भनिदिन नसकिने भएर चर्चा गर्न बोलाएको खण्डमा विभिन्न बहाना गरेर नगइदिने कुरा गरेका थिए । भूपिनको यो उपन्यास मैदारो पढ्न र चर्चा गर्न लायक भएरै कार्यक्रममा वक्ताको रूपमा उपस्थित भएको प्रसँग जोडेका थिए ।

मोहना अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारीले उपन्यास आफूलाई राम्रो लागेको बताएकी थिइन् । उपन्यासको पात्र नदिन र मुस्लिम समुदायको नाम नदिम उस्तैउस्तै रहेको उपन्यासले पढ्नमा मन तानिएको बताइन् ।

आहुति

अर्का वक्ता आहुतिले उपन्यासमा तथ्यपरक कुराहरूमा केही कुरा तलमाथि परेको तर त्यसलाई मिलाउन सकिने बताएका थिए । दलित पात्र रहेता पनि दलितको कोणबाट हेर्न नसकिने र दलित–दलित बीच छुवाछुत भएता पनि गलत ठाउँमा घटना गराइएको बताए । मुख्य पात्र नदिम द्वन्द्व नरुचाउने हुन् । तर कतिपय सन्दर्भमा बल प्रयोग नगरी, द्वन्द्व नगरी नहुने अवस्थामा त्यस्ता पात्रको काम नहुने पनि बताएका थिए । त्यसैगरी उपन्यासको कथा कमजोर तर लेखनशैली बलियो रहेको बताए ।

चैत्र ३० गते भूपिनको जन्मदिनसमेत परेकोले पुस्तकको विमोचन र केक काटेर कार्यक्रम गरिएको थियो । भूपिनले पुस्तकमाथि आएका टिप्पणीलाई आफ्नो मार्गदर्शकको रूपमा लिने बताएका थिए । प्रकाशक बुकहिल, कार्यक्रम आयोजक तथा सहभागीहरूलाई धन्यवाद दिएका थिए ।

समकालिन नेपाली कविता र निबन्धमा कलम चलाईरहेका भूपिन प्राध्यापन, साहित्य, सङ्गठन र सञ्चारका साथसाथै संरक्षण कविता आन्दोलनसँग सम्बन्धित छन् । उनका क्षतिग्रस्त पृथ्वी र मुल सडक (कविता सङ्ग्रह –२०५३), हजार वर्षको निद्रा (कविता सङ्ग्रह २०६६), सुप्लाको हवाई जहाज (कविता सङ्ग्रह –२०७२) र चौबीस रील (निबन्ध सङ्ग्रह २०६९) प्रकाशित छन् । २०६९ मा उत्तम शान्ति पुरस्कार पाइसकेका भूपिनको मैदारो पहिलो उपन्यास हो ।

मैदारोलाई बुकहिलले प्रकाशन गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

मलेसियामा बुद्ध जयन्ती कार्यक्रमबारे तिब्र तयारी

काठमाडौँ । नेपाल राजदुताबास संगको समन्वयमा यहाँ रहेका क्रियाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध...

शुभकामना आदानप्रदान तथा राजदूत स्वागत कार्यक्रम सम्पन्न

मलेसिया , बैशाख ८ गते । मलेसियाको जोहरमा विभिन्न संघसंस्था हरुको सन्युक्त आयोजनामा नयाँ बर्ष...