Advertisement

धरानमा हत्केलामा पृथ्वी लिएर उभिएको मान्छेमाथि विमर्श

प्रेमको यात्रामा
किन सधैं स्वास्नीमान्छे नै जल्नु पर्ने ?
लोग्नेमान्छे तिमी पनि जल
मात्र एकपल्ट सहि मेरो प्रेमको निम्ति ।

शनिबार धरानमा कवि विमला तुम्खेवा यस्तै यस्तै कविताहरू र आफ्ना गम्भिर विचारहरू सहित प्रस्तुत भइन् । सन्दर्भ थियो उनको कविता कृति हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे माथि विमर्श कार्यक्रम ।

विमल स्मृति पुस्तकालय धरानद्वारा आयोजित हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे विमर्श कार्यक्रममा कवि तुम्खेवाले आफ्ना सुन्दर कविताहरू पनि सुनाइन् । कार्यक्रमका वक्ताहरू कवि सन्तोष थेबे, महेन्द्र बहुमुखी क्याम्पस धरानका सह– प्राध्यापक डा. इन्दिरा मिश्र र महेन्द्र बहुमुखी क्याम्पसकै उप– प्राध्यापक राजेश विद्रोहीले सो कविता कृति माथि विचार विमर्श गरे । चेवन राईले सहजिकरण गरेको सो विमर्शमा कवि सन्तोष थेबेले संग्रह भित्रका कविताहरू पाठकले जस्तो रूपमा बुझ्यो त्यस्तै खालका कविताहरू रहेको कविले कसैलाई मेरो कविता यस्तै हो भनेर जिकीर नगरेको र यहाँका कविताहरू कविकै परिवेशका कविताहरू रहेको बताए । यस्तै अर्का वक्ता डा. इन्दिरा मिश्रले हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे भित्रका कविताहरू सिङ्गो उत्पिडीत महिलाहरू प्रति समर्पित रहेकोले पनि संग्रह पठनीय रहेको बताए । यस्तै अर्का वक्ता राजेश विद्रोहीले संग्रहका कविताहरूले महिला माथिको उत्पीडनलाई उजागर गरेको, गोर्खाली सेनाहरूको पीडा समेत उल्लेख भएकोले कविताहरू सुन्दर रहेको र आदिवासी जनजातिलाई गरिएको विभेदलाई पनि सम्बोधन गरिएकोले संग्रह वजनपूर्ण रहेको बताए ।

कवि विमला तुम्खेवाले आफ्नो कवितामा कुनै ठूलो विषयवस्तु नभएको, सामान्य जीवन भोगाईको अनुभूति नै कवितामा उतारेको बताउँदै हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता कृति यो संसारमा आमाहरूले गरेको संघर्षको कथा रहेको बताइन् । साथै यो दुनियाँमा राम्रो कविता लेख्न निक्कै गारो हुने पनि बताइन् । उनले तिमी हराएपछि, पालो, सच्याउ तिम्रो इतिहासलगायतका कविता वाचन गरिन् ।

तुम्खेवाको यस कृतिमाथि अघिल्लो हप्ता चितवनमा पनि विमर्श कार्यक्रम सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

मलेसियामा बुद्ध जयन्ती कार्यक्रमबारे तिब्र तयारी

काठमाडौँ । नेपाल राजदुताबास संगको समन्वयमा यहाँ रहेका क्रियाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध...

शुभकामना आदानप्रदान तथा राजदूत स्वागत कार्यक्रम सम्पन्न

मलेसिया , बैशाख ८ गते । मलेसियाको जोहरमा विभिन्न संघसंस्था हरुको सन्युक्त आयोजनामा नयाँ बर्ष...