Advertisement

कराते नै मेरो जिन्दगी हो -योगेन्द्र कोइराला

सुनाखरी मगर/मलेसिया

मलेसियामा नचिन्ने सायदै होलान् योगेन्द्र कोइराला। हेर्दा सानो, कद,कसिलो ज्यान पत्याउनै गार्‍हो हुन्छ पहिलोपटक भेट्ने हरुलाई उहाँ करातेको खेलाडी, गुरु हुन भनेर।

मोरङ जिल्लाको सुन्दर हरैया नगरपालिका वडा नम्बर १ मा २०३६ सालमा जन्मिएको योगेन्द्र कोइराला मोरङ मै हुर्के, उतै शिक्षा लिए । पढाई संगसंगै २०४९ साल देखि रहरले कराते सिकेका उनी २०५५ सालमा ब्ल्याक बेल्ट उतिर्ण गरे ।त्यसपछि भने माया नै बस्यो कराते संग छोड्नै नसक्ने गरि।

त्यही मायाले २०५५ साल देखि आफुले पढेको स्कुल मै गाउको भाइ हरुलाई जम्मा गरेर कराते सिकाउन लागे, उनकै प्रक्षिकण मा ९ जना लाई ब्ल्याक बेल्ट उतिर्ण गराउन सफल पनि रहे। उनकै प्रक्षिक्षण को खेलाडी हरुले जिल्ला स्तरीय, क्षेत्रीय लगायत खेलमा सहभागी भएर जित्न सफल भएपनी उनी भने उमेर समुहमा तौल नपुग्ने भएपछि खेल्न छोडेर प्रक्षिक्षण तर्फ लागेको बताउछन् ।

खेलक्षेत्र मा भबिस्य नदेखेपछी पछि सन २००१ मा रोजगारी को लागि मलेसिया हान्निए, करिब मलेसियाको पाच बर्ष बसाई मा कराते संग लगभग पुरै अलग्गिए सामान्य अभ्यास बाहेक कहि गरेनन् । पाच बर्षे मलेसिया बसाई पछि पुनः नेपाल फर्किए मोरङ बाट बिराटनगर बसाइँ सरे । नयाँ ठाउँमा बसाइँ सरेपछी फेरि कराते लाई नै निरन्तरता दिन लागे आफू पनि खेल्दै र नयाँ लाई पनि खेलाउदै करिब एक बर्ष पछि आफैले एक खेल को आयोजना पनि गर्न भ्याए ।

२०६२ मा नेपाल अधिराज्य व्यापी भएको ब्ल्याक बेल्ट डान ग्रेडिङ मा झापाको बिर्तामोडमा जापानीज मास्टर हिरोमासा तानाका बाट लिइएको परिक्षामा ब्ल्याक बेल्ट तेस्रो डान को परिक्षा उतिर्ण गरेको गरेका थिए।

नेपाल को दुई बर्ष बसाइँ पछि सन २००९ मा पुनः रोजगारीको लागि मलेसिया आए तर यसपटक भने रोजगारी संगै आफ्नो खेल लाई पनि निरन्तरता दिनेगरि ।

रोजगारको लागि मलेसिया आएपनी उनको खेलकुद यात्रा रोकिएन बरु श्रम बाट बचेको समयलाई खेलकुदमा भरपुर सदुपयोग गरे र फलस्वरूप २००९ देखि २०१२ सम्म मलेसियामा रहदा विभिन्न अन्तरास्ट्रिय लगभग २० वटा कराते प्रतियोगितामा सहायक रेफ्री को भुमिका जिम्मेवारी बहन गर्ने मौका पाए । त्यसपछि लगत्तै नेपाल फर्केका उनी २०१३ मा पुनः मलेसिया आएर नेपाली प्रवासी सितोरियो कराते संघ स्थापना गरेर रोजगारी को लागि मलेसिया आएको खेलाडी हरुलाई एकीकृत गर्ने काम गरे।

मलेसिया आइसकेपछि करातेको खोजी गर्दै सन २००९ मा कोबेओ साका एसियन कराते प्रतियोगितामा रेफ्री सेमिनारमा भाग लिदै एसियन कराते प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्बाह गर्ने मौका पाएका थिए ।त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन खेलक्षेत्र मा निरन्तर पाइला अगाडि बढ्न लाग्यो।

त्यसपछि मलेसियामा हुने सम्पुर्ण कराते खेलमा उनको अनिवार्य जस्तै भयो २०१० मा भएको मिलो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, एसएमए एसियन कराते प्रतियोगिता, प्रथम सेलनाइट एसियन प्रतियोगिता २०११ मा किबोकान अन्तर्राष्ट्रिय कराते, बिश्व कोबेओ साका कराते प्रतियोगीता रेफ्री को भुमिका निर्बाह गरिसकेको छन्।

२०१४ मा एसिया कराते महासंघ बाट (जर्ज बि) मान्यता प्राप्त लाईसेन्स प्राप्त गरेपछि भने उनले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा मुख्य रेफ्री को भुमिका निभाउने अवसर प्राप्त गर्दै आएको छन् ।
मलेसिया बाहेक सिङ्गापुर,थाइल्यान्ड,फिलिपिन्स,इन्डोनेसिया र लावोस देशहरु मा भएको विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा रेफ्री को भुमिका निभाएर आफ्नो खेल क्षमता देखाउने अवसर पाएको छन् उनले । उनकै नेतृत्व मा इन्डोनेसिया सिङ्गापुर लगाएत को देशमा गएर विभिन्न खेलाडीले गोल्ड मेडल,सिल्भर मेडल जित हासिल गरेको पनि छन् ।

विभिन्न देशहरुमा भएको खेलमा, मेडल, मानसम्मान पाउनुको साथै आगामी बैशाख महिनामा नेपालमा हुने आठौं राष्ट्रिय खेलमा गैर आवासीय नेपाली संघ (NRNA MAlAYSIA) को तर्फबाट कराते तर्फबाट रेफ्रीको भुमिकामा सहभागी हुने तयारी गरिरहेको छ भने मलेसियाको सारावाकमा हुन गईरहेको एसियन कराते महासंघको रेफ्री परिक्षामा भाग लिने तयारी पनि गरिरहेका छन् ।

कुराकानी को अन्त्यमा गुनासो पनि पोख्न भ्याए मोफसलबाट खेलेर देश को लागि मेडल हरु जितिरहदा पनि सरकारले भने अहिलेसम्म कुनै सहयोग नगरेको र खर्चको अभावमा विभिन्न देशमा हुने खेलमा भाग लिन जान नपाउदा मन खिन्न हुने गरेको छ सरकारले धेरै थोरै सहयोग गरेको भए देश को लागि अझै खेल्न हौसला थपिने थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

पुरस्कारभन्दा पनि आत्मसन्तुष्टिमा विश्वास गर्छु –इन्द्रनारायण चोङबाङ

शिक्षित तर वेरोजगार भएपछि वैदेशिक रोजगारमा मकाउ रहेका इन्द्रनारायण चोङबाङ त्यहीबाटै गीत संगीतमा सक्रिय...

कराते नै मेरो जिन्दगी हो -योगेन्द्र कोइराला

सुनाखरी मगर/मलेसिया मलेसियामा नचिन्ने सायदै होलान् योगेन्द्र कोइराला। हेर्दा सानो, कद,कसिलो ज्यान पत्याउनै गार्‍हो...

विद्यार्थी जीवनको पहिलो अविस्मरणीय शैक्षिक भ्रमण

हाम्रो कक्षा– ५ को नेपाली किताबमा रहेको पाठ–१० मा रहेको ‘एउटा अविस्मरणीय भ्रमण’ भन्ने...

एक जुझारु निर्देशकको चिरफार

देवेन्द्र सुर्केली एकै वर्षको एकै याममा एकै निर्देशकको दुई चलचित्र विरलै प्रदर्शनमा आउँछन् ।...