Advertisement

थारु राष्ट्रिय गीत रेकर्डिङ

आरएन चौधरी थारु

मलेसिया । डेढ दशकदेखि निरन्तर सञ्चार माध्यम र सांगितिक क्षेत्रमा लागेका चार्चित गायक श्रीनिवास चौधरी, विभिन्न भाषा भाषिक गीतहरु गाउनुका साथै विभिन्न परिवेष अनुसारका गीतहरु गाएर चर्चामा आईरहने नाम हुन्।

२०५९ साल देखि गायन प्रशिक्षण लिदै २०६१ सालमा आफ्नो पहिलो एल्बमको रुपमा (हाय रे छौकिया) नामक गीति एल्बम निकालेका थिए जुन एल्बमका गीतहरु निकै चर्चित बनेको थियो, छौकिया नाचे नाचे, जनम जनम मै तोहार ,गरिबवा के जिन्दगी,बोलका गीतहरु त्यो ताका निकै चर्चामा थिए भने,२०६४ सालमा (दिल के रानि) एल्बमको (चोरी चोरी दिल मोर तु चोरा लेहलो) बोलको गित निकै चर्चा पाएको थियो भने,२०६७ सालमा (जवनिया तहल्का मचा देहल) एल्बम मा रहेको हङ्गामा बोल को गित ले सान्चिकै हङ्गामा मचाएको थियो त्यसै गरि २०६९ तिर सावन मर्चाहा को (तोहरिक हम भुला न सकली) फिल्म को टाईटल गीत निकै चर्चित रहेको थियो, त्यसै गरि २०६९ मै (भौजी कटि ना जाडा रजाइ से) भोजपुरी एल्बम को (गोरिया ओढनी बिना) बोलको गित पनि उतैकै चर्चा पाएको थियो,त्यसै गरि,२०७० तिर (चली बोलबम जलवा चढाये) नामक भजन को आइल सावन के महिना बोलको गित अझै पनि हरेक साल साउन महिना मा बज्ने गर्द्छ, त्यसै गरि २०७२ सालमा (आदिवासी थारु हमरे) बोलको गीतले सारा थारुहरुको मनस पटलमा बस्न सफल भयो,त्यसै गरि २०७५ सालमा सर्बाधिक रुचाएको गित नजर से नजरिया मिलाकेले सारा रेकर्ड तोड्न सफल भयो। अहिले पुनः सारा थारुहरु लाई एक सुत्रमा बाध्नको लागि,एकजुट हुन प्रेरणा स्वरुप सम्पुर्ण थारु हरुको हक अधिकारका आवाजहरु, थरुहट आन्दोलन लगायतको भोगाई सम्बन्धि शब्दहरु समेटिएको सहितको उनै चर्चित गायक श्री निवासले, (मलाइ गर्व छ थारु हुनु मा) बोलको थारु राष्ट्रिय गित नेपाली नयाँ बर्ष २०७६ को शुभ आगमन सङ्गै आफनै Youtube Chanal (Shriniwash chaudhary) बाट विश्वब्यापी रुपमा अडियो भर्सन सार्बजनिक गरेको छ।

छबिलाल कोपिला अनि अक्सु दिनेश दहितको शब्द, गणेश चौधरी सङ्गित समायोजनमा, गायक श्रीनिवास चौधरीले नै स्वर भरेको छ । विभिन्न समाजिक संघसंस्थाहरुको सहयोगमा यो गीत निमार्ण गरिएको हो।खास गरि थारु कल्याणकारीणि सभा युएई , त्यसैगरि रुपन्देही जिल्ला निवासी समाजसेवी दिपक चौधरी लगायतको विशेष सहयोगमा निर्माण भएको उक्त गीतको भिडियो निर्माणको काम पनि चाडैं सुरु गर्ने गायक चौधरीले जानकारी गराउदै सम्पुर्ण सहयोगी मनका धनीहरुसंग सहयोगको लागी अपिल समेत गरे ।

तलको लिङ्कमा क्लिक गरि पूरा अडियो गीत सुन्नुहोस् :-

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...