Advertisement

ज्ञान सुब्बा थेबेको ‘मनका कुरा…’ म्यूजिक भिडियोमा सार्वजानिक

काठमाडौं, २ वैशाख । गायक ज्ञान सुब्बा थेबेको नयाँ गीत म्युजिक भिडियोमा आएको छ । हेमकुमार लावतीको रचना, दिनेश सुब्बाको संगीतमा तयार भएको ‘मनको कुरा…’ म्युजिक भिडियोमा ल्याएका हुन् ।

फडिन्द्र राईको संगीत संयोजन, मिन विष्टको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई संजीत श्रेष्ठको छायांकन, सुशिल न्यौपानेको सम्पादन, निशुम लिम्बूको श्रृङ्गार, महेनध्वज खाँडको निर्माणलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । भिडियोमा कुशल थलङ र सोना पालुङ्वाले अभिनय गरेका छन् ।

चार दर्जनजति गीत गाइसकेका ज्ञान सुब्बा थेबेका २ एल्बम ज्ञान (सन् २०००), तिम्रो प्रतिक्षा (सन् २०१६) मा निकाले छन् । पुनः अर्को एल्बमको तयारीमा रहेका ज्ञान सन् १९९५ देखि हङकङमा बस्दै आएका छन् । हङ्कङमै संगीतमा सक्रिय दिनेश सुब्बाबाट संगीत सिकेका हुन् । आफ्नो स्वरलाई मापन गरिदिएर सार्वजानिक गर्नमा मद्दत गर्नुहुने दिनेश सुब्बालाई ज्ञानले आफ्नो संगीत गुरु नै मान्छन् ।

ज्ञानद्वारा स्वरवद्ध १९ वटा म्युजिक भिडियो युट्युवमा भेट्न सकिन्छ ।

मनका कुरा… गीत आफ्नो युट्युव च्यानल ज्ञान सुब्बा थेबेबाटै सार्वजानिक गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...