मलाई मेलोडीयस गीत मनपर्छ - Naya Online

मलाई मेलोडीयस गीत मनपर्छ

नेपाली अल्का याग्निकको उपमा पाएकी गायिका हुन् ‘अन्नु चौधरी’ । बुबा केवललाल चौधरी र आमा संजिता चौधरीको कोखबाट कैलालीको प्रतापपूर लम्किचुवा नगरपालिका वडा न.९ मा जन्मिएकी अन्नु चौधरी सांगीतिक क्षेत्रमा प्रख्यात छिन् । ‘नजर से नजरिया’, ‘कतरा मैयाँ’, ‘करकै वहाना’, ‘बेदर्दी दुनियाँ’ लगायत दुईसयवटा जति थारु गीतमा स्वर दिइसकेकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा पाइला राख्दानराख्दै उनी रातारात हिट भइसकेकी छिन् । लगभग नब्बेवटाजति गीत गीत गाएकी छिन्–‘दुखसँग’, ‘भुलेर तिम्रो माया’, ‘सिरिरि’, ‘यो माया भन्ने चिज’,‘गाउँ घरको ’, ‘म कसरी’, ‘सुन बारुली’ आदि । जसमध्ये ताराप्रकाश लिम्बूसँग गाएको ‘दुखसँग’ बोलको गीतले बीस लाख दर्शक बटुल्न सफल भएको छ । जम्मा ३ जना सन्तानमध्ये पहिलो सन्तान हुन् हुन् अन्नु । उनका २ जना बहिनी छन् । उनी हाल कक्षा १२ सकेरा व्याचलरको तयारीमा छिन् । उनीसँग नयाँ अनलाइनकी मिरान लिम्बूले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कहिलेबाट गाउन सुरु गर्नुभयो ?
सानैदेखि गुनगुनाउँथेँ । रेकर्ड चाहिँ २०७३ सालमा चौधरी भाषामा भएको थियो । र , गायनको टर्निङ पोइन्ट त्यहिँबाट सुरु भयो ।

सानो छँदाको रुची गायिका बन्ने नै थियो कि ?
थिएन, सपना त शिक्षक बन्ने थियो तर गायिका बनेँ ।

कहिलेबाट गायिका बन्छु जस्तो लाग्यो ?
जब चौधरी गीत गाएँ त्यसपछि । थाहै थिएन मलाई म गायिका बन्छु भन्ने ।

गाउने अफर कसरी आयो त ?
मलाई गाउने अवसर मनिराम चौधरी दाइले अवसर दिनुभएको हो । सायद वहाँलाई म गाउँन सक्छु भन्ने विश्वास थियो होला ।

कतिजति गाइसक्नुभयो ?
दुईसय जति चौधरी भाषा र नेपाली भाषामा ८०/९० वटा जति गाइसकेँ । नेपाली गीतको लागि सर्बप्रथम उत्तमजङ लिम्बूले मलाई सपोर्ट गर्नुभयो,सँगसँगै ताराप्रकाश लिम्बू दाइले । अहिले दुवैले मलाई भरपूर सहयोग गरिरहनुभएको छ ।

गीत त धेरै गीत गाइसक्नुभएछ नि ! कुनै पनि हिट भएनन् ?
चौधरीका गीतहरु प्रायः हिटनै छन्, । नपाली गीतको सन्दर्भमा तारा प्रकाश दाइसँगको दुःखसँग बोलको गीतबाट राम्रो चलिरहेको छ ।

तपाइँलाई कस्तो गीत मनपर्छ ?
मलाई मेलोडीयस टाइपको गीत मनपर्छ ।

भर्खरै कुनै गीत आए कि ?

हजुर मेरो सोलो गीत सार्वजनिक भएको छ । त्यसैगरी भदौ १ पनि सोलो गीत सार्वजनिक भएको छ ।

राम्री हुनुहुन्छ, हिरोइन बन्ने कि ?
हा हा हिरोइन त नबन्ने । म गायनमै फीट छु ।

आउने योजना केहि छन् ?
योजना भन्दापनि अब गायन पेशालाई निरन्तरता दिन्छु । कडा मिहिनेत गर्छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं ।

साहित्यसेवी  बिश्वजित राई संस्थापकः पात्लेपानी कला÷ साहित्य प्रतिष्ठान                हतुवागढी, भोजपुर गत हप्ता भोजपुरको...

कविता तङ्सिङ –२ ले समाजमा भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्नेछ : मौलश्री

प्रथम एतिहासिक कविता तङसिङको भब्य सफलतापछि कविता तङसिङ –२ पनि हुने भएको छ ।...

हाइकु रसिलो र चोटिलो विधा हो- इरान राई हाइकुकार

२०२५ सालमा भोजपुर जिल्लाको दिल्पामा जन्म भइ मोरङको बेलबारीमा रहेर साहित्य साधनामा समर्पित इरान...