इस्पा केरुङ उदीयमान मोडल हुन् । पाँचथरमा जन्मिएकी उनले भर्खरै ‘आम्बा–आम्मा’ बोलको लिम्बू गीतबाट लिड रोलमा डेब्यु गरेकी छिन् । उनीसँग मिरान लिम्बूले गरेको अन्तरङ्ग कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
पाँचथर देखिनै आउनुभएको रहेछ, मोडलिङ् फिल्डमा कसरी आउनुभयो ?
पाँचथरमा मेरो जन्म भएको हो । हाल म धरान बस्छु । ‘आम्बा आम्मा’ बोलको गीतबाट मैले लिड रोलमा खेल्न पाएँ । यो अवसर संगीत आङ्गखेवा लुङाले दिनुभएको हो । कल्चरसँग सम्बन्धित भएको हुँदा मलाई पनि मन पर्यो ।
आम्बा–आम्मा गीतको विषयमा थोरै प्रष्ट पारिदिनोस् न ?
आम्बा–आम्मा भन्नाले मेरो बुबा–आमा भन्ने बुझिन्छ । यो गीतको सारांश मेरो आमाबुबालाई छोडर तिमीकहाँ समर्पित भएँ भन्ने किसिमको छ ।
डेब्यु त हैन होला यहाँको ?
लिडरोलको लागि त डेब्युनै भन्छु । केहिसमय अघि सामुहिक रुपमा हाक्पारेमा अभिनय गरेको थिएँ ।
कस्तो अनुभव रह्यो ?
सुटिङस्थल अलि टाढा थियो । लिड रोलमा पहिलो अनुभव भएको हुँदा यसलाई राम्रो अनुभवको रुपको लिएको छु ।

सफल मोडल या कलाकार बन्नको लागि के आवश्यक पर्नेरहेछ ?
मिहिनेत, संर्घष र लगनशिलताको आवश्यक पर्छ ।
आम्बा–आम्माबाट कति आशावादी हुनुहुन्थ्यो, अहिले कस्तो प्रतिक्रिया आइरहेको छ ?
जतिले हेर्नुभयो वहाँहरुबाट राम्रै प्रतिक्रिया पाएको छु । यस गीतको शब्द, संगीत सबै राम्रो भएको हुँदा आशावादी नै थिएँ ।
नेपाली भाषाको गीतमा पनि मोडलिङ गर्ने योजना छ कि ?
म लिम्बु भएको हिसाबले आफ्नै लिम्बु गीतसंगीतलाई प्राथमिकता दिन्छु । तर यदि राम्रो अवसर पाएको अवस्थामा भने नेपालीमा पनि गर्छु ।
सुन्दर हुनुहुन्छ, पार्लर जानुहुन्छ कि मेनटेन गर्नुहुन्छ ?
म पार्लर त्यत्ति जाँदिन , सुन्दर देखिन मन सफा हुनुपर्छ ।
मोडलिङ क्षेत्रमा आउँदै हुनुहुन्छ–परिवाको सहयोग छ कि ?
हजुर एकदमै सपोर्ट छ ।
यो क्षेत्रमा धेरै आउछन् तर कमै मात्रै टिकाउ हुन्छन्, तपाइको संभावना के छ ?
यो क्षेत्रमा टिक्न र सफल बन्नका लागि राम्रो अभिनय, लगनिशिलता र निरन्तरता हुनुपर्छ । म निरन्तरता दिन्छु ।
यस क्षेत्रमा आफ्नो भविश्य देख्नुभएको छ ?
भविश्यमा के हुन्छ त्यो त म भन्न सक्तिन । यो क्षेत्रमा प्रवेश गर्ने सबै सफल हुन सक्तैनन् । म आफ्नो तर्फबाट कोसिस गर्नेछु ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।