किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न - Naya Online

किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न

सञ्जय राई छुच्चा

ललितपुर, २३ भदौ । किरात समाज, लुभु ललितपुरको प्रथम वार्षिक साधारण सभा भदौ २१ गते शनिबार सम्पन्न भएको छ । संस्थाको आफ्नै कार्यालयमा सम्पन्न सभाले सोनाम याक्खाको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमितिको चयन भएको छ ।

महालक्ष्मी नगर पालिका ललितपुर जिल्लामा बसोबास गर्ने चारै किरात राई, लिम्बु, याक्खा, सुनुवारहरूलाई एकिकृत गर्दै उनीहरूको भाषा, धर्म, संस्कार, संस्कृति, भेष भुषा, र परम्पराको संरक्षण सम्बर्दन गर्न एक संगठित संस्थाको रूपमा किरात समाज नामक संस्थाको ललितपुर जिल्लामा वि.सं. २०७५ मा विधिवत दर्ता गरी सञ्चालनमा आएको थियो ।

खुल्ला सत्र र बन्द सत्र गरि दुइ चरणमा बाडिएको कार्यक्रम पहिलो खुल्ला सत्र सोनाम याक्खाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय निवर्तमान न्यायाधिस भुपेन्द्रप्रसाद राई रहेका थिए भने अन्य अतिथिहरुमा किरात राई विद्यार्थी संघका संस्थापक भिम राई, किराया केन्द्रीय निवर्तमान उपमहसचिब डि.बि. राई सरोज, किरात राई विद्यार्थी संघका भू.पु. अध्यक्ष भोगीराज राई, भू.पु. किराया केन्द्रिय सदस्य नन्द राई, समाजसेवी बिष्णु लावती रहेका थिए ।
संस्थाका उपाध्यक्ष राजकुमार राईले स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थालाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउने बालबालिकालाई कदर पत्रले सम्मान गरिएको थियो ।

दोस्रो बन्द सत्रमा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोहित राम राईले प्रस्तुत गरेका । त्यसैगरी बिधान संसोधन प्रतिबेदन सचिव उमेश सेरालुङ र संस्थाको प्रगति प्रतिबेदन अध्यक्ष सोनाम याक्खाले प्रस्तुत गरेका थिए । त्यसपछि चयन भएको भीम राईको अध्यक्ष मण्डलमा, डि.बि. राई सरोज, भोगीराज राई, नन्द राई, बिष्णु लावती, कौसिला राई र सबिना राईको अध्यक्षता मण्डलले सोनाम याक्खाको अध्यक्षतामा २१ जनाको नया कार्यसमिति चयन भएको थियो ।

जसको उपाध्यक्षहरू कल्पना राई, राज कुमार राई, सचिव उमेश सेरालुङ, सहसचिव प्रदिप याक्खा, कोषाध्यक्ष पासाङ राई, सहकोषाध्यक्ष कृष्णा कुमारी लिम्बू छन् ।

सदस्यहरूमा चक्र राई, मनिकला राई, रुकमान राई, बबिता राई, निशा राई, संगीता राई, देवकला राई, कल्पना लिम्बू, कुमारी लिम्बू, उर्मिला कुमारी राई, जगत सरि राई, अशोक राई, दिपेश राई छन् भने सुनुवार समुदायबाट सदस्य मनोनित गरिने भएको छ ।

किराया केद्रिय भु.पु. सदस्य तथा समाज सेवी हंगकंग निवासी नन्द राईले संस्थाको बिधान अनुसार रु. १५००५|- (अक्षरेपी पन्ध्र हजार पाच रूपैया) प्रदान गरेर विशिष्ठ संरक्षक सदस्य बनेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ, १० असोज । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं...

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा

गान्तोक, २१ सेप्टेम्बर । भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन...

किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न

ललितपुर, २३ भदौ । किरात समाज, लुभु ललितपुरको प्रथम वार्षिक साधारण सभा भदौ २१...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर, २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको...