काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव - Naya Online

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ, १० असोज । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौँले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७० औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । नयाँ चीन स्थापना भएपछि गरिबी निवारणमा पाएको सफलता र अनुभव नेपालले पनि अवलम्बन गर्नुपर्ने उनले बताए । चीनको हुनान प्रान्त प्राचीन कला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकोले नेपालजस्तो बहुसांस्कृतिक देशले यो पनि अनुशरण गर्न योग्य रहेको उल्लेख गरे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले नेपालमै मनाइएको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको विचार व्यक्त गरिन् । चिनिया कलाकारहरू नेपाल आएर र नेपालका कलाकारहरू चीनमा गएर कला प्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुगेको उनले बताइन् । सांस्कृतिक र प्राकृतिक रूपमा धनी रहेको हुनान प्रान्तका कलाकारहरू यहाँ आएर प्रदर्शन गर्दा सिंगो हुनान नेपाल आएको अनुभव भएको उनले बताइन् । जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव लगत्तै नेपालमा पनि महान चाड दशैं आउने भएकोले दुवै पर्वको अवसरमा उनले शुभकामना व्यक्त गरिन् ।

हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका अन्वेषक ख वेइ मियाओले जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा सम्पूर्ण नेपालीमा हुनानका नागरिकको तर्फबाट शुभकामना व्यक्त गरे । उनले नेपाल स्थित चिनिया सांस्कृतिक केन्द्रसँग मिलेर हुनान प्रान्तले संस्कृति आदानप्रदानका कार्यक्रम सुरु गरेको बताए । जनवादी गणतन्त्र चीनका महान नेता माओ जन्मेको ठाउँ भएको र सांस्कृतिक तथा प्राकृतिक रूपमा पनि समृद्ध प्रदेश भएकोले नेपालीहरूलाई हुनान घुम्न आउन उनले आग्रह पनि गरे ।

आर्मी अफिसर्स क्लबमा आयोजित भव्य कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोकवाजासहितको सांस्कृतिक प्रस्तुती पनि देखाइएको थियो । हुनान सङ एण्ड डान्स थिएटर कम्पनी लिमिटेड र हुनान पपेट एण्ड स्याडो आर्ट प्रोटेक्सन एण्ड इनहेरिटेन्स सेन्टरका कलाकारहरूले विभिन्न किसिमका नृत्य, वाद्यवादन, कला तथा खेलकुद प्रदर्शन गरेका थिए । जसमा ‘ब्रिलियन्ट डान्स स्याओस्याङ’ नामक समूहिक नृत्य, ‘ब्लोसम इन द इष्ट नामक समूह नृत्य, ‘लभ इन हुनान’ नामक सोलो बासुरी बादन, ‘हुक हुक अम्रेला’ नामक म्याओ जातिको सांस्कृतिक नृत्य, ‘द मुनलाइट फेरी’ नामक पोपेट शो, ‘ह्वाट द पिपा सेज’ र ‘गिभ यु अ रोज’ नामक पिपा नामक चिनिया पुरानो बाजाको सोलो वादन प्रस्तुति, ‘हुआयाओ वमन’ नामक नृत्य, ‘जस्मीन फ्लावर’ र ‘हर्स रेस’ नामक चिनिया पुरानो वाद्य यन्त्र अर्हुको सोलो वादन प्रस्तुति, ‘वेभिङ एण्ड सिङ्गिङ’ नामक थुच्या नामक आदिवासी जातिको परम्परागत नृत्यआदि प्रस्तुत गरिएको थियो ।

चिउ थाओउ नामक कलाकारले ‘स्काई रोड’ चिनिया गीत र ‘तिरिरी मुरली बज्यो…’ नेपाली गीत गाउँदा दर्शकहरूले हुटिङ गरेका थिए । यसैगरी ‘अल्टिमेट फुटबल’ नामक फुटबलको चामत्कारिक कला देखाउँदा र ‘फेस चेन्जिङ’ कला देखाउँदा दर्शक आश्चर्य चकित बनेका थिए ।
सो कार्यक्रमलाई हुनान पर्फर्मिङ आर्ट ग्रुपले आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल स्थित चाइना कल्चर सेन्टर र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागले संयुक्त रूपमा प्रायोजन गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ, १० असोज । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं...

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ –सांसद इन्द्रहाङ सुब्बा

गान्तोक, २१ सेप्टेम्बर । भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन...

किरात समाजको प्रथम वार्षिक साधारण सभा–२०७६ भव्यरूपमा सम्पन्न

ललितपुर, २३ भदौ । किरात समाज, लुभु ललितपुरको प्रथम वार्षिक साधारण सभा भदौ २१...

लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

ललितपुर, २२ साउन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको...

बुद्धि दाइको घरजम भएपछि मेरो हुन्छ– कुमार तामाङ

पछिल्लो समय कुमार तामाङ हैट्को डुब्लिकेटको रुपमा चर्चित छन् । आमा शान्तामाया थिङ र...

प्यारडाईमको १७ औ अभिभावक दिवसमा रमाए विधार्थी

काठमाडौं, २९ फागुन । सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध...

मोडलिङ मेरो रहरमात्र हो –साइना सुब्बा आङथुपो (फोटो फिचरसहित)

काठमाडौं, २७ फागुन । केही महिनाअगाडि विश्व मानव उत्थान तथा मेलमिलाप संघको स्थापना भएको...

ललितपुर विशालचोकको वेरीजोन एक्टिङ स्टुडियो ‘तुम्बीबाजे’ मय

ललितपुर, १६ माघ । नखिपोट, विशालचोकस्थित ‘वेरी जोन एक्टिङ स्टुडियो’ माघको ४ गतेदेखि १२...

लक्ष्मी योङ्हाङ् कोरिया आउदै

पराजित पोमु दक्षिण कोरिया, १४ माघ । नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको पौवा सारतापमा...

मलेसिया रिटर्नी समाज नेपालद्धारा सामुहिक व्यवसाय सुरु

काठमाडौं, पुष २५ : बैदेशिक रोजगारको शिलशिलमा मलेसिया गएर फर्केका नेपाली युवाहरुले सामुहिक रुपमा...