भिडबाट पर रहेका गायक राजन पालुङ्वा - Naya Online

भिडबाट पर रहेका गायक राजन पालुङ्वा

गीत संगीत क्षेत्रमा आउन मानिसका फरकफरक बाटाहरू हुन्छन् । बच्चैदेखिको शौखका कारण संगीत कक्षामा भर्ना भएर होस् या नियमित कार्यक्रममा भाग लिएर यस क्षेत्रमा आउने गर्छन् । पछिल्ला दिनमा त सडकमा गाएको या आफ्नै कार्यकक्षमा गाएको कुरा ‘भाइरल’ बनेर यस क्षेत्रमा छिट्टै चर्चित हुने क्रम पनि बढेको छ । तर एकजना गायक छन् राजन पालुङ्वा, जसले अचानक यस क्षेत्रमा आए तर पेशा फरक परेकोले उस्तो समय त दिन पाएका छ्रैनन् । यद्यपि निरन्तरता भने दिइरहेका छन् ।

करिब एक दर्जनजति गीत गाइसकेका राजन सानैदेखि गायनका शौखिन थिए । स्कुलमा हुने कार्यक्रममा गाउने भाग लिन्थे । पुरस्कार पनि थाप्थे । एसएलसीपश्चात काठमाडौं आएर सङ्घर्ष गर्ने क्रममा राजनको भेट शुक्र खजुमसँग भयो । खजुम चोभारछेउको इण्डियन मोडर्न स्कुलमा काम गर्थे । खजुमकै रचना तथा लय संकलमा रहेको ‘हिमालबाट हिउ झर्‍यो सररर’ बोलको गीतमा राजनले स्वर भर्न पाए । श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेपछि छुटेका शुक्र खजुमसँग फेरि राजनको भेट भएको छैन । राजन भन्छन् –शुक्र खजुम मेरो जीवनमा अभिन्न नाम भएर गएको छ ।

राजनले शुक्र खजुमपछिका धनु ग्याङ्मी, लीला जबेगु, राजशुक्र लिम्बुका रचनामा गाइसकेका छन् भने आभा मुकारुङ, शितल मादेन र मेलिना राईसँग गाइसकेका छन् ।

वि.सं. २०३४ साल फागुन १६ गते आमा श्याममती इजम र बुबा स्व. कृष्णबहादुर पालुङ्वाबाट ताप्लेजुङको दोखु ३ (हालः फुङ्लिङ नगरपालिका ८) मा जन्मिएका हुन् राजनले । स्थानीय मेवाराजा प्राविबाट प्रारम्भिक अध्ययन शुरु गरी भानु मावि फुङ्लिङबाट एसएलसी गरेपछि काठमाडौं भित्रिएका थिए राजनले ।

राजन विद्युत प्राधिकरणका जागिरे हुन् । सर्वेमा दौडनु उनको काम हो । यो जागिरमा छिर्नु पनि फरक कथा छ, गीत संगीतमा आएजस्तै ।

काठमाडौं आएर सङ्घर्ष गरिरहेको बखत राजन गोकर्णको गाम्चा भन्ने ठाउँमा पुगेका थिए । त्यहाँ केशव पौडेल भन्ने मानिससँग भेट भयो । केशव पौडेल विद्युत प्राधिकरणमा काम गर्नुहुँदो रहेछ । पौडेलले आफ्ना हाकिमसँग कुरा गरेर राजनलाई आफ्नो सहयोगीको रूपमा फिल्डमा लगे । राजनको काम बिहान बेलुका खाना बनाउनु थियो । आफ्ना डिउटी त बिहान बेलुकामात्रै थियो तर दिनमा के काम गर्दा रहेछन् भनेर राजनलाई चासो हुन्थ्यो र हेर्न जान्थे । टुलुटुलु नहेर्ने, काम पनि सघाइहाल्ने प्रवृतिको कारण उनी काममा पोख्त बने ।

सारदा बबईमा काम हुँदा राजनले काम सिकिसकेका थिए । हाकिम पनि सरुवा भइसकेका थिए । त्यसैले काम जानेको आधारमा राजनले सहायकको रूपमा जागिर पाए । त्यो वर्ष २०५४ साल थियो । उनको जागिर ज्यालादारीमा थियो । ज्यालादारीमै १० वर्ष बिताए । २०६४ सालमा खुला प्रतिस्पर्धाबाट सर्वे हेल्परको रूपमा नियुक्त भए । अहिले बढुवा भएर जुनियर टेक्निसियन छन् ।

सर्वेको लागि देश दौडाहा जानुपर्दा अहिलेसम्म कुनै पनि कार्यक्रममा भाग लिन पाएका छैनन् । त्यसैले कमैले मात्र उनलाई गायकको रूपमा चिन्छन् । एक दुई गीत गाउनेहरू चर्चित बन्नुमात्र होइन, देशविदेशको दौडाहामा निस्कन्छन् । राजन भने त्यो अवसरबाट वञ्चित छन् ।

युवराज शर्माको रचनमा ‘गरेर काम देशका लागि यो देश सजाउ, नेपाली हामी नेपालभित्रै पसिना बगाउ ।’ बोलको गीतको रेकर्ड गर्न लागेका राजनले आउँदा दिनमा समय निकालेर कार्यक्रमतिर निस्कने बताए ।

उनका केही गीतहरू युमा आर्टको च्यानलमा जुके बक्समार्फत सुन्न सकिन्छ भने अब केही सक्रिय रहेर सबै दर्शकश्रोतामाझ आउने बाचा पनि गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बबिना किराँती तीज गीतमा

काठमाडौं २४ साउन । गायक किरण भुजेलले फरक शैलीको तीज गीत ‘बम बम भोले’...

चलचित्र केःसाङ्लाको पाःलाम युट्युवमार्फत सार्वजनिक

काठमाडौं, १८ साउन । लिम्बू कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत युट्युवमार्फत सार्वजनिक भएको छ...

पदम राईको सख्खर चिनी सार्वजनिक

काठमाडौं १७ साउन । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले गायिका मेलिना राईसँग...

‘भाग्य लेख्ने मसी’ ल्याइन् मुना बान्तावाले

नडाहा, १७ साउन । लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको ‘भाग्य लेख्ने...