काठमाडौ, १५ मंसिर । कोरियालाई कर्मथलो बनाइ नेपाली म्युजिक भिडियो निर्देशन गर्दै आइरहेका निर्देशक हाङ चेम्जोङ ‘अन्तराष्ट्रिय सामाजिक अवार्ड’का लागि छनौट भएका छन् ।
तीन दर्जनमाथी म्युजिक भिडियोहरू निर्देशन गरिसकेका चेम्जोङ आफ्नो कामको उच्च कदर भएको ठान्दछन् । चर्चित गीतकार तथा गायक गायिकाहरूको गीतहरूमा काम गरिसकेका चेम्जोङ कोरियाको सन्दर्भमा एकमात्र प्रवासी निर्देशक हुन् भन्दा फरक नपर्ला । ‘कोरियाको बसाई छोटिदै गर्दा यस्ता सम्मानहरूद्धारा सम्मानित हुन पाउँदा आफ्नो मेहनतको कदर भएको महशुस हुन्छ’, मुसुक्क मुस्कुराउँदै खुशी व्यक्त गर्छन् उनी ।

उक्त अवार्ड बहुबिधामा आधारित विषयमा समितीले नामावली सार्बजनिक गर्दै २२ डिसेम्बर २०९ का दिन क्लब ४० इन्टरनेशनल एण्ड अनलाइन मिडियाको संयुक्त आयोजनामा एक समारोहबिच प्रदान गर्ने घोषणा गरिएको छ ।
सामाजिक अभियन्ताहरूलाई हौसला स्वरुप साथै कलाकार तथा निर्देशकहरूलाई कामको उच्च कदर गर्दै उक्त अवार्ड प्रदान गरिने आयोजक बताउछन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।