हाइकु रसिलो र चोटिलो विधा हो- इरान राई हाइकुकार - Naya Online

हाइकु रसिलो र चोटिलो विधा हो- इरान राई हाइकुकार

२०२५ सालमा भोजपुर जिल्लाको दिल्पामा जन्म भइ मोरङको बेलबारीमा रहेर साहित्य साधनामा समर्पित इरान राई प्रयोगवादी साहित्यकारको रुपमा स्थापित छन् । उनको अगुवाईमा बेलबारीमा ठूलठूला साहित्यिक महोत्सवहरूको आयोजना हुने गर्दछ । विषेश गरी छोटा खाले श्रृजना गर्न रुचाउने राई हाइकुमा अब्बल मानिन्छन् । गत कात्तिक २३ गते पूर्वाञ्चल हाईकु संघले सम्बध सुत्र संयुक्त हाइकु संग्रह विमोचन पश्चात पुनः एकपटक हाइकुले छलाङ मारेको महसुस गरिएको छ । जसको श्रेय इरान राई स्वयंलाई जान्छ । झण्डा कविताको प्रर्वतक समेत रहेका इरान राईका दहिचिउरे, जिउँदो लास, संकटकाल लगायतका हाइुकु संग्रह प्रकाशित छन् । राजनीतिमा समेत सक्रिय उनी साहित्य समाज सापेक्ष हुनु पर्नेमा जोड दिन्छन् । उनै प्रयोगवादी साहित्यकार इरान राईसँग शब्दालयले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत छ ।


हिजोआज के गर्दै हुनुहुन्छ
सामान्य दैनिकी छ । शिक्षण, समाजसेवा, साहित्य तथा साहित्यिक पत्रकारिता आदि, भनौं ।
धेरथोर राजनीतिमा पनि सक्रिय हुनुहुन्छ , लेखन र साहित्य एक–अर्कामा परिपुरक हो ?
साहित्य र राजनीति एकार्काका अभिन्न अङ्ग हुन् । साहित्यभित्र विचार, सिर्जनशीलता र वृहत्तर ज्ञान हुन्छ जुन राजनीतिमा अपरिहार्य छन् । विचारविनाको साहित्य, कला केवल मनोरञ्जनात्मक हुन सक्छन् । वैचारिकतासहितको साहित्यले चाहिँ समाजलाई मार्गदर्शन पनि गराउँदछ ।
तपाइँलाई प्रयोगवादी लेखकको रुपमा चिनिन्छ , कुनै नयाँ प्रयोगाको तयारीमा हुनुहुनछ की ?
साथीहरूसँग मिलेर नयाँ साइजमा एउटा हाइकु संग्रहको प्रकाशन तथा साहित्यलाई प्रधानता दिएर

केही काम गरिँदै छ भन्न सकिन्छ ।
तपाईँ हाइकुमा दख्खल राख्नुहुन्छ, यो कस्तो विधा विधा हो ?
हाइकु ५, ७, ५ गरी १७ अक्षर भएको तीन हरफे छोटो तर गहन कविता हो । यसको उत्पत्ती चीनबाट जापान हुँदै भयो । कतिपयले यसलाई जापानी लघु कविता भन्दछन् । यसमा प्रकृति–वर्णन पाइन्छ । नेपाली हाइकुहरू चाहिँ व्यंग्य आदि विषयमा पनि प्रवेश गरेको छ । यो एक रसिलो र चोटिलो विधा हो ।


पछिल्लो समयको हाइकुहरू सस्तो लोकप्रियताको लागि लेखिएको हो कि जस्तो पनि छ नी ?
पक्कै पनि ! पहिलो कुरा हाइकुलाई ख्याल–ख्याल सम्झनुहुदैन । नजानेर हामी त्यसो गर्छौं भने अग्रज र विज्ञसँग सल्लाह सुझाव लिएर अघि बढ्नु प¥यो । देश काल र परिस्थितिअनुसार फरक हुनु समान्य हो तर संरचना नै भत्किने गरि त लेख्नु भएन नि । पछिल्लो समय सामाजिक सञ्जालमा भेटिने हाइकुहरू हलुका सम्म त ठिकै हो कामै नलाग्ने पनि छन् । हाइकुमाथि अध्ययन गरेर लेख्दा राम्रो हाइकु लेखिन्छ भन्ने लाग्छ । र हाइकुको मर्म पनि बुझ्नुपर्छ । हाइकु रसिलो चोटिलो हुनुपर्छ तर रहरमा मात्रै लेखियो भने बेस्वादिलो हुन सक्छ । त्यसको जिम्मेवारी को त ? त्यसैले हाइकु लेखनमा जिम्मेवार पनि बनौं ।


नयाँ कृतिहरूको कुनै तयारी छ कि ?
अबको दुईवर्ष भित्र हाइकु संग्रह लगायत केही पुस्तकहरू ल्याउने तयारीमा छु ।


तपाइँ दिग्गज व्यक्तिको रुपमा चिनिनुहुन्छ , नयाँ पिँढीका सर्जकहरूलाई के सल्लाह दिनुहुन्छ ?
नयाँ साथीहरूलाई पुस्तकलगायतका औपचारिक सामग्रीहरूका साथै प्रकृति र समाज पनि पढ्नुहोस् । रचना र कृतिले सकिन्छ समाजलाई डोर्‍याउनुहोस् , नत्र कम्तिमा समाजबारे बोलोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं ।

साहित्यसेवी  बिश्वजित राई संस्थापकः पात्लेपानी कला÷ साहित्य प्रतिष्ठान                हतुवागढी, भोजपुर गत हप्ता भोजपुरको...