मगर संघ, कास्कीको अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता सुरु - Naya Online

मगर संघ, कास्कीको अन्तर एकाइ ब्याडमिन्टन प्रतियोगिता सुरु


पोखरा,नेपाल मगर संघ, कास्कीले माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तर एकाइ ब्याडमिन्टन (डबल्स) प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा नेपाल मगर संघ, कास्की अन्तर्गतका विभिन्न एकाइ समितिबाट ३५ टिम सहभागी भएका छन् ।
गण्डकी प्रदेशसभाकी सांसद् एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ “कुसुम”ले प्रतियोगिताका रेफ्रीलाई ब्याडमिन्टन सामग्री हस्तान्तरण गरेर सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख सचेतक गुरुङले ब्याडमिन्टन प्रतियोगिताले स्वास्थ्यका लागि मात्र नभइ नयाँ खेलाडी उत्पादनका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मगर समुदायबाट उत्कृष्ट ब्याडमिन्टन खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सघाउने बताउँदै उहाँले मगर समुदायलाई चिनाउन समेत यस प्रतियोगिताको महत्व रहेको बताउनुभयो ।

खेलकुद प्रतियोगिताजस्तो रचनात्मक कार्यक्रम गरेकोमा मगर संघ, कास्कीलाई धन्यवाद दिँदै सांसद् गुरुङले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो । मगर संघ, कास्कीको सांगठनिक र मगर समुदायको विकासका लागि आफूले सक्दो सहयोग गर्ने समेत सांसद् गुरुङले आश्वासन दिनुभयो ।
नेपाल मगर संघ, कास्कीका सल्लाहकार बालकृष्ण काउछामगर, नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर र नेपाल मगर संघ, कास्कीका सल्लाहकार इन्द्रबहादुर गर्बुजामगरले खेलकुद स्वास्थ्यका लागि जति महत्वपूर्ण छ, उत्तिकै देश र समुदायका लागि पनि महत्वपूर्ण भएको बताउनुभयो ।


नेपाल मगर संघ, कास्कीका अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामबहादुर थापामगर र प्रतियोगिता संयोजक एवं युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिनेश रोकामगरले पनि बोल्नुभएको थियो ।
सोमबारसम्म चल्ने प्रतियोगितामा युवा, प्रौढ तथा महिला गरी तीन समूह अन्तर्गतका ३५ टिम दर्ता भएको प्रतियोगिता सह–संयोजक एवं संगठन विभाग प्रमुख भक्तबहादुर पुनमगरले जानकारी दिनुभयो । शनिबार भएको खेल अन्तर्गत प्रौढ समूहको पहिलो चरणका सबै खेल सकिएका छन् भने युवा समूहको पनि पहिलो चरणको खेल सुरु भएको छ ।

त्यस्तै, महिला समूहको खेल आइतबार सुरु हुने भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगरले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित...

पाटीगाउँमा पहिलोपल्ट मिनि दौड प्रतियोगिता २०७७ हुने

चबेगु राज सानु,पाटीगाउँ | मोरङ, २ मंसिर । मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर १...

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...

सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा हस्तान्तरण

असार ६ कैलाली। सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय...

कोरोनाविरुद्ध आत्मबल मिलोस् भन्दै ६० मिटर गहिराईमा जलयात्रा

काठमाडौं, ९ मे । नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार ‘कोरोना...

निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न ।’ यो बोलि कुनै पाटी र बजारको...

हङकङसँग नेपाल पराजित, नेपालको लगातार दोस्रो हार

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।...

नेपालको कीर्तिमानी, अमेरिकामाथि जित

काठमाडौं। काठमाडौंमा बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले...

सिद्धार्थ मेमोरियल इ. स्कुलको खेलकुद उत्सव आजबाट सूरु

प्रकाश दिप्साली राई नडाहा    ४ वटा हाउसले झण्डै २८ वटा विधामा प्रतिष्पर्धामा गर्ने ...