नडाहाका निसान लिम्बु नेपालकै बहुचर्चित क्लब मनाङमा अनुबन्धित - Naya Online

नडाहाका निसान लिम्बु नेपालकै बहुचर्चित क्लब मनाङमा अनुबन्धित

सपना देख्नेहरु कहिले असफल हुँदैनन् ःनिसान लिम्बु

प्रकाश दिप्साली राइ

नडाहा

एभरेष्ट फुटबल क्लब नडाहाका कप्तान तथा नियमित स्ट्राइकर निसान लिम्बुलाई नेपालकै वहुचर्चित अनि सर्वाधिक लोकप्रिय फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबले अनुबन्धन गरेको छ ।

सहिद स्मारक ए लिग डिभिजनको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले हिजो आºनो चिर प्रतिद्वन्दि थ्री स्टार क्लबसँगको भिडन्तमा डेब्यु गराउँदै आºनो क्लबबाट सार्वजनिक गरेको हो । पूर्वाञ्चलमा आफुलाई स्ट्राइकरको रुपमा स्थापित गराईसकेका निसानले यस अघि ए डिभिजन क्लबहरु संकटा, एन आर टि तथा हिमालयन शेर्पाबाट पनि खेलिसकेका छन् । सँगसँगै नेपालका प्रतिष्ठित प्रतियोगिताहरुमा पनि आºनो फुटबल कौशल देखाइसकेका छन् ।

नेपालको सर्वाधिक सफल क्लब मनाङले सर्वाधिक ८ पटक लिग उपाधी जितेको छ भने अन्तराष्ट्रिय क्लब उपाधीहरु समेत जितेको छ । आफु मनाङमा अनुबन्धन भएपछि निसान लिम्बुले खुशी व्यक्त गर्दै आफु मनाङमा आबद्ध हुन पाउँदा फुटबलको एउटा लक्ष्यमा पुगेको बताए उनले भने ‘हामीले सपना देख्न छाड्नु हुन्न रैछ । सपना देख्नेहरु कहिले असफल हुदैनन् , जुन सपना आफूले वर्षौंदेखिको देखिरहेको थिएँ । बल्ल यो बेला पुरा हुँदैछ । यो अनुबन्धन मेरो लागि जीवनकै ठूलो उपलब्धि हो । अब आफुले यो अवसरलाई जिम्मेवारीको रुपमा लिएको छु ।’

यता निसान लिम्बु मनाङमा आबद्ध भएको खबरले घरगाउँमा खुशीयाली छाएको छ । उनको स्थानीय क्लब एभरेष्ट फुटबल क्लब र नडाहा अनि सिङ्गो वराहाक्षेत्र नगरपालिकाभरिकै उनका शुभेच्छुक, शुभचिन्तकहरु अहिले सामाजिक सञ्जालमा बधाई तथा शुभेच्छा दिनेहरुको ओइरो नै लागेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित...

पाटीगाउँमा पहिलोपल्ट मिनि दौड प्रतियोगिता २०७७ हुने

चबेगु राज सानु,पाटीगाउँ | मोरङ, २ मंसिर । मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर १...

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...

सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा हस्तान्तरण

असार ६ कैलाली। सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय...

कोरोनाविरुद्ध आत्मबल मिलोस् भन्दै ६० मिटर गहिराईमा जलयात्रा

काठमाडौं, ९ मे । नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार ‘कोरोना...

निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न ।’ यो बोलि कुनै पाटी र बजारको...

हङकङसँग नेपाल पराजित, नेपालको लगातार दोस्रो हार

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।...

नेपालको कीर्तिमानी, अमेरिकामाथि जित

काठमाडौं। काठमाडौंमा बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले...

सिद्धार्थ मेमोरियल इ. स्कुलको खेलकुद उत्सव आजबाट सूरु

प्रकाश दिप्साली राई नडाहा    ४ वटा हाउसले झण्डै २८ वटा विधामा प्रतिष्पर्धामा गर्ने ...