नेपालको कीर्तिमानी, अमेरिकामाथि जित - Naya Online

नेपालको कीर्तिमानी, अमेरिकामाथि जित

काठमाडौं। काठमाडौंमा बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पारेको छ। कीर्तिपुरमा अमेरिकालाई सबैभन्दा कम स्कोर (३५) मा समेटेको विश्वकीर्तिमान बराबरी गरेको नेपालले ६ औं ओभरमै जित हात पारेको हो।

नेपालले २ विकेट गुमाएर ५ ओभर २ बलमा जित हात पारेको हो। पारस खड्काले छक्का प्रहार गर्दै नेपाललाई लीगमा दोस्रो जित दिलाए। ३६ रनको लक्ष्य पाएको नेपालको शुरुआत भने राम्रो हुन सकेन। कप्तान ज्ञानेन्द्र मल्ल र सुवाष खकुरेल २ रन जोडदा आउट भए। दिपेन्द्रसिंह ऐरीले ११ बलमा १५ र पारस खड्काले १२ बलमा २० रन नटआउट बनाए।

विश्वकप लीग – २ मा नेपालको यो दोस्रो जित हो। दुबै जित नेपालले अमेरिकामाथि पाएको हो। लीगको पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले ४ अंक जोडेको छ। लीगको शीर्ष स्थानमा भने ओमान रहेको छ।

यसअघि नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ।
नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्। खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए।

उनले ६ ओभरमा कए मेडनसहित १६ रन दिएर ६ विकेट लिएका हुन्। लामिछानेको यो ओडीआई करिअरकै उत्कृष्ट बलिंग फिगर हो। उनले आफ्नो अन्तिम ओभरमा २ विकेट लिँदै अमेरिकालाई रेकर्ड सबैभन्दा कम स्कोरमा अलआउट गरे। नेपालले ओडीआईमा विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा रोकेको यो पहिलो हो।

सन्दीपलाई अर्का स्पीनर सुशान भारीलेअर्को इण्डबाट राम्रो साथ दिए। उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले कुल ४ विकेट लिएर भारीको पनि यो ओडीआई करिअरकै सबैभन्दा राम्रो प्रदर्शन हो। उनले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर ४ विकेट लिए।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...

सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा हस्तान्तरण

असार ६ कैलाली। सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय...

कोरोनाविरुद्ध आत्मबल मिलोस् भन्दै ६० मिटर गहिराईमा जलयात्रा

काठमाडौं, ९ मे । नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार ‘कोरोना...

निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न ।’ यो बोलि कुनै पाटी र बजारको...