कविता तङ्सिङ –२ ले समाजमा भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्नेछ : मौलश्री - Naya Online

कविता तङ्सिङ –२ ले समाजमा भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्नेछ : मौलश्री

प्रथम एतिहासिक कविता तङसिङको भब्य सफलतापछि कविता तङसिङ –२ पनि हुने भएको छ । आगामी २०७६ फागुन २४ हुन गइरहेको कविता तङ्सिङ –२ को सेरोफेरोमा रहेर याक्थुङ लेखक संघ झापा जिल्लाका तदर्थ समितिका अध्यक्ष मौलश्री लाओतीसँग साङसेन वारक पंधाकले लिएको अन्तवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

याक्थुङ लेखक संघ भनेको के हो ?

संसारभरी छरिएर रहेका याक्थुङ लेखकहरूको भेलाले मिति २०७६ जेठ १५ गते झापामा ‘याक्थुङ लेखक संघ’ गठन गरेको हो । झापाको विर्तामोडस्थीत विएण्डवाई होटलमा भएको भेलाले प्रकाश थाम्सुहाङको अध्यक्षतामा २९ सदस्यीय कार्य समितिको गठन गरेको थियो ।
सो भेलाले ७ वुँदे घोषणापत्र पनि जारी गरेको थियो । घोषणापत्रमा लिम्बुवान मुक्तिका खातिर कलम चलाउने, लिम्बुवान सौन्दर्यशास्त्र, लोक वाङ्मयहरूको पुर्नजागरणका लागि प्रोत्साहन गर्ने आदि छन् ।
त्येअङ्सी सिरिजङ्गा, इमानसिंह चेम्जोङ, लालसोर सेन्दाङ, खड्गबहादुर नेम्बाङ, काजीमान कन्दङवा, महाकवि थाम्सुहाङ पुष्प सुब्बा आदिको याक्थुङ साहित्यिक विरासतलाई ध्यानमा राख्दै, याक्थुङ लेखकहरूको प्रथम ऐतिहासिक भेलाका सहभागीहरूबाट व्यक्त विचारहरूलाई मनन गर्दै याक्थुङ लेखक संघ तदर्थ समितिद्वारा याक्थुङ लेखक संघको घोषणापत्र – २०१९ को यस प्रकार छन् :
१. लिम्बुवान मुक्तिका खातिर कलम चलाउने ।
२. लिम्बुवान राज्य प्राप्तिका लागि चालिने जुनसुकै आन्दोलनहरूलाई सहयोग र समर्थन गर्ने ।
३. लिम्बुवान सौन्दर्यशास्त्र, मुन्धुम, याक्थुङ लोक वाङ्मयहरूको पुनरजागरणका निम्ति याक्थुङ लेखकहरूलाई पुनरजागृत गर्ने ।
४. याक्थुङ भाषा, सिरिजङ्गा लिपिमा सिर्जना गर्न, याक्थुङ साहित्यलाई सिद्धान्तपरक र विशिष्टीकरण गरी सिर्जना गर्न सर्जकहरूलाई उत्प्रेरित गर्ने ।
५. विविध वाद र वैचारिक समूहमा रहेका याक्थुङ लेखकहरूलाई एकताबद्ध गराई लिम्बुवानी राजनैतिक चेतनामा ध्रुवीकरण गर्ने ।
६. सबैखाले राजनैतिक विचारमा आवद्ध याक्थुङ लेखकहरूको साझा चौतारीका रूपमा याक्थुङ लेखक संघलाई अगाडि बढाउने ।
७. लिम्बुवानका मुन्धुमी, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक स्थलहरू पर्यावरणीय साहित्यक दृष्टिविन्दुले संरक्षित गर्ने उदेश्यले याक्थुङ लेखक संघको गठन भएको हो । यस संघ ताप्लेजुङ, पान्थर, झापा, धनकुटा र काठमाडौंमा गठन भएको छ्र ।

कविता तङ्सिङको अर्थ बताइदिनोस् न ?
सतही रुपमा भन्नु पर्दा यसलाई काव्यिक अनुष्ठान भन्न सकिन्छ । लिम्बू समाजमा प्रचलित तङ्सिङ अभिष्ट प्राप्त गर्न दत्तचित्त भएर गरिने धार्मिक आराधना हो ।

कविता तङ्सिङ – २ हैन त ?
हजुर पहिलो कविता तङ्सिङ याक्थुङ लेखक संघ उपत्यका समिति काठमाडौले २०७६ भदौ २८ गते काठमाडौमा आयोजना गरेको थियो । उक्त तङ्सिङमा २३ जना कविहरूले कविता वाचन गरेका थिए ।

कविता तङ्सिङ –२ झापामा किन ?
कविता तङसिङ –२ ले पछिल्लो समयमा लिम्बू कवि वा समुदायले समाज र राष्ट्रप्रति के सोचिरहेका छन् जस्ता यावत कुराहरू कविता तङ्सिङमा उजागर गर्न उनिहरूको काव्यिक चेत कतातिर गैरहेको छ भन्ने कुरा थाहा पाउका लागि पनि हो ।

कविता तङ्सिङ –२’ झापाले समाज र राष्ट्र निर्माणमा कस्तो सहयोग पुर्‍याउला ?
यसले समाजमा भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न थप सहयोग मिल्नेछ भन्ने लागेको छ ।

तपाइका विचारमा अहिले लिम्बु श्रष्टाहरूले के लेखिरहेका छन जस्तो लाग्छ ?
देशभित्र आफ्नो आदिम इतिहास र पहिचान हुनैपर्छ भनेर आफ्नै कुरा लेख्नमा जोड दिईरहेका छन् ।

पछिल्लो साहित्यिक आन्दोलन तेस्रो आयाम, सिर्जनशील अराजकता ,उत्तरवर्ती सोच, मुक्त अभियान, फरक आयाम, कुकुर कविता र केस्रा आन्दोलन सबै लिम्बुहरूले सुरुवात गरेको देखिन्छ्र, यो आन्दोलन किन गरी रहेका छन् ?
लिम्बुहरू पनि चिन्तन गर्न सक्छन् र चिन्तक भएर देश र समाजलाई दिशानिर्देश गर्न सक्ने हैसियत बनाइसकेका छन् भन्ने यी आन्दोलनहरू ज्वलन्त उदाहरण हुन् । उदाहरण बन्नु चानचुने कुरो हैन । उदाहरण बन्नैपर्ने भएकोले यसो भएको हो । किनकी यो देशले लिम्बू वा लिम्बुवान क्षेत्रलाई कहिँ न कहिँ विभेद नीति नै अख्तियार गरिरहेछ । त्यसैको छेकथुनको लागि उपस्थिति भनौ या आन्दोलन भैरहेको हो भनेर बुझ्दा सबैलाई लाभदायक हुनेछ । यो त साहित्य क्षेत्रका लागि मात्र भयो राजनीतिक वा अन्य पाटोमा पनि लिम्बू समुदायको उतिकै उपस्थिति देखा पर्न थालिसकेको छ ।

यी आन्दोलनहरूलाई अझैसम्म केन्द्रले किन स्वीकार गर्दैनन् ?
राष्ट्र संघियतामा गएपनि अझै एकल भाषा, जाति र धर्मको नीतिको पक्षपोषण गरीरहेको छ तब कहाँ यी आन्दोलनहरू स्वीकार छन् त ?

लिम्बु कविहरू लेखन भन्दा पनि वहस बडि गरिरहेका छन् भन्ने आरोप छ नी ?
म त भन्छु, वहस हुनु अति राम्रो हो । लेख्नु अघि बृहत वहस हुनुपर्छ । तर, त्यसबाट आउने निराकरण शताब्दीऔंसम्म पत्थरको लकिर हुनुपर्छ । यतिबेला लिम्बू कवि सुनामी आउनु अघिको समुन्द्री छाल हुन्, उछाल मच्चिरहेकोछ । हाम्रा प्रत्येक वहसहरूलाई मैले यसरी बुझिरहेछु ।

साहित्य अनुत्पादनशिल चिज हो, यसमा लागेर काम छैन भन्नेहरूलाई कविता तङ्सिङ –२ बाट के सन्देश दिनुहुन्छ ?
अहिले चलेको चिज भनेकै अनुत्पादनशिल चिज हो, जस्तैः राजनिती । मैले बुझेको चै साहित्य भन्दा एककदम अघि राजनीति हुन्छ । कविता तङ्सिङले दिने सन्देश भनेको लिम्बू कविमार्फत भाषा, समाज–संस्कृतिका कुरा साथै मिथक इत्यादि हो । अब मुलधारको भाषा–साहित्यमा आइसक्यो, कसैको एकल प्रभुत्वले मात्र राष्ट्रको साहित्य विश्वकृत हुन सक्दैन । सुगा रटानले नेपाली साहित्य यथास्थितिमा रहिरहने भो । अब तिमी पनि बोल्न सिकाउ, म पनि सिकाउछु, उसले पनि सिकाउछ । यसरी सबैले बोल्न सिकाएपछि विविधता हुन्छ र सुन्नेलाई पनि चाख लाग्छ । समग्रमा ‘यो देशमा हामी पनि छौं’ भन्ने सन्देश कविता तङ्सिङले दिनेछ ।

तङ्सिङ भनेको सांस्कृतिक अनुष्ठान हो, तर तपाईहरूले कवितासँग किन जोड्नुभयो ?
वास्तवमा कविहरू येबा नै हुन् । लेख्ने बेलामा मनमनै फलाकिरहेका हुन्छन् । यश कार्यक्रममा कविहरूका कवितामा हाम्रो कुराहरू नै ज्यादा पाइने भएकोले तङ्सिङ भन्दा उपयुक्त नाम अर्को नहोला ।

पछिल्लो समयमा लिम्बु समुदाय विवादका कारणल पानी बाराबार गर्ने स्थितिमा देखिन्छन् यसलाई यालेस झापा तदर्थ समितिले कसरी हेरेको छ ?
वहस हुनुपर्छ तर वहसलाई एकेडेमिकल्ली लानुपर्छ । वहस समाजलाई जोड्ने अनि प्रगतिको पथमा लाने किसिमको हुनुपर्छ । समाज भाँड्ने खाल्को हुनुहुदैन । उक्त विवादलाई यालेस झापाले सहजिकरण गर्ने प्रयत्न गर्नेछ, र त सबै बिचारधाराका कबिहरूलाई एकै ठाउँमा उभाएको छ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं ।

साहित्यसेवी  बिश्वजित राई संस्थापकः पात्लेपानी कला÷ साहित्य प्रतिष्ठान                हतुवागढी, भोजपुर गत हप्ता भोजपुरको...