निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण । - Naya Online

निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न ।’

यो बोलि कुनै पाटी र बजारको नभई मनाङ मस्र्याङदीले क्लबले उपाधी जितेपछिको हो ।

आðनो सबै खेलाडी अर्को क्लबमा गएनी आðनो विरासतलाई कायम राख्दै २२ औं बुढासुब्बा गोल्डकपको उपाधी मनाङ मस्र्याङ्दी क्लबले चुम्यो । आðनो चिरपरिचित प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई तीन एकले जित्यो । मनाङका दयानन्द सिंह, निसान लिम्बु र विमल रानाले गोल गरे भने उता पुलिसका भोला सिलवालले पेनाल्टिमा गोल गरे ।

तर जब मनाङले उपाधी चुमीसकेपछि भने खेल मैदान भावुक्तातर्फ मोडियो । माथिको बोलि मनाङ्मा उत्कृष्ट खेल पस्किरहेका निसान लिम्बुको हो । उनले आðनो बाबा बिमल लिम्बुलाई बोलाएर कपसँग फोटो खिचाए । अनि भावुक बने र ‘भने यो जीत र कप मेरो बाबा  र मेरा समर्थकहरुलाई समर्पण गर्न चाहन्छु ।’ झण्डै १२÷१३ कि.मी. टाढाबाट आएका उनका क्लबको जर्सी सहितका समर्थकहरुले उनलाई धाप मारे र सो समर्पणलाई ताली बजाएर स्वागत गरे । उनले आðना समर्थकहरुलाई निराश पारेनन् । दोश्रो गोल गरेर आðना समर्थकहरुलाई  उनले खुशी दिलाएका थिए । उनका बुबा बिमल लिम्बु पनि आðनो छोरा निसान प्रति गर्व गरे । उनका बुबाले फुटबलमा भविष्य छैन, यो खेलेर उभो लाग्न सकिदैन बरु केही गर भनेको कुरा निसानले खुब सम्झे । तर पछि राम्रो खेल्दै गएपछि नजिकैको बुढासुब्बा गोल्ड कप खेलेको हेर्ने सपना मात्र बोकेका थिए तर गोल्ड कप नै जित्दा कुन बुवा खुशी नहोला ? निसान र अनि उनका समर्थकहरु पनि निसानले एक पल्ट बुढासुब्बा गोल्डकप खेल्ने र खेलेको हेर्ने सपना बोकेका थिए । कुनै बेला मनाङ र थ्रीस्टारको गेम दर्षक बनेर हेर्थे तर २२ औं बुढासुब्बा गोल्डकपमा आफु मैदानमा सबैको आकर्षण बन्दै उपाधी चुमे त्यो पनि नेपालकै प्रतिष्ठित क्लब मनाङबाट । यो सम्झदा उनी साँच्चै भावुक बने । र सबै आðना ðयानहरुलाई पुनः धन्यवाद दिए । 

यो भन्दा अघि उत्कृष्ट खेलाडीको व्यक्तिगत पुरस्कार स्कुटी लिदा सुरज वि.क.ले आðनी आमासँगै फोटो खिचाउँदा पनि सो समारोेह भावविह्वल बनेको थियो । सुरजको आमा छोराको पुरस्कार आफुले थाप्दा गहभरि आँशु जमाइन् सुरजको आमाले त मनाङका कोच, अफिसियल, खेलाडी तथा भेटेजतिका मनाङका सबै समर्थकलाई आशिर्वाद दिन भ्याए । सो दृष्यले धेरैको मन छोएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...

सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा हस्तान्तरण

असार ६ कैलाली। सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय...

कोरोनाविरुद्ध आत्मबल मिलोस् भन्दै ६० मिटर गहिराईमा जलयात्रा

काठमाडौं, ९ मे । नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार ‘कोरोना...

निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न ।’ यो बोलि कुनै पाटी र बजारको...