सफलताको कथा: कामदारदेखि मालिकसम्म - Naya Online

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् । मलेसियामा कोहि कम्पनीमा, कोहि सुरक्षा गार्डमा, कोहि होटल लाईनमा काम गर्छन् भने कतिले आफ्नै व्यावसाय चलाएर बसेका छन् । नेपाल, भारत, बंगलादेश, फिलिपिन्स् लगायत थुप्रै देशबाट रोजगारीका लागि मलेसिया पुग्ने भएको हुँदा त्यहाँको व्यावसाय पनि फस्टाएकै छ । त्यस्तै एक नेपाली व्यावसायी हुन्– राजेन्द्र खापुङ

खापुङ सन् २००३ मा मलेसिया पुगेका हुन् । सुरुमा त खापुङ थाइल्यान्ड हुँदै मलेसिया पुगेका थिए । करिब १५ वर्ष त कोरियन रेस्टुरेन्टमा काम गरेको अनुभव सुनाउँछन् उनि । त्यो १५ वर्षमा अनगिन्ती समस्या र दुःखहरुसँग जुध्नुपर्‍यो । भाडा माझ्ने कामदारदेखि हेड कुकसम्म बने । १५ वर्षको लामो मलेसियाको बसाई पछि भने आफ्नै व्यावसाय सुरु गरेका हुन् ।

अहिले मलेसियाको जोहोरमा उनको आफ्नै रेस्टुरेन्ट छ । जसलाई “सुर्केली किचन”नाम दिएका छन् । विहानदेखि बेलुकासम्म खापुङ त्यहि रेस्टुरेन्टमा व्यस्त रहन्छन् । नेपाली र इन्डोनेसियन गरी जम्मा ५ जना कामदारहरु छन् । कति त परिवार सहित छन् । उनिहरुलाई खान बस्न फ्रि गरेर मासिक १३०० देखि १८०० सय रिंगेट सम्मको तलब दिएका छन् । दशकौंदेखि मलेसियामै हराइरहेका नेपालीहरु पनि ‘सुर्केली किचन’मा भेटिन्छन् । एउटा सिंगो घरलाई होस्टलको रुप दिएका छन्, जहाँ होस्टलम नेपालबाट रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदारहरु बस्ने गर्छन् ।

खापुङ मिहिनेतलाई मान्नैपर्छ । विहान सबैरै उठेर आफै किनमेल गर्न निस्कन्छन् । किनमेल गरेर रेस्टुरेन्ट आइपुग्दा कामदारहरु पनि उठिसकेका हुन्छन् । साहुको गाडी आयो भन्ने थाहा पाउने वित्तिकै उनिहरु बाहिर निस्किन्छन् । गाडीबाट सामान निकालेर विहानको खाना, नास्ता बनाउन सुरु गर्छन् । खापुङ आफु भने घरमा भएका कुकुरहरुसँग खेल्न सुरु गर्छन् । माउबच्चा गरी जम्मा ९ ओटा कुकुरहरु थिए । उनिहरुको लागि मात्रै दैनिक करिब ५÷६ केजि मासु किनेर ल्याउनुपर्छ । कुकुरका बच्चाहरुलाई सबै नेपाली नाम राखिदिएका छन् । उनिहरुले आफ्नो नाम थाहा पाउँछन् ।

खाना तयार भइसकेपछि गाडिमा खाना लगाएर ठाउँठाउँमा खाना पुर्‍याउन खापुङ आफै निस्किन्छन् । समयभन्दा १ मिनेट अघिपछि नगरी ठीक समयमा खान पुर्‍याउछन् । विहान लगभग २०० र बेलुका २०० जनालाई खाना बाहिर डेलिभर गर्नुपर्छ । होटलमा खान आउने पनि लगभग १०० जना जति हुन्छन् ।

खापुङका अनुसार रेस्टुरेन्ट राम्ररीनै चलिरहेको छ । कमाइ राम्रै छ । यतिको रेस्टुरेन्ट नेपालमा चल्दैन होला ? मैले प्रश्न राखेको थिएँ । नेपालमा चल्न त चल्छ तर मलेसिया र नेपालमा रेस्टुरेन्ट चलाउनुमा केहि फरक छ ।

२०३६ सालमा आमा नारान कुमारी सम्वाहाम्फे र बुबा कैलाश खापुङबाट जेठा छोराको रुपमा तेह्रथुमको ओयाक्जुङ–१ सुर्केमा जन्मिएका हुन्–राजेन्द्र खापुङ । स्थानिय श्री सरस्वती प्राविबाट प्रारम्भिक शिक्षा लिई शंकर मावि जलजलेबाट निम्नमाध्यमिक र प्रकाश मावि प्रकाशपुर सुनसरीबाट एसएलसी गरेका खापुङले उच्च शिक्षा अध्ययनरत छँदाछँदै वैदेशिक रोजगारीका बाटो समातेका थिए ।

गोरो छाला, सेताम्मे फुलेका कपाल, प्रायः मलेसियन नागरिकहरुले उनलाई चाइनिज भन्ठान्छन् । बुझेअनुसार मलेसियामा चाइनिजहरुलाई अलि विश्वास गरिदो रहेछ । ‘कतिपय नेपालीहरु खाएर भाग्छन्, एउटालाई खोजेर पिटेँ । तुरुन्तै प्रहरी आयो । मलेसियन भाषामा प्रहरीलाई पिट्नुको कारण बताएँ, प्रहरीले बुढो मान्छेलाई दुःख दिने भन्दै उल्टै उसैलाई गाली गर्‍यो । मलाई चाइनिज बुढा मान्छे भन्ने सोचेछ धेरै सोधपुछ पनि नगरी छोडिदियो’– काम गर्दाका अफ्ठ्याराहरु सुनाउछन् उनि ।

राजेन्द्रका बुबा वैदेशिक रोजगरीकै लागि साउदीमा पुगेका थिए । दुर्भाग्यबस २०४९ सालमा मेसिनमा दुर्घटना भइ मृत्यु भएको खबर घरमा आयो । त्यत्तिबेला उनी मात्रै १४ वर्षका थिए भने २ जना बहिनी र १ जना भाइ साना–साना थिए । जेठा छोरा भएका हिसाबले स्वभावैले घरको जिम्मेवारी उठाउन आमालाई सघाउनुपर्ने बाध्यता उनमा आइपरेकै हो । तिनै बाध्यताले ठेल्यो उनलाई वैदेशिक रोजगारतर्फ ।

गरे के हुन्न रहेछ र ? चन्द्रमामा पाइला राखेर पृथ्विमा फर्किनुमात्रै सफलता हैन । खापुङ आफ्नै मिहिनेतले यहाँसम्म आइपुगेका छन् । दु:खसुखसँग जुधेका उनका लागि यो निकै ठूलो सफलता हो । मिहिनेत गरे अवश्य सफल भइन्छ भन्ने एउटा उदाहरण बनेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं ।

साहित्यसेवी  बिश्वजित राई संस्थापकः पात्लेपानी कला÷ साहित्य प्रतिष्ठान                हतुवागढी, भोजपुर गत हप्ता भोजपुरको...