दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह - Naya Online

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय छ । २० वर्षदेखि रसिया बस्दै आइरहेकी सिंहको “तिर्खा “नामक कविता संग्रह केहि समयअघि सार्वजनिक भएको थियो । उनिसँग नयाँ अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल कहिले आउनुभयो ?
केहि हप्ता अघि आएको थिएँ ।

पढाइ एकातिर पेशा अर्कातिर हुँदा पढाइसँग सम्बन्धित काम गर्न पाएको भए, भन्ने लाग्दैन ?
लाग्दैन, आफ्नो काममा व्यस्त र सन्तुष्ट छु ।

तपाईको कविता संग्रह “तिर्खा “कस्तो तिर्खा हो ?
मान्छेभित्र अनेकन तिर्खाहरू हुन्छन् । मान्छेभित्र रहेको चाहानाहरू नै “तिर्खा” हुन् । तिर्खा असिमित हुन्छ । तिर्खाउदा तिर्खाउदै मान्छेको जीवन समाप्त हुन्छ । र, हिन्दुधर्ममा दाहसंस्कारपछि अस्तुलाई पानीमा सेलाउने चलन छ, त्यसको मतलब मान्छे बाँचुन्जेल पनि तृषित हुन्छ र त मरेर जाँदा पानीमा सेलाइन्छ ।

तिर्खाको पनि कुनै न कुनै पाटो त होला नि ?
तिर्खाएर मान्छेको जीवन सकिन्छ, यहि पाटो भन्ने छैन ।

सन्तुष्ट नभएको आफ्नो जीवनको कुनै पक्ष छन् ? जसलाई यस कविता संग्रहमा भेट्न सकिन्छ ।
किटेर यहि हो भन्न सक्तिन तर कहिँकतै हुन्छ । कति त मलाई केको तिर्खा छ भन्ने आफूलाई नै थाहा हुँदैन ।

तपाइँका कविता पढ्दा प्रेमको तिर्खा हो कि जस्तो लाग्छ नि ?
प्रेममात्रै हैन मान्छेको जीवनमा धेरै किसिमको तिर्खा हुन्छन् । वास्तविक जीवनमा मैले प्रेम पाएको छु ।

तिर्खा कविता संग्रहमा ३ वटा भाषामा कविता लेख्नुभएको रहेछ, यसको उदेश्य के थियो ?
खास उदेश्य त केहि थिएन । म हिन्दी, नेपाली, मैथिली,अंग्रेजी र रसियन ५ वटा भाषामा लेख्न सक्छु । जुन भाषामा लेख्ने सोच आयो त्यहि भाषामा लेख्छु । तर २ वटा भाषा चाहिँ यस संग्रहमा समेटिन ।

कविता लेख्नु, मनमा आएका कुराहरू लेख्नु हो ?
को केबाट प्रभावित भएर लेख्छ ? त्यो व्यक्तिगत कुरा हो । मेरो हकमा फस्ट फिलिङ्स जे आउछ त्यसलाई नै म कविताको रुप दिन्छु । पुनः सम्पादन पनि गर्दिन । तिर्खा संग्रह त्यति धेरै सम्पादन गरेको छैन ।

सम्पादन नगर्दा त्रुटि हुनेरैछ जस्तो लाग्दैन ?
भाषामा त्रुटिहरू होलान् तर म सन्तुष्ट छु ।

सहित्यप्रतिको रुचि कसरी जाग्यो ?
म कक्षा ८ मा पढ्दा महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता पढेंको थिएँ त्यसले एकदमै मन छोयो र लेख्न पनि मन लाग्यो । त्यसपछि लेख्न सुरु गरेँ तर कापीमै थन्किए । २०५१ सालमा कविता संग्रह निकाल्न तयार गरिसकेको थिएँ त्यत्तिबेलै एमबिबिएस पढ्नका लागि रसिया जानुपर्ने भयो । रसियामा पढाइ र पारिवारिक जीवन संगसंगै सुरु भयो । त्यसपछि २० वर्ष त लेखन बन्द भयो । मनमा कविता आउथ्यो फेरी जान्थ्यो । कहिलेकाहिँ साहित्यक कार्यक्रममा पुराना कविताहरू सुनाउने गर्थे । २० वर्षपछि भने फेरी सुरु गरेँको छु । कविता संग्रह निकाल्नुपर्छ भन्ने लाग्यो र संग्रह निकाले ।

संग्रहमा छन्द र गद्य दुवै प्रकारका कविताहरू रैछन् नि ?
म लक्ष्मिप्रसाद देवकोटाको कविताबाट प्रभावित भइ कविता लेख्न सुरु गरेको हुँ । त्यतिबेला वहाँकै कविताको ढाँचामा लेखेको थिएँ । पछिल्लो समय गद्यमा लेख्न सुरु गरेको छु । त्यसैले दुवै छन् ।

आदिकवि भानुभक्तलाई सम्बोधन गरेर पनि कविता लेख्नुभएको रहेछ ?
हजुर मैले त्यो कविता मस्कोमा लेखेको हो । मस्कोमा भानुजयन्तिको अवसरमा कविता प्रतियोगितिा कार्यक्रम राखिएको थियो । यो शिर्षकमा पनि मेरो आफ्नो थिएन, दिइएको थियो । हामीले कविता लेख्यौं । प्रतियोगितामा मेरो कविता दोस्रो थियो ।

रसियन साहित्य विश्व हल्लाउने साहित्य हो, त्यहाँ बसेर लेखिरहनुभएको छ, यी दुई देशको साहित्यलाई अध्ययन गर्दा नेपाली साहित्य कस्तो पाउनुहुन्छ ?
नेपाली साहित्य मेरो मनमा बसेको साहित्य हो । जहाँ गएपनि म नेपाली साहित्य नै मनपराउँछु । रसियन कवि पुस्किनको कविताहरू अत्यन्तै राम्रा छन् । मैले पनि रसियनमा लेख्न कोसिस गरेको छु । अझैँपनि म रसियन साहित्यमा भिज्न भने सकिन ।

रसियामा नेपाली साहित्यबारे केकस्ता गतिविधिहरू भइरहेका छन् ?
जतिपनि साहित्यमा रुचि राख्ने नेपालीहरू हुनुन्छ, वहाँहरुबाट साहित्यक गतिविधि भइनैरहेकै छ । साहित्य संस्थाहरू छन् । म आफू चाहिँ संस्थाहरुमा आवद्ध छैन । कार्यक्रमहरुमा भने जाने गरेको छु ।

तराई समुदायबाट हुनुहुन्छ, एउटा जिम्मेवार व्यक्ति भएको हिसाबले तराईमा व्यप्त रहेको दाइजो प्रथालाई कसरी लिनुभएको छ ?
दाइजो प्रथा हटाउन सकिन्छ तर जुलुस निकालेर हैन । यदि दाइजो प्रथा हटाउनु छ भने दाइजो दिने पैसाले छोरीलाई शिक्षा दिनुपर्छ । छोरी शिक्षित भए दाइजो दिनुपर्दैन । ऊ सक्षम छ, आफ्नो खुट्टामा उभिएको छ भने को आउछ उसलाई दाइजो माग्न ? यदि उसकै बराबरीको केटा माग्न आएमा उसलाई किन दाइजो दिनुपर्‍यो ? तर छोरीलाई पढाउदैनन् अनि त्यहि छोरीको लागि केटा खोज्छन् पढेलेखेका, डाक्टर, इन्जिनियर । तब ५/१० लाख दाइजो दिन्छन् किनकी छोरी कम पढेको छ । दाइजोले बराबरी बनाउ खोज्नु भन्दा पनि त्यो दाइजो दिने पैसाले छोरी पढाउनोस् भन्छु म । केटा खोज्नै पर्दैन, आफै राम्रा–राम्रा केटाहरू माग्न आउँछन् ।

तराई समुदायका छोराहरू जति धेरै पढ्यो, त्यत्ति डिमाण्ड बढ्यो भन्छन् नि ?
मान्छेलाई सामान जसरी डिमान्ड राख्न नहुने हो । पढेलेखेको केटाहरुलाई पढेलेखेकै केटी खोज्नोस् भन्छु म । केटाको बुबाआमाले छोरा डाक्टर पढ्दा लाखौंं पैसा खर्च भएको छ भन्दैमा त्यत्तिनै दाइजो खोज्नु त उचित भएन । छोरा सन्तान हो सामान हैन ।

दाइजो सम्बन्धि अहिलेको परिस्थिति कस्तो छ ?
अहिले पहिला भन्दा बेटर छ । हुन त मेरो विवाहमा पनि दाइजो दिइएको थिएन । छोराहरुको विवाहमा पनि बुबाले दाइजो लिनुभएन ।

आगामी योजना केहि छन् कि ?
अब म साहित्यलाई समय दिन चाहान्छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं ।

साहित्यसेवी  बिश्वजित राई संस्थापकः पात्लेपानी कला÷ साहित्य प्रतिष्ठान                हतुवागढी, भोजपुर गत हप्ता भोजपुरको...