मुल्य वृद्धि गर्ने मेडि सप्लायर्सलाई २ लाख जरिवाना - Naya Online

मुल्य वृद्धि गर्ने मेडि सप्लायर्सलाई २ लाख जरिवाना

Photo: Khabardabali

बाँके, ९ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि देखा परेको अवस्थामा अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने नेपालगंज उपमहानगरपालिका-१ धम्वोझी चोकस्थित हिल्स मेडि सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

अत्यावश्यक मेडिकल सामग्रीको अत्यधिक माग रहेको अवस्थामा बाँके जिल्लाका केही मेडिकल स्टोरले उक्त सामग्रीहरु बढी मूल्य राखी बिक्री वितरण गरिरहेको सूचना प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको ट्विटर पेजमा प्राप्त भएपछि प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान बिभागमार्फत ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङलाई कानूनी कारवाहीको लागि पत्राचार गरिएको थियो । उक्त पत्राचारको आधारमा जिल्ला प्रशासन कार्यालय बाँके, बाणिज्य कार्यालय बाँके, उपभोक्ता हित संरक्षण मञ्च र ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले उक्त चोकस्थित कमला मेडिसिनलाई सचेत गराउनुका साथै उक्त हिल्स मेडि सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम बाणिज्य कार्यालय नेपालगंजले उक्त जरिवाना गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यबिनायक...

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार

काठमाडौं, २१, असार। वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ...

किराना पसलबाट पेट्रोल कालोबजारी

स्याङजा, ३० जेठ। तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा...

आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४...