मलेसियामा (एमसिओ) दुई हप्ता बढाएर मे १२ तारिख सम्म थपियो - Naya Online

मलेसियामा (एमसिओ) दुई हप्ता बढाएर मे १२ तारिख सम्म थपियो

मलेसिया । चिनको वुहान शहरबाट महामारीको रूपमा फैलिएको कोभिडी-१९ अहिले बिश्व भर फैलिएको छ । अहिले सम्म कोरोना भाइरस २६ लाख ६० भन्दा बढी मानिसमा संक्रमण भएको छ भने १ लाख ८५ हजार भन्दा बढिको मृत्यु भएको छ। मलेसियामा पनि ९५ जनाको मृत्यु भएको र ५ हजार ६ सय ३ जना संक्रमित फेला परेका छ्न।

मलेसिया सरकारले गएको महिना मार्च १८ तारिखदेखि नै कोरोनालाई मलेसियामा नियन्त्रण गर्न, अन्य मानिसमा फैलिन नदिन मोभमेन्ट कन्ट्रोल अर्डर जारी गरेको थियो । तेस्रो चरणको मोभमेन्ट कन्ट्रोल अर्डर अवधी अप्रिल २८ तारिखसम्मको लागी तोकिएको थियो ।
तर मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डर (MCO) को अवधी चौथो चरण बढाएको छ।

बिहिवार बेलुका ८ बजे मलेसियाको प्रधानमन्त्री मुहमदिन यासिनले जनताको नाममा सम्बोधन गर्दै मोभमेन्ट कन्ट्रोल अर्डर दुई हप्ता बढाएर मे १२ तारिख सम्मको लागी थप गरेको बताएका छ्न ।

कोरोना भाइरसले ज्यान जानेको संख्या दिनानुदिन बढ्दै गरेको मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ। कोरोनालाई नियन्त्रण गर्ने एकमात्रै विकल्प MCO भएकोले यस अवधीलाई लम्ब्याइएको प्रधानमन्त्रीले सम्बोधन गर्दै बताउनु भयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाद्वारा आर्थिक सहयोग

कैलाली । सुदुरपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाले कैलालीका विभिन्न क्षेत्रमा ७६ घर परिवारलाई आर्थिक सहयोग...

जुममा संघीय लोकतान्त्रिक मञ्च इजरायलको दोश्रो अधिवेशन

इजरायल, ४ अगष्ट । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलिराम), लिम्वुवान मञ्च नेपाल अन्तरगतको प्रवास...

दूतावासले भन्यो -पिडित र पिडक दुवै नेपाली

मलेसिया, ३ अगष्ट । कार्यक्षेत्रमा काम गरिरहेको अवस्थामा एकजना गार्डलाई निर्मम तवरले कुटपिट गरेको...

सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक, दूतावासले थाल्यो अनुसन्धान

मलेसिया, ३१ जुलाई । एक सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक भएपछि यस विषयमा मलेसियास्थित...