वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी - Naya Online

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध नहुने र स्वतस्फूर्त रुपमा स्थानीय जनताहरू आफैँ नै वडा कार्यालय बनाउनु पर्छ भन्दै ९ सदस्यीय वडाकार्यालय निर्माण समिति र सल्लाहकार समितिसमेत चयन गरिएको थियो । निर्माण समितिका अध्यक्ष भने स्थानीय युवा बुद्धिजीवी केशव पुरी रहेका छन् । आफ्नो गाउँलाई समृद्ध बनाउन भनेरै परदेश मोह त्यागेर आफ्नै गाउमा समाजसेवामा समर्पित छन् । उनै वडाकार्यालय निर्माण समितिका अध्यक्ष पुरीसङ्ग वडाकार्यालय निर्माण सम्बन्धी ताजा अवस्था र सोही विषयलाई लिएर भैरहेका बिभिन्न खाले तर्क बितर्कका बारेमा नयाँ अनलाईनले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

वडाकार्यालय निर्माणको कार्य कसरी अगाडी बढाउदै हुनुहुन्छ ?
वडा कार्यालय निर्माण समिति, सहयोग तथा सल्लहाकार समिति, जनप्रतिनिधि, बुद्धिजीवी एवं समाजसेवीहरूको सामुहिक निर्णयपश्चात वडा कार्यालय निर्माणका निमित्त स्वतस्फुर्तरुपमा आर्थिक सहयोग गर्न चाहनुहुने व्यक्तिहरूबाट सहयोग सङ्कलन गर्ने र समाजमा सहयोगी, उपकारी एवम विकासप्रेमी भावना भएका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्नका लागि अनुरोध गर्ने कार्य जारी छ ।

नडाहाको वडाकार्यालयको शिलान्यासको समाचार भ्रामक हो भन्दैछ्न नि ?
शिलान्यासको समाचार सत्य हो, जसले यो समाचारलाई भ्रामक भन्नु हुँदैंछ उँहाहरूले वराहक्षेत्र नगरपालिका वडा नम्बर तीनको वडा अध्यक्षसँग यो विषयमा जानकारी लिन सक्नुहुनेछ ।

वडा कार्यालय निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा निक्कै तर्क वितर्क छ नि ?
यो विषयलाई लिएर सामाजिक सञ्जालमा तर्क वितर्क हुनु नपर्ने हो, वडावासीलाई वडा कार्यालयको आवश्यकता छ र वडा कार्यालय निर्माणका निमित्त स्थानीय ऐनमा व्यवस्था भए अनुसार सम्बन्धित वडाअध्यक्षले वडा कार्यालय भवनको २०७७ बैशाख २७ गते नडाहामा विधिवत ढंगले शिलान्याश गरिसक्नु भएको अवस्थामा यस बारेमा कुनै प्रकारको तर्क वितर्क गरिरहनुको अर्थ छैन ।

नडाहामा सिलान्यास भएको वडाकार्यालयलाई त सभाहलको सज्ञा पनि दिदैछन रे नि ?
मलाई त्यस्तो लाग्दैन । जिम्मेवार र सचेत नागरिक या समाजका अगुवाहरूले वडा कार्यालय भवनको शिलान्यासलाई सभाहलको शिलान्याश भन्नु हुन्छ भने उहाहरूलाई आफ्नो अभिव्यक्ति सच्याउन र जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्दछु ।

नडाहामा नै वडाकार्यालय निर्माण बन्ने आधार चै के के छन् ?
यातायातको सहज पहुँच नै वडा कार्यालय भवन निर्माणको मुख्य आधार हो । अहिलेको समयमा मानिसहरू अत्यन्तै व्यस्त हुने र थोरै समयमा धेरै काम हरू गर्नुपर्ने अवस्थामा छन्, वडा कार्यालय नडाहा चोकमा रहेपछि वडा कार्यालयमा आफ्नो काम सकेर अन्य कामका लागि अरु ठाउँ जान छिटो हुने र विल्कुल नयाँ मानिसलाई पनि वडा कार्यालय जाने बाटो बताउन र बुझाउन एकदमै सजिलो हुने, सातवटा बाटाहरूले छोएको चोक भएको हुँदा आम जनताको सेवा र सुविधालाई केन्द्रमा राखी मध्यनजर गर्दा नडाहा चोक नै उचित स्थान हुन आउँदछ जसले वडा कार्यालय भवन निर्माणको आधार तय गरेको छ ।

नगरपालिकाबाट त बजेट उपलब्ध नहुने कुरो रहेछ, यस्तो अवस्थामा कसरी निर्माण सम्पन्न गर्न सकिएला ?
नगरपालिकाबाट आवश्यक बजेट उपलब्ध नभए पनि स्थानीयवासीहरूको हौसला, साथ र सहयोग प्राप्त भएको छ र हुनेक्रम जारी छ । त्यसकारण, भवन निर्माण कार्य समयमै सम्पन्न गर्न सक्छौं भन्नेमा विश्वस्त छु । वास्तवमा, जनताले आफ्ना लागि चाहिने वडा कार्यालयको भवन आफ्नै खर्चमा निर्माण गर्न जुट्नु भनेको पक्कै पनि सर्हा्निय र उदाहरणीय काम हो, यसको उपल्लो निकायहरूबाट उचित मुल्यांकन गरिनु आवश्यक छ ।

सहयोग के कस्तो भैरहेको छ ?
नैतिक, भौतिक तथा आर्थिक सहयोगहरू हामीले सोचेको भन्दा धेरै उत्साहका साथ प्राप्त भैरहेका छन् । जसले गर्दा हामी यो कार्य चाडै सम्पन्न गर्ने छौं ।

वडाकार्यालय निर्माण कहिलेसम्म सम्पन्न होला ?
हामी अत्यन्तै तिब्र गतिका साथ यो वडाकार्यालय निर्माणम जुटिसकेका छौँ । काम थाली पनि सकेका छौं । यहि क्रमले अघि बढ्ने हो भने महिना दिनदेखि डेढ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

हतुवागढीलाई साहित्यिक गन्तव्य बनाउन चाहन्छौं ।

साहित्यसेवी  बिश्वजित राई संस्थापकः पात्लेपानी कला÷ साहित्य प्रतिष्ठान                हतुवागढी, भोजपुर गत हप्ता भोजपुरको...