काठमाडौं, १५ असार । भारतको त्रिपुरा राज्यमा संगठीत त्रिपुरा आदिवासी जनजाति प्रेस एसोसिएसनले राज्यको मान्यता पाएको छ । एसोसिएसनले चारवुँदा माग राखेर प्रेस सम्मेलन गर्नुका साथै मुख्यमन्त्री विप्लवकुमार देवसमक्ष मागपत्र प्रस्तुत गरेको थियो ।
मुख्यमन्त्री विप्लवकुमार देवले मागपत्र बुझ्दै आफ्नो फेसबुकमा लेखे –‘आज मेरो कार्यालयमा त्रिपुरा आदिवासी जनप्रेस एसोसिएसनको प्रतिनिधिमण्डलसँग कुराकानी भएको थियो । उनीहरूले खुमुलवङमा प्रेस क्लब स्थापना गर्न माग गरेका छन् । सरकारको तर्फबाट मैले उनीहरूलाई यस विषयमा कुरा गर्ने आश्वासन दिएँ ।’
२६ जुनका दिन त्रिपुरा राज्यको राजधानी अगरतलास्थीत अगरतला प्रेस क्लबमा त्रिपुरा पत्रकार संघको कार्यकारी निकाय बैठक बसी प्रेसविज्ञप्ति जारी गर्नुका साथै मागपत्र अगाडि सारेको थियो ।
बैठकमा त्रिपुरा पत्रकार संघले त्रिपुरा आदिवासी जनजाति प्रेस एसोसिएसन (टीआईपीपीए) लाई यसको सहयोगी शाखाको रूपमा मान्यता दिएको थियो । उक्त मान्यताअनुसार टीआईपीपीए राज्यको मान्यता प्राप्त निकाय भएको र यसका पदाधिकारी र सदस्यहरू राज्यभरका आदिवासी जनजातिहरूको आवश्यकतालाई प्रकाश पार्ने काममा सक्रिय हुन सक्नेछन् ।
त्यसैगरी त्रिपुरा आदिवासी जनजाति प्रेस एसोसिएसनले युनियनले लिएको निर्णयलाई स्वागत गरेको छ र आभार व्यक्त गरेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।