बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ - Naya Online

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यबिनायक नगरपालिका- ५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यबिनायक...

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार

काठमाडौं, २१, असार। वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ...

किराना पसलबाट पेट्रोल कालोबजारी

स्याङजा, ३० जेठ। तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा...

आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४...