ताङतिङ ग्लोबल नेटवर्कको प्रथम जुम बैठक सम्पन्न - Naya Online

ताङतिङ ग्लोबल नेटवर्कको प्रथम जुम बैठक सम्पन्न

लण्डन, २१ जुलाई । पछिल्लो समय निकै प्रयोगमा रहेको जुम प्रविधिमार्पmत कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ मातृभूमि भई विश्वभर छरिएर रहेका गाउँलेहरूको साझा प्लाटफर्म ‘ताङतिङ ग्लोबल नेटवर्क’ले प्रथम जुम मिटिङ्ग सम्पन्न गरेको छ ।

ताङतिङ समाज युकेको अध्यक्ष लण्डन बरो अफ बारनेटको उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुङ्गको प्रमुख पहल र संयोजनमा सम्पन्न उक्त मिटिङ्गमा जन्मभुमिसँग सम्बन्धित विविध विषयहरूमा छलफल भएको थियो । हालसालै निधन हुनुभएका भूतपूर्व माननीयद्वय ताङतिङ समाज युकेको संरक्षक स्वर्गीय नन्दजङ्ग गुरुङ्ग र स्वर्गीय मेजर दीपक ब. गुरुङ्ग तथा कोभिडबाट विश्वभर मृत्यु हुनुभएका सम्पुर्ण परिचित अपरिचित मानिसहरूको सम्झनामा दुःख ब्यक्त गर्र्दै एक मिनेट मौन धारण गरी प्रारम्भ भएकोे बैठकमा उपमेयर कान्सिलर लक्ष्य ब गुरुङ्गले सहभागी सम्पुर्ण गाउँलेहरूलाई स्वागत गर्नुहुँदै प्रथम जुम मिटिङको उद्धेश्यबारे प्रकाश पार्नु भएको थियो । बैठकको शुरुवातमा विभिन्न देशहरूमा बसोबास गरिरहनुभएका गाउँलेहरूको हालखबर, कोभिडबाट कसैलाई संक्रमण भए नभएको र कोभिडको असरबारे जानकारी लिएको थियो ।

बैठकमा विशेष गरी ताङतिङ दुधपोखरी समाजघर पोखराको पुन निर्माण, ताङतिङ कल्याणकारी कोष, ताङतिङ लगानी कम्पनी, ताङतिङ खेल मैदान र ताङतिङको शिक्षाको विकास सम्बन्धि बिशेष छलफल भएको थियो । यी विषयहरूमा सम्बन्धित व्यक्तित्वहरूले हालसम्मको प्रगती विबरण र त्यससंग सम्बन्धित अरु कुराहरू सहभागी गाउँलेहरूलाई जानकारी गराएका थिए । साथै बैठकमा मादी गाउँ पालिका वडा नं १ सिक्लेस र वडा नं २ ताङतिङ विचको सिमाना सम्बन्धमा गहन छलफल भएको थियो । मादी गाउँ पालिकाको अध्यक्ष बेद ब. गुरुङ्ग (श्याम) र मादी गाउँपालिका वडा नं. २ को अध्यक्ष एक्कजङ्ग गुरुङ्गले सहभागी गाउँलेहरूलाई प्रस्तुत प्रस्तावनाहरूबारे नेपाल सरकार र स्थानीय सरकारको पक्षबाट कानुनी प्रावधान, नीति नियम आदिबारे उल्लेख तथा प्रष्ट पारेका थिए ।

कोभिडको कारण विरोजगार भइ बिदेशबाट फर्किनुभएका गाउँलेहरूको पुनस्थापना, गाउँमा कृषि र युवा स्वरोजगार सम्बन्धमा सम्भावित लागु गर्न सकिने कार्ययोजनाबारे छलफल पनि बैठकमा गरिएको थियो । ताङतिङको सर्बाङ्गिण बिकास सम्बन्धमा यसरी बृहत रुपमा झण्डै साढे चार घण्टा समय लगाएर प्रविधि मार्पmत छलफल गरिएको यो प्रथम ऐतिहासिक बैठक थियो । भौतिक रुपमा जति टाढा भएता पनि भावनात्मक रुपमा संधै नजिक रहेको र प्रबिधि मार्पmत यसरी जोडिन पाउँदा र कुरा गर्न पाउँदा सबैले प्रशन्नत व्यक्त गरे ।

बैठकमा नेपालबाट मादी गाउँ पालिका अध्यक्ष बेद बहादुर गुरुङ्ग (श्याम), मादी गाउँ पालिका वडा २ को अध्यक्ष एक्कजङ्ग गुरुङ्ग, श्री हिमालय मिलन मा.बि. ताङतिङको प्रधानाध्यापक ओम प्रकाश गुरुङ्ग, पोखराबाट ताङतिङ दुध पोखरी समाजको अध्यक्ष सुबेदार मेजर हेम प्रसाद गुरुङ्ग, ताङतिङ दुध पोखरी समाजको निबर्तमान अध्यक्ष सुबेदार मेजर टोक ब गुरुङ्ग, ताङतिङ दुध पोखरी समाजको भुपु अध्यक्ष समाजसेवी हर्कध्वज गुरुङ्ग, गुरुङ्ग चलचित्र संघ नेपालको अध्यक्ष भोज बहादुर गुरुङ्ग, अनलाइन खबरका फोटो पत्रकार युनीस गुरुङ्ग, ताङ्गतिङ्ग युथ क्लबको अध्यक्ष हिमाल गुरुङ्ग, ताङतिङ युथ क्लबको निबर्तमान अध्यक्ष तथा नेपाली विद्यार्थी संघ कास्कीको क्षेत्रीय अध्यक्ष भोज ब. गुरुङ्ग र ताङतिङको सामाजिक महिला अभियान्तहरू श्रीमती कुमारी गुरुङ्ग, श्रीमती काशी गुरुङ्ग, श्रीमती योमाया गुरुङ्ग, काठमाडौंबाट ताङतिङ समाज काठमाडौंको कोषाध्यक्ष रनधोज गुरुङ्ग र उहाँको धर्मपत्नी श्रीमती जुनु गुरुङ्ग सहभागी थिए । त्यसैगरी बैठकमा अफ्रिकाबाट संयुक्त संघमा कार्यरत अधिकृत जीत गुरुङ्ग, बेल्जियमबाट ताङतिङ समाज युकेको निबर्तमान सचिब दुर्गा गुरुङ्ग, हङकङबाट ताङतिङ युथ क्लबको भुपु अध्यक्ष पदम गुरुङ्ग, जापनबाट लाल गुरुङ्ग, अष्ट्रेलियाबाट श्रीमती सिमा गुरुङ्ग, अमेरिकाबाट ताङतिङ कल्याणकारी कोषको अध्यक्ष मेजर बालासिंह गुरुङ्ग र सोम गुरुङ्ग, पोर्तुगलबाट केश गुरुङ्ग आदि सहभागी थिए । त्यस्तैगरि युकेबाट ताङतिङ समाज युकेको अध्यक्ष उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुङ्ग, ताङतिङ समाज युकेको संस्थापक अध्यक्ष क्याप्टेन गौ ब गुरुङ्ग एमबीइ, ताङतिङ समाज युकेको सल्लाहकार केस ब. गुरुङ्ग, सचिब टौ गुरुङ्ग, युवा संयोजक मेक गुरुङ्ग र अन्य सदस्यहरू गरी नौ राष्ट्रहरूबाट २९ जना ताङतिङेहरू सहभागी थिए ।

यस जुम सम्बादको प्रबिधिमा सहयोग र संचालन ताङ्गतिङ्ग समाजको सचिब टौ गुरुङ्गले गरेका थिए । यस नेटवर्कको अर्को जुम मिटिङ्ग महत्वपुर्ण एजेण्डामा आगमी महिना अगष्ट ९ तारिखलाई तय गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

जुममा संघीय लोकतान्त्रिक मञ्च इजरायलको दोश्रो अधिवेशन

इजरायल, ४ अगष्ट । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलिराम), लिम्वुवान मञ्च नेपाल अन्तरगतको प्रवास...

दूतावासले भन्यो -पिडित र पिडक दुवै नेपाली

मलेसिया, ३ अगष्ट । कार्यक्षेत्रमा काम गरिरहेको अवस्थामा एकजना गार्डलाई निर्मम तवरले कुटपिट गरेको...

सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक, दूतावासले थाल्यो अनुसन्धान

मलेसिया, ३१ जुलाई । एक सुरक्षा गार्ड कुटिएको भिडियो सार्वजानिक भएपछि यस विषयमा मलेसियास्थित...

ताङतिङ ग्लोबल नेटवर्कको प्रथम जुम बैठक सम्पन्न

लण्डन, २१ जुलाई । पछिल्लो समय निकै प्रयोगमा रहेको जुम प्रविधिमार्पmत कास्की जिल्ला मादी...