बन्द रहेका विद्यालयहरु पुनःसञ्चालनमा ल्याउने तयारी - Naya Online

बन्द रहेका विद्यालयहरु पुनःसञ्चालनमा ल्याउने तयारी

पाँचथर, १३ साउन । पाँचथरको कुम्मायक गाउपालिकामा कोभिड १९ को महामारीका कारण बन्द हुन पुगेका निजि तथा सामुदायिक विद्यालयहरुलाइ पुनःसञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।

विद्यालय पुनःसञ्चालन सम्बन्धि कार्यढाचा २०७७ अनुसार बैकल्पिक प्रणाली बाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका बमोजिम मापदण्ड राखेर बिधालयहरुलाई पुनःसन्चालन ल्याउने तयारी भइरहेको गाउपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङ्ले बताउनु भएको छ ।

नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले निर्देशिका बनाइ लागू गरे अनुसार बिपद वा महामारीका कारणले नियमित रूपमा पठनपाठन रोकिएपछि रेडियो एफएम, टेलिभिजन र अनलाइन तथा खुला शिक्षण लगायतका बैकल्पिक माध्यम र पद्धति बाट अध्यापन सुचारु गर्न लागिएको जनाइएको छ ।

भौतिक दुरि कायम गर्ने, किटाणु रहित बिधालय तथा स्वच्छता ब्याबस्थापन अनुगमन गर्ने, क्वारेन्टाइन वा आइसोलेसन बनाइएका बिधालय भएमा प्रतीसङ्क्रमण वा निर्मलिकरणमा थप सुद्वता विधि अपनाउने, विद्यार्थी, शिक्षक अभिभावक, स्थानीय तह स्वास्थ्य सस्था, विद्यालय ब्याबस्थापन समिती बिच समन्वय गर्ने, विद्यार्थी, शिक्षक तथा कर्मचारीले अनिवार्य मास्क प्रयोग गर्ने, थर्मन गन र सेनिटाइजर को अनिवार्य प्रयोग गर्ने जस्ता मापदण्डहरु राखेर श्रावण १५ गते पछि विद्यालयहरु संचालनमा ल्याउने तयारी भइरहेको कुरा शिक्षा शाखा प्रमुख तामाङ्ले बताउनु भएको छ ।

तस्वीरः पाँचथरको यासक बजार, पदमदुःखी सम्बाहाम्फे

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ लोकार्पण

काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह बुधबार प्रज्ञा...

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ कृति आउँदै

काठमाडौँ, १४ असोज । ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको...

श्रम स्वीकृति अनश्चितकालको लागि बन्द

काठमाडौं, असोज १४ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि...

पीसीआर शुल्क बढि लिने आठ प्रयोगशालालाइ मन्त्रालयको २४ घण्टे अल्टिमेटम

काठमाडौं, असोज १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्डिसेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले तोकेको...

नेपालमा प्रत्येक दिन ६र७ जनामा बलात्कारको घटना भईरहेको छ : गृहमन्त्री बादल

काठमाडौं, असोज १४ गृहमन्त्री रामबहादुर थापा बादलले विश्वका अरु देशको तुलना गर्दा नेपालमा बलात्कारका...

माडी नगरपालिकाले अयोध्याधामको लागि १०० विघा जमिन छुट्यायो

काठमाडौं, असोज १४ चितवनको माडी नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका जमिनको टुङ्गो...

उर्जामन्त्री पुनबाट विद्युत अनियमित समस्या समाधान गर्न निर्देशन

काठमाडौं, असोज १३ उर्जामन्त्री वर्षमान पुनले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन...

ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं , असोज १३ काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री...

उपत्यकामा जोर विजोर प्रणालीमा थप कडाई

काठमाडौं,असोज १३ उपत्यकामा स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप कडा बनाइए छ...

वर्षमा ६ पटकसम्म मात्र जाँड–रक्सी बनाउन पाइने : सर्वोच्च अदालत

काठमाडौं , असोज १३ सरकारबाट अनुमतिमतिपत्र नलिइकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र...