पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रंगशाला निर्माण कार्य भइरहेको छ ।
प्रदेश सरकारबाट रंगशाला निर्माणको लागि गत आर्थिक वर्षमा ८ लाख र चालू आर्थिक वर्षमा २० लाख गरी जम्मा २८ लाख रुपैयाँ बिनियोजन भएको जनाइएको छ ।
कुम्मायक कुस्सायक युमा माङ्हिम धार्मिक स्थलको ऐतिहासिक पहिचान बोकेको सुविधा सम्पन्न रङ्गशाला निर्माण हुने साथै गाउपालिकाको खेलकुद बिकास क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने देखिएपछि गाउँपालिकावासी हर्षित भएका छन् ।
२४ रोपनी क्षेत्रफल रहेकोे उक्त रंगशाला निर्माणका लागि पृथ्वी माध्यमिक बिधालय यासोकले १५ रोपनी, नरबहादुर मिफोकले ४ रोपनी र तेजबहादुर लावतीले ५ रोपनी निशुल्क जग्गा प्रदान गरेको जनाइएको छ ।
उक्त रङ्गशालाको १ सय २० मिटर लम्बाइ र ८० मिटर चौडाइ भएको जनाइएको छ भने रङ्गशाला निर्माण अन्तर्राष्ट्रिय मापदण्डअनुसार भएको र अब ग्रेडिङ गर्न मात्र बाकी रहेकोे वडा न, १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताउनु भएको छ । यश रंगशालाको स्तर उन्नतिलाई बर्षेनी अघि बढाउन निरन्तर पहल गरिने कुरा गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको पनि भनाइ रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।