वर्षा, पहिरोका कारण सडक अवरोध तथा धनमाल क्षति - Naya Online

वर्षा, पहिरोका कारण सडक अवरोध तथा धनमाल क्षति

काठमाडौं, १४ साउन । देलैख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ पादुका खोलामा बर्षाको कारण पहिरो आई कर्णाली राजमार्ग मंगलबार अबरोध भएको छ ।

पर्वत, मोदी गाउँपालिका-२ पातीचौरस्थित पोखरा बागलुङ सडकमा पहिरो आउँदा मंगलबार बाटो पूर्णरुपमा अबरोध भएको छ । साथै जलजला गाउँपालिका-४ लामाखेतस्थित बेनी-माल्ढुङगा सडकमा पहिरो आई मंगलबार बाटो अबरोध भएको छ ।

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-४ थिङथेवा खोलास्थित कच्चीमा सडकमा पहिरो आउँदा मंगलबार बाटो अवरोध भएको छ ।

पाल्पा, रिप्दीकोट गाउँपालिका-३ करङगैरास्थित पाल्पा-गुल्मी सडक खण्डमा बर्षाको कारण पहिरो आउँदा मंगलबार बाटो पूर्णरुपमा अबरोध भएको छ ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१ फुतबाङ ओल्लुवा खोलास्थित सन्धिखर्क गोरुसिङ्गे सडकमा बर्षाको कारण पहिरो आउँदा मंगलबार  बाटो पूर्णरुपमा अबरोध भएको छ ।

म्याग्दी, बेनी नगरपालिका-६ डम्बरास्थित सडकमा मंगलबार ढुङगा सहितको पहिरो आउँदा बेनी दरवाङ सडक पूर्णरुपमा अवरोध भएको छ । साथै पहिरोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय भिम बहादुर थापाको फर्निचरमा आशिक क्षति भएको छ ।

अछाम, साफेबगर नगरपालिका-१३ बुढाबगर बस्ने मेल्लेख गाउँपालिका-४ कुस्कोट घर भएका सुक्र साउदको आदीत्य श्रृङगार पसलमा मंगलबार पहिरो आई पसल पुरिँदा करिब ५ लाख रुपैयाँ बराबको धनमाल नष्ट भएको छ ।

पर्सा, जगरनाथपुर गाउँपालिका-५ बिर्ताटोल बस्ने धुरी राम लगायत ४ जनाको घरमा मंगलबार बर्षाको कारण आएको बाढीले घरहरु  डुवान हुँदा  करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनुषा, गणेशनाथ चारनाथ नगरपालिका-५ ढुङ्गेबगरस्थित उम्राखोलामा अविरल बर्षाको कारण मंगलबार आएको बाढी गाउँमा पसी सोही ठाउँ बस्ने पदम बहादुर कार्कीको घरमा आंशिक क्षति भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी

नन्द कन्दङ्वा लोकतन्त्र विश्वभर लोकतन्त्रबारे प्रशस्त बहस हुने गरेको छ । सारमा लोकतन्त्रको अर्थ...

लिम्बू जातिको धर्मबारे

नन्द कन्दङवा यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र...

गैरलोकतान्त्रिक प्रक्रियाबाट बनाइएको संविधान स्वीकार्य छैन: यादव

  काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत...

कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

सर्वप्रथम राणाशाही हुकुमी शासनविरुद्ध सम्झौताहिन संघर्ष, देशीय सामन्तविरुद्ध एकाधिकार पुँजिवादी तथा साम्राज्यवादविरुद्ध नयाँ अर्थात...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

काठमाडौं,२६ भदौ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा...

मापदण्डसहित उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय : पसलहरु कुन कुन बार खुल्ला हुने तालिका

काठमाडौँ , २५ भदौ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा...

किराँतसभ्यता: भ्रम वा वास्तविकता ?

यो युगमा आफ्नो सभ्यता र इतिहासप्रति गर्व नगर्ने मानिस सायद कोहि नहोला । तर...

मायालुलाई चिठ्ठीः लोप हुन लागेको चिठ्ठीको एक खाका

चिठ्ठी भन्ने वितिकै परेवाले खुट्टामा च्यापेर निश्चित ठाउँमा वा सम्बन्धित व्यक्तिसम्म पु¥याउनको लागि स्वतन्त्र...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...

कान्छा महारानी: बद्ला, आहारिस, प्रेम र महत्वाकांक्षाको कथा

  भनिन्छ इतिहास जित्नेहरूको हो । उनिहरूकै स्तुतिमा इतिहास लेखिन्छ । तर बद्लिँदो आधुनिक...