जनवादी कलाकार चौधरीलाई सरकारको सम्मान - Naya Online

जनवादी कलाकार चौधरीलाई सरकारको सम्मान

सिरहा, १५ साउन । यस वर्ष भानुजयन्तीका दिन सिराहा जिल्ला धनगढीमाई नगरपालिका, हनुमाननगरका जनगायक सत्यनारायण चौधरीलाई सङ्घीय सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ लाख रुपैयाँ नगद राशी र सम्मानपत्रसहित राष्ट्रिय प्रतिभा पुरस्कार–२०७७ बाट पुरस्कृत गरेका कारण उनका लागि भानुजयन्तीको दिन जीवनकै खुसीको दिन सानबित भएको छ ।

सानैदेखि देश र जनताका लागि गीत गाउँदै हिँडेका चौधरी ७२ वर्षको उमेरमा बल्ल पुरस्कारका लागि भागिदार बनेका हुन्, नेपाल सरकारको आँखामा ।

गायनसँगै, वाद्यवादन र संगीत सिर्जनामा जीवन अर्पेका यी सत्यनारायण चौधरी पछिल्लो समय आफ्नै निवास सिरहामै बस्दै आएका छन् । मुलुकमा कोरोनाका कारण लामो दूरीका यातायात नचलेका कारण संस्कृति मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको पुरस्कार समर्पण कार्यक्रममा पुरस्कार ग्रहण गर्न भने उनी आउन सकेनन् । आफ्ना कलाकार छोरामार्फत् उनले सो सम्मान ग्रहण गरेका थिए ।

पञ्चायतविरुद्ध भूमिगत रहेर जनवादी गीत गाउँदा उनले त्यतिबेला प्रशासनबाट धेरै हन्डर खानुपरेको थियो । पञ्चायतकाल मात्र हैन, मुलुकमा प्रजातन्त्र र लोकतन्त्र आइसक्दा पनि उनले जनताका लागि गीत गाउन कहिल्यै रोकेनन् । उनका सैयौँ गीत रेकर्ड भएका छन् भने दर्जनौँ गीतमा संगीत सिर्जना गरेका छन् । बाल्यकालदेखि गीत गाउँदै हिँडे पनि उनले २०३१ सालमा रेडियो नेपालमा स्वर परीक्षणका साथै गीत रेकर्ड गरेर व्यावसायिक गायन पनि सुरु गरेका थिए । त्यसै वर्ष सांस्कृतिक संस्थानले देशव्यापी आयोजना गरेको १४ अञ्चलस्तरीय कार्यक्रममा उनी १५ दिन नै प्रस्तुत भएका थिए ।

जनवादी कलाकार तथा प्राज्ञ माधव प्रधानका अनुसार २०४९ सालमा एमालेको राष्ट्रिय जनसंस्कृतिक महासंघसँग जोडिएका उनी महासंघमा अहिलेसम्म पनि आबद्ध छन् । उनले महासंघका अनेकौँ सांगीतिक अभियानको नेतृत्व गरिसकेका छन् । २०२३ सालदेखि २०४९ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा सेवारत रहेका उनी बैंकमा काम गर्दा पनि बाँकी समय संगीतमै बिताउँथे ।

उनलाई र उनको गीतसंगीतकर्मलाई नजिकबाट बुझेका प्राज्ञ प्रधान भन्छन्– “गीतसंगीतमार्फत् समाज रुपान्तरणको आन्दोलनमा जीवन अर्पेका सत्यनारायण चौधरीलाई राष्ट्रिय प्रतिभा पुरस्कार दिएर सरकारले जनवादी सांस्कृतिक आन्दोलनलाई नै सम्मानित गरेको छ ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

चलचित्र केःसाङ्लाको पाःलाम युट्युवमार्फत सार्वजनिक

काठमाडौं, १८ साउन । लिम्बू कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत युट्युवमार्फत सार्वजनिक भएको छ...

पदम राईको सख्खर चिनी सार्वजनिक

काठमाडौं १७ साउन । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले गायिका मेलिना राईसँग...

‘भाग्य लेख्ने मसी’ ल्याइन् मुना बान्तावाले

नडाहा, १७ साउन । लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको ‘भाग्य लेख्ने...

जानु काम्बाङ लिम्बूको ‘जुन जस्तो तिम्रो मुहार….’ सार्वजनिक

काठमाडौं, १७ साउन । गीतकार जानु काम्बाङ लिम्बूको रचनामा ‘जुन जस्तो तिम्रो मुहार….’ रेकर्डेड...