एनएलजीको सहकार्यमा ‘कलाश्री’ प्रकाशित - Naya Online

एनएलजीको सहकार्यमा ‘कलाश्री’ प्रकाशित

काठमाडौं १५, साउन । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिकाको २०७७ सालको अङ्क प्रकाशित भएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘कलाश्री’ प्रकाशित भएको हो । नेपालको साहित्यिक पत्रकारितामा नै उत्कृष्ट मानिने ‘कलाश्री’को नयाँ अङ्क हालै राजधानीको पानीपोखरीस्थित एनएलजीको मुख्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको थियो ।

सो अवसरमा एनएलजी कलाश्री सिर्जना पुरस्कार कवि तथा समालोचक सुरेश हाचेकालीलाई समर्पण गरिनुका साथै विशेष शान्ति कविता गोष्ठीसमेत आयोजना गरिएको थियो । ‘कलाश्री’को नयाँ अङ्कमा प्रकाशित विशिष्ट सिर्जनाहरूमध्ये विशेष ठहरिएको हाचेकालीको समालोचनात्मक सिर्जनाले उक्त पुरस्कार प्राप्त गरेको हो । पत्रिकामा हाचेकालीले सरुभक्तको अहम्वादसम्बन्धी सिद्धान्तलाई आधार मानेर सिर्जना गरिएको समालोचना समाविष्ट छ ।

बुद्धजयन्तीको सन्दर्भसमेत जोडेर उक्त अवसरमा आयोजित विशेष शान्ति कविगोष्ठीमा कविहरू डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला, शशी लुमुम्बू, केशव सिग्देल, फूलमान बल, मणि लोहनी, अरुण वैद्य, महेश पौडेल, राजेश्वर कार्की, सविता गौतम, अनुपम रोशी, हाचेकाली र प्रज्वल अधिकारीले शान्ति विषयमा सिर्जना गरिएका आआफ्ना कविता पाठ गरेका थिए ।

नेपाली कलासाहित्य डटकमले विगत १७ वर्षदेखि निरन्तर नेपाली र अङ्ग्रेजी दुवै भर्सनमा विशुुद्ध कलासाहित्यिक वार्षिक ई–पत्रिका पनि प्रकाशित गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले बताइन् । सो ई–पत्रिका पनि सोही कार्यक्रममा प्रमुख इन्स्योरेन्सका सिइओ सुनिलबाबु पन्तले सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री एवम् कवि तथा गीतकार एस्पी कोइरालाले नेपाली साहित्यको समृद्धिमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको उल्लेखनीय योगदान रहेको बताए । समारोहमा विमल कोइराला र पन्तले पनि बोलेका थिए । कलाश्रीमा नेपाल तथा नेपाल बाहिरका स्रष्टा र विदेशी स्रष्टाका समेत गरी करिब तीन सय स्रष्टाका कथा, कविता, लेख, निबन्ध, संस्मरण, समालोचना लगायतका सामग्री समाविष्ट छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

यासोकमा युवा तथा महिला उद्यशिलता भेला सम्पन्न

पाँचथर, २१ साउन । पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा बुधबार युवा तथा महिला उद्यमशिलताबारे...

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित हुँदै

काठमाडौँ, २० साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित हुने भएको छ...

अमेरिकी नागरिकद्वारा ठगी

काठमाडौं, १९ साउन । अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी...