छुट्टाछुट्टै खोलामा डुबेर ४ को मृत्यु - Naya Online

छुट्टाछुट्टै खोलामा डुबेर ४ को मृत्यु

काठमाडौं, १५ साउन। कपिलवस्तु, शुद्धोधन गाउँपालिका-२ भुसडी बस्ने रामशुभग बिश्वकर्माको छोरा १७ वर्षीय अजय बिकको खोलामा डुबेर बुधबार मृत्यु भएको छ । घरदेखि २ किमी उत्तर पर्ने भुताहा खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

झापा, अर्जुनधारा नगरपालिका-४ बागेडाँगीमा मजदुर काम गरी बस्ने संखुवासभा पोखरी घर भएका ३० वर्षीय सुगम राईको  सोही ठाउँस्थित डुबे खोलाले बगाई बुधबार मृत्यु भएको छ । सोही ठाउँस्थित दहिझोडा सामुदायिक वनमा श्रीमती र साथीहरूसँग खोला तर्ने क्रममा बगाएपछि उनको मृत्यु भएको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-२ टकियापुर बस्ने घनश्याम भण्डारीको छोरा ३ वर्षीय अनमोल भण्डारीको कुलोले बगाई बुधबार मृत्यु भएको छ ।  घरबाट हराएका उनी खोजी गर्ने क्रममा घर नजिकैको कुलोले बगाई घरदेखि करिब ३ किमी टाढा कोटलपुर कुलोमा मृत अवस्थामा फेला परेका हुन् ।

बर्दिया, बाँसगढी नगरपालिका-९ दक्षिणटोल बस्ने तेज बहादुर थापाको छोरा १५ वर्षीय बिनोद थापा सोही नगरपालिका-८ झगौरवा नालामा डुबी मृत अवस्थामा बुधबार फेला परेका छन् । घरबाट निस्किएका उनी साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा  मृत फेला परेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गोरू काटेर खाएको आरोपमा ३ जना पक्राउ

काठमाडौं , असोज १० झापामा गोरू काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन्।...

तिनाउ नदिमा पानीको वहाब बढेपछि सुरक्षित स्थानमा स्थानीयहरू

गंगा खापुङ लिम्बू बुटवल, १० असोज । अविरल वर्षातका कारण तिनाउ नदिमा पानीको वहाव...

वडाध्यक्षले आफ्नै पारिश्रमिकबाट सरकारी कार्यालयका लागि जग्गा खरिद गरे

काठमाडौं , असोज १० सल्यान,बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले दुई सरकारी कार्यालयका...

झापा : माइक्रोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा,असोज १० पाँचथर याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रो को ठक्करबाट मृत्यु भएको...

झापा: लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ

झापा, असोज १० झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर...

तेजाबको अवैध कारोबार गरेमा एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना

काठमाडौँ, असोज ९ सहज रुपमा एसिड खरिद बिक्रीले अपराधका घटना समेत बढिरहेको भन्दैसरकारले बिहीबारको...

करणी आरोप लागेका गाउँपालिका अध्यक्ष थुनामा

काठमाडौँ, असोज ९ रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि...

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

काठमाडौँ, असोज ९ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा...

छतबाट झर्दा एक बालिकाको मृत्यु

झापा,असोज ९ झापाको बिर्तामोड–५ स्थितमा एक घरको छतबाट झर्दा १३ बर्षीय कृतिका भण्डारीको मृत्यु...

सुनसरी : रुखको हाँगाले लागेर ३ वर्षिया नाबालिकाको मृत्यु

सुनसरी,असोज ९ सुनसरी धरान–१४ दुईधारे बस्ने बिष्णु राईको ३ वर्षिया छोरी एबिसा राईको रुखको...